मण्डली सुधारको निम्ति योगदान पु¥याएका २१ जना सुधारवादीहरु । - Is A Faith Based Blog
मण्डली

मण्डली सुधारको निम्ति योगदान पु¥याएका २१ जना सुधारवादीहरु ।

१. मार्टिन लुथर जो एक जर्मन पुजाहारी, इश्वरशास्त्री, लेखक, भजनकार र प्रोफेसर थिए । उनको जन्म १० नोभेम्बर १४८३ मा भएको थियो । अनी उनको मृत्यू १८ फेब्रुअरी १५४६ मा भएको थियो ।

२. जोन विस्लिफ जो एक अङ्गग्रेजी विद्धान दार्शनिक थिए । साथै उनी इश्वरशास्त्री, बाइबल अनुवादक, सुधारवादी, क्याथोलिक पुजाहारी र प्रोफेसर थिए । उनको जन्म सन १३३० मा भएको थियो भने मृत्यू ३१ डिसेम्बर १३८४ मा भएको थियो । जसलाई सुधारवादको निम्ती विहानीको तारा पनि भनिन्छ ।

३. जोन क्याल्भिन एक फ्रेन्च इश्वरशास्त्री, पाष्टर अनी सुधारवादी थिए । जसको जन्म १० जुलाई १५०९ भएको थियो । अनी मृत्यू २७ मे १५६४ मा भएको थियो ।

४. जान हस एक इश्वरशास्त्री, दर्शनशास्त्री साथै सुधारवादी थिए । जसको जन्म १३६९ मा भएको थियो । अनी मृत्यू ६ जुलाई १४१५ मा भएको थियो ।

५. जोन नक्स एक स्कटिस सेवक, सुधारवादी ईश्वरशास्त्री लेखक तथा देशको सुधारवादी अगूवा थिए । जसको जन्म १५१४ मा भएको थियो । अनी मृत्यू २४ नोभेम्बर १५७२ मा भएको थियो ।

६.विलियम टेन्डल एक अङ्ग्रजी बाइबल विद्धान, बाइबल अनुवादक, भाषाविद साथै प्रोटेस्टेन्ट सुधारवादी थिए । जो मार्टिन लुथर जस्ता सुधारवादी बाट प्रभावित थिए । जसको जन्म सन १४९४ मा भएको थियो । अनी मृत्यु छ अक्टुवर १५३६ मा भएको थियो ।

७. वल्फगेङ्ग फाब्रिकियोस क्यापिटो क्याल्भिनवादी परम्परामा एक जर्मन प्रोटेस्टेन्ट सुधारवादी थिए । जसको जन्म १४७८ मा भएको थियो । अनी उनको मृत्यू ४ नोभेम्बर १५४१ मा भएको थियो ।

८. जस्टस जोनास एक जर्मन लुथरन इश्वरशास्त्री, सुधारवादी, न्यायविद, प्रोफेसर साथै भजन लेखक थिए । जसको जन्म ५ जुन १४९३ मा भएको थियो । अनी उनको मृत्यू ९ अक्टुवर १५५५ मा भएको थियो ।

९. थोमस क्रानमेर एक अङ्ग्रेज सुधारवादी अगूवा साथै क्यान्टरबरिका आर्कविशप थिए । जसको जन्म १४८९ मा भएको थियो । अनी उनको मृत्यू २१ मार्च १५५६ मा भएको थियो ।

१०. मार्टिन बुसेर एक स्ट्रासवर्गमा आधारित जर्मन प्रोटेस्टेन्ट सुधारक थिए । जसले लुथरन, क्याल्भिनिस्ट, एङ्गिलिकन सिद्धान्तहरुलाई अभ्यास गर्दथे । जसको जन्म १४९१ मा भएको थियो । अनी उनको मृत्यू २८ फ्रेबुरी १५५१ म भएको थियो ।

११. हेनिरिक बुलिङ्गर एक स्वीस सुधारक साथै इश्वरशास्त्री थिए । जसको जन्म १८ जूलाई १५०४ मा भएको थियो । अनी उनको मृत्यू १७ सेप्टेम्बर १५७५ मा भएको थियो ।

१२. जोहानेस ओकोलाम्पेडिएस काल्भिन परम्परा अन्र्तगत एक जर्मन प्रोटेस्टेन्ट सुधारवादी थिए । उनी १५२६ को बाडेन विवादमा प्रोटेस्टेन्ट गूटका अगूवा थिए । जसको जन्म सन १४८२ मा भएको थियो । अनी उनको मृत्यू २४ नोभेम्बर १५३१ मा भएको थियो ।

१३. मतियास फ्लाकियोस एक क्रोशियाका लुथरन सुधारवादी साथै ईश्वरशास्त्री थिए । जसको जन्म ३ मार्च १५२० मा भएको थियो । अनी उनको मृत्यू ११ मार्च १५७५ मा भएको थियो ।

१४. मिनो ल्याण्ड पहिले एक रोमन क्याथोलिक पादरी थिए । पछि उनलाई रोमन क्याथोलिक चर्च बाट बहिस्कृत गरियो । त्यसपछि उनी एनब्याप्टिस्ट चर्चका धार्मिक अगूवा बने । अनी उनी प्रोटेस्टेन्ट सुधारवादी पनी बने । जसको जन्म १४९६ मा भएको थियो । अनी उनको मृत्यू २१ जनवरी १५६१ मा भएको थियो ।

१५. विलियम फारेल एक फ्रेन्च प्रचारक, प्रोटेस्टेन्ट सुधारवादी थिए । जसको जन्म १४८९ मा भएको थियो । अनी उनको मृत्यू १३ सेप्टेम्बर १५६५ मा भएको थियो ।

१६. जेरोम एक विद्धान दार्शनिक, ईश्वरशास्त्री, सुधारक र प्रोफेसर थिए । जसको जन्म १३७९ मा भएको थियो । अनी उनको मृत्यु ३० मे १४१६ मा भएको थियो ।

१७. जोहानस बुगेनहेगेन एक जर्मन ईश्वरशास्त्री, लुथरन पादरी साथै प्रोटेस्टेन्ट सुधारक थिए । जसको जन्म २४ जुन १४८५ मा भएको थियो । अनी उनको मृत्यू २० अप्रिल १५५८ मा भएको थियो ।

१८. एन्ड्रीयास रुडोल्फ बोडेनस्टेन एक जर्मन प्रोटेस्टेन्ट ईश्वरशास्त्री साथै मार्टिन लुथरका समकालिन सुधारका सुधारक थिए । जसको जन्म १४८६ मा भएको थियो । अनी उनको मृत्यू २४ डिसेम्बर १५४१ मा भएको थियो ।

१९. कास्पर हेडियो एक जर्मन इतिहासकार, ईश्वरशास्त्री साथै प्रोटेस्टेन्ट सुधारक थिए । जसको जन्म १४९४ मा भएको थियो । अनी उनको मृत्यू १७ अक्टुबर १५५२ मा भएको थियो ।

२०. हान्स तौसेन एक डेनमार्कका डेनिस सुधारका प्रमूख लुथरन ईश्वरशास्त्री थिए । जसले डेनिसमा १५३५ मा पन्चग्रन्थलाई पहिलो पटक अनुवाद गरेका थिए । जसको जन्म १४९४ मा भएको थियो । अनी उनको मृत्यू ११ नोभेम्बर १५६१ मा भएको थियो ।

२१. मार्टिन चेम्रीटज एक ईश्वरशास्त्री, प्रोटेस्टेन्ट सुधारक अनी चर्चम्यान थिए । जसको जन्म ९ नोभेम्बर १५२२ मा भएको थियो । अनी उनको मृत्यू ८ अप्रील १५८६ मा भएको थियो ।

 

 

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button