विलियम केरी जिवनी । - Is A Faith Based Blog
जीवनी

विलियम केरी जिवनी ।

विलियम केरीको बाल्यकाल

विलियम  केरीे एडमंड र एलिजावेथ केरीका ५ जना छोराछोरी मध्ये जेठो छोरा थिए । विलियमको जन्म सन १७६१ अगस्त १७ मा इङलेण्डको पालेर्सपरीमा भएको थियो । विलियमको पिताले गाउँको स्कूलमा शिक्षक र स्थानिय मण्डलीमा सेवकको काम गर्दथे । सानै उमेरमा विलियम केरीलाई कडा परिश्र्रम गर्ने बालकको रुपमा चिनिन्थ्यो । उनले जुन काम आट्थे त्यो काम पूरा गरेर नै छोड्थे । उनको रोचक कुराप्रति धेरै रुची थियो । एकपटक विलियम चराको बचेरालाई हेर्न भनी रुखमा चढ्दै थिए । उनको खुट्टा रुखबाट फुसल्केर खस्न पुगे । अनि उनलाई चोट लाग्न पुग्यो । तब उनी घर गए अनि उनकी आमाले उनलाई मलम पट्टि गरिदिएर बेडमा आराम गर्नको लागी भनिन् । तर विलियम यति छिटै हार मान्ने खालका थिएनन् । उनि आफ्नो आमाको नजरबाट लुकेर बाहिर निस्के ।  जब आमाले उनलाई खोजीन तब विलियलले चराको बचेरोलाई हाथमा लिएर आइरहेको देखिन  । विलियमलाई यात्रा र खेलकुदमा पनि रुची थियो । कोलम्बस जो एक अन्वेषक थिए । जो विलियमको मनपर्ने व्यक्ति थिए । उनले प्रायःजसो कोलम्बसको विषयमा कुरा गरिरहन्थ्ये । जसकारण उनका साथीभाईहरुले उनलाई  कोलम्बस पनी भन्ने गर्थे । उनले प्रकृतिलाई प्रेम गर्थे । खेतका बिरुवा साथै चराचुरुङ्गी ल्याएर पनि तिनिहरुको अध्ययन गर्थे । तर यो भन्दा पनि उनी किताब पढ्न रुचाउथे । अनि उनलाई भाषाहरुमा पनि गहन रुची थियो । उनले बाल्यकालमा नै ल्याटिन भाषा अध्ययन गर्न सुरु गरिसकेका थिए ।

एउटा जूत्ता बनाउनेको रुपमा

विलियम  केरीले १२ वर्षको उमेरमा नै स्कूल जान छोड्नुप¥यो । किनभने गरिब परिवारमा हुर्केको कारण उनका बुवाले उनलाई उच्च शिक्षा पढाउन सक्ने क्षमता थिएन । त्यसपछि उनका पिताले १४ वर्षको उमेरमा नजिकैको गाउँ हैकलटनमा जुत्ता सिलाउने काम सिक्नको लागी विलियमलाई  क्लार्क निकोल्सको पसलमा पठाएका थिए । त्यतिबेला सम्म विलियमलाई येशू प्रति कुनै रुची थिएन् । यो वास्तविकता हो कि विलियम चर्चको क्वायरमा गित गाउथे । उनको परिवार चाहीँ एउटा असल ख्रिष्टियान परिवार थियो । विलियमले क्वायरका साथीहरु सित प्रायः झुठ बोल्ने, झुठो कसम खाने अनि अश्लिल कथाहरु सुनाउने गर्दथे । यद्दपी जोन वार नामको एउटा साथीको उत्तम गवाहीले विलियमलाई प्रायः जसो वेचेन गराईरहन्थ्यो । दिन बित्दै गयो अनी विलियमले  कहिलेकाहीँ प्रार्थना गर्न सुरु गरे । एकदिन उनले आफ्ना मालिकको १ मुद्रा खर्च गरिदिए । त्यसको बदलामा उनले खोट लागेको मुद्रा राखिदिए । जब उनको मालिकले त्यो कुरा थाहा पाए । अनि उनलाई सबैको सामुन्ने अपमानित गरिदिए । यो घटनाले उनलाई विनम्र बनायो साथै उनको हृदयमा परमेश्वरलाई कार्य गर्ने मौका मिल्यो । उनि पापको कारणले गर्दा आत्मागलानीले भरिए । उनको पास्टरले उनलाई सम्झाए की आराधनामा आउँदैमा अनि सोझो बन्दैमा एउटा असल ईसाई बनिदैन् । तर येशू ख्रीष्टलाई व्यक्तिगत जीवनमा स्वीकार गर्नले भईन्छ ।  यो कुरा सुन्दा झन उनी दुःखित बन्न पूगे । अन्तमा आएर उनी घुडा टेकेर पूकारा गर्न थाले । हे प्रभू येशू मेरो हृदयमा आउनुहोस । अनि मेरो पापलाई धुनुहोस् । म अहिले नै तपाईलाई ग्रहण गर्दछु । त्यही क्षण देखी केरीको हृदय परिवर्तन भयो । १९७९ मा जव केरीले काम गर्ने ठाउँको मालिक क्लार्क निकोल्सको मृत्यू भयो तब केरी अर्को स्थानियवासी थोमस ओल्डकहाँ काम गर्न गए । १७८१ मा विलियमले थोमसकी साली डोरथी सित विवाह गरे । डोरथी पढेलेखेकी थिइनन् । विलियम र डोरथीका ५ छोराहरु र २ छोरीहरु थिए । तर ति २ छोरीहरु बिरामीको कारण बाल्यकालमा नै मृत्यू हुन पूग्यो । केरी नवनिर्मित ब्याप्टिष्ट नामको स्थानिय संघमा सामेल भए । अनि उनको परिचय जोन राइलैंड, जोन सटक्लिफ र  एड्रयु फूलर सित  भयो । पछि गएर उनिहरु घनिष्ठ मित्र भए । केरीलाई उनीहरुले हरेक महिनाको दोस्रो आइतबार अल्र्स बार्टन नामको छिमेकी गाउँ स्थित आफ्नो मण्डलमिा प्रचार गर्न बोलाउथे । ५ अक्टुवर १७८३ मा जोन राइलैंडले विलियमलाई  बप्तिष्मा दिएका थिए । १७८५ मा विलियम जुत्ता सिलाउने र मर्मतको साथ – साथै इंग्लेण्डको मोल्टन शहरमा एउटा सानो मण्डलीको सेवक अनि स्कूलका शिक्षक पनि थिए । केरी भन्ने गर्थे मेरो मूख्य काम त प्रभू येशूको राज्य विस्तार गर्नु हो । जुता सिलाउने काम त आफ्नो जीविका चलाउनको लागी गर्छु । आफ्नो काम गर्ने ठाउँमा पनि उनले एउटा पूस्तक राखेका थिए । काम सँगै त्यो पूस्तक उनी पढ्ने गर्दथे । यस्तै गर्दागर्दै उनले यूनानी तथा ल्याटिन भाषा सिके । उनीले इब्रानी, फ्रांसीली, इटालियन तथा डच भाषाको पनी अध्ययन गर्न थाले । इब्रानी भाषा सिक्नको लागी दैनिक उनी नौ माइल हिड्नु पर्दथ्र्यो । १७८९ मा केरी हार्भी लेन ब्याप्टिस्ट चर्चमा पूर्णकालिन पाष्टरको रुपमा अभिषेक भएका थिए ।
त्यसको ३ वर्षपछी केरीले एउटा सानो पूस्तिका प्रकाशन गरे, जसको नाम थियो ‘ एन इनक्वाइरी’ जसमा ५ वटा पाठहरु थिए । ति पाठहरुमा त्यतिबेलाको मण्डलीले अभ्यास नगरेका र गर्नलाई गा¥हो मानेका कुराको जवाफ थियो । पहिलो पाठमा,  महानआज्ञाको बारेमा थियो । मत्ति २८ः१८–२० सारा संसारमा गएर चेला बनाउने पर्ने कुरा आज हामीलाई पनि हैन र ? अनि दोस्रो पाठमा,  मिसिनरी गतिविधीलाई  सुरुका मण्डली देखी लगेर अभ्यास गदै जोन वेस्ली र डेभिड ब्रेनर सम्म समाप्त भयो । के हामीले पनि यो कुराको अभ्यास गर्नुपर्ने होइन र ? अनि तेस्रो, जब केरी स्कूल शिक्षक थिए, त्यति बेला अरु देशको ठाउँहरु, धर्महरु, जनसख्या र रितिरिवाजको बारेमा लेखेका थिए । जो त्यतिबेलाका मण्डलीले चुनौती ठानेको थियो । अनि चौथो, मिशिनरीहरुलाई  पठाउनको लागी अरु देशमा भाषाको समस्या, साथै ज्यानको जोखिम छ भन्ने उनिहरुको कुराको जवाफ लेखेका थिए । अनि पाँचौमा,  ब्याप्टिस्ट सम्प्रदायको सोसाइटी गठन गर्ने विषयमा थियो ।

प्रभु येशूको सेवकको रुपमा

त्यो समय केरीले क्याप्टन कुकको समुद्री यात्रा सित सम्बन्धित पूस्तक पढ्दै थिए । अनि दक्षिण को समुद्री द्धिपमा असंख्य मानिसहरुलाई सुसमाचार सुनाउन  जाने आवश्यकताले उनलाई प्रभावित ग¥यो । उनले आफ्नाृे पसलमा हाथले बनाएका मानचित्र टाँगे । जसमा उनले विभिन्न देशहरुका नाम तथा जनसंख्या र विभिन्न मानिसहरुको जानकारी लिनको लागीे पढ्ने, लेख्ने काम गर्न थाले । प्रतिदिन उनि घुडा टेकी त्यो मानचित्रलाई हेर्दै जुन देशमा येशूको सुसमाचार पूगेको छैन त्यो देशको लागी प्रार्थना गर्थे । केरीको हृदयमा सुसमाचार सुनाउने तृष्णाले गर्दा निरन्तर आगो जलिरहन्थ्यो ।  उनले एउटा प्रार्थना समूह खडा गरे । जसले सुसमाचार नसुनेका मानिसहरुको निम्ति प्रार्थना गर्दर्थे । मिशनरी आवश्यकताको निम्ति अन्य सेवकलाई पत्र पनि लेख्थे । एकदिन साप्ताहिक संगतीमा उनले  विभिन्न देशमा भएका जातिहरुको निम्ति आफूभित्र सुसमाचारको बोझ रहेको भनि आग्रह गरे । तर त्यही मण्डलीका एक बरिष्ठ सेवकले झोक्किएर भने यहाँ बस जवान, यदि परमेश्वरले अन्य जातिलाई बचाउन चाहानुहुन्छ भने त हाम्रो सहायता विना पनि उहाँले यो काम गर्नसक्नुहुन्छ । यसरी केरीको सवै मण्डली परिवारको सामू अपमान गरियो । तर जुन केरीले बालकपन देखी नै हार नमान्ने सिकेका थिए । उनी आफ्नो बोझ र प्रयत्नमा निरन्तर बढ्दै गए ।
१७९२ मा व्याप्टिस्ट पास्टरिय वार्षिक सम्मेलनमा वचन प्रचार गर्नको लागी उनीले निमन्त्रणा पाए ।  उनको वचनको मूख्य शिर्षक थियो । परमेश्वर बाट महान कुराको अपेक्षा गर तथा परमेश्वरको निम्ति महान कार्य गर । यही केरीको जीवनलाई गतिमान बनाई राख्नको लाग िआदर्श वाक्य बन्यो । यो सभाको परिणाम स्वरुप व्याप्टिस्ट मिशिनरी सोसाइटीको स्थापना भयो । अनि उनिहरु पहिलो मिशिनरी पठाउने तयारी गरे ।

भारतमा केरी

 
केरीलाई एउटा मिशिनरीको रुपमा जानको लागी बाटो खुलिसकेको थियो ।  तर कहाँ जाने ? उनले दक्षिण द्धिप तथा पश्चिम अफ्रिका  जाने  विचार गरेका थिए । तर परमेश्वरले भने केरीलाई भारत पठाउन चाहानु भएको थियो । अन्तमा  परमेश्वरले डाः थोमस जो भारतमा आएर बसिसकेका थिए । उनलाई केरी सित भेट्न पठाउनुभयो । केरी ति व्यक्तिको उत्साहजनक कुराले यती धेरै प्रभावित भए की उनले ति व्यक्तिको साथमा भारत जाने निर्णय गरे । नवनिर्मित मिशिनरी सोसाइटीका अध्यक्षले केही अरु मानिसहरु सित यो प्रतिज्ञा गरे की हामी केरीलाई प्रार्थना साथै आर्थिक सहायता गर्नेछौँ । जब केरीले भारत आउने निश्चय गरेका थिए । त्यती बेला उनी ३३ वर्षका थिए ।
जव उनले भारत जाने कूरा आफ्नी पत्नी डोरथी सित गरे । तब उनले इन्कार गरिदिईन । त्यतिबेला उनको गर्भमा बच्चा थियो । तर पछि केरीको धेरै अनुरोध र उनको साथमा डोरथीको बहिनीलाई दिदिको हेरचाहको लागी लिने भनेपछि उनी साथमा आउनलाई राजी भईन । धेरै योजना तथा बाधाहरुका वाफजुत केरीले आफ्नो परिवार र डाः थोमसको साथमा १३ जुन १७९३ मा भारत आउनको निम्ति समुद्री यात्रा सुरु गरे । कठिन यात्राको वाफजुत नोभेम्बर मा केरी ले भारतको कलकत्ता शहरमा आफ्ना पाइला टेके ।  केरीको परिवार कोहीले पनि केरीको जुन भारतमा सुसमाचार प्रचार गरी येशूमा नयाँ आत्माहरु जित्ने बोझ थियो । यो बोझमा साथ दिएका थिएनन् । साथै उनका मित्र तथा आफन्तहरुले पनि सोचेका थिए की थोरै पैसा र थोरै जनाको सहायता पाएर अन्जान देशमा जानको लागी तयार हुने केरी पागल नै रहेछ । तर केरी भने उत्साह र आशाले भरपूर थिए । उनले आफ्नो लामो समुद्री यात्रामा नै बङ्गाली भाषा सिक्न सुरु गरिसकेका थिए ।  पछि गएर उनले हिन्दी, मराठी, फारसी तथा संस्कृत भाषा पनि सिक्न सफल भए । भारतमा आउन बित्तिकै उनले भारतवासीहरुलाई सुसमाचार सुनाउन  तथा बाइवललाई बंगाली भाषामा अनुवाद गर्न शुरु गरिसकेका थिए । वास्तवमा परमेश्वरले उनको भाषा प्रतीको पे्रमको माध्यमको कारण उनलाई यस महान काम गर्नको लागी तयार गर्नुभयो ।
भारतमा आए पछि पहिलो वर्षमा नै उनको परिवारमा एक एक गर्दै परिवारका सदस्यहरु  बिरामी हुन थाले । उनको छोरा पिटर जो पाँच वर्षको थिए । उनको ज्वरोको कारण मृत्यू भयो । कोही पनि हिन्दु अथवा मुस्लिम मानिसहरु चिहान खन्नको लागी  तयार थिएनन् । अन्तमा विरामीले कमजोर भएका केरीले आफैँ चिहान खन्न थाले । जब उनका दुई नोकरहरु आएर उनलाई मदत गरे तब धन्यवादको भावनाले केरीको आँखामा आँशू निक्लिए । जब पिटरको मृत्यू भयो डोरथी मानसिक रुपमा बिमार पर्न पूगिन । आफ्नो जीविका चलाउनको लागी केरी ले नील बनाउनेवाला कारखानामा प्रबन्धकको रुपमा काम गर्न सुरु गरे । उनी सित बाइवल छाप्नको लागी  छापाखाना थियो । केही समयपछि व्यवसाय ठप्प हुनाले उनको जागीर पनि गयो । तर पनि यी कुराले केरीलाई निराश बनाउन सकेन । उनिलाई सधैँ एउटै प्रश्नले घचघच्याई रहन्थ्यो की, म भारतलाई कसरी सहायता गरु ?

परमेश्वरले केरीलाई कसरी प्रयोगमा ल्याउनुभो

सात वर्षको कठोर परिश्रम पछी केरीले कृष्णपाल भन्ने एक सुतार व्यक्तिलाई प्रभूमा जीते अनि उनलाई बप्तिष्मा दिए । यद्दपी कृष्णपाललाई येशूमा विश्वास गरेको कारण दुःख भोग्नुप¥यो । तर उनी निष्ठावान बनिरहे र अरुहरुलाई पनी प्रभूमा जीत्न सके । त्यतिबेला भारतमा इस्ट इन्डीया कम्पनीले राज गर्दै थिए । त्यहाँका स्थानिय तथा ब्रिटिसहरुले सुसमाचार प्रचार गर्ने कुरामा धेरै नै वाधा ल्याए । तर केरी भने स्थीर भएर त्यो काममा लागिरहे । १७९८ मा इंलेण्ड बाट अरु ४ जना व्यक्तिहरु केरी सँगै काम गर्नको लागी आए । अनी उनीहरुले सेरामपुरमा ठूलो मिशन केन्द्र स्थापित गरे । जहाँ बाट सम्पूर्ण भारतमा सुसमाचार प्रचार गर्ने गर्थे । त्यो समयमा बालिकाहरुलाई शिक्षा दिने चलन थिएन । त्यसकारण केरी अनि उनको समूहले बालबालिका हरुको निम्ति स्कूल स्थापना गरेर शिक्षा दिन थाले ।ं १८०२ मा कृष्णपाल ( सुतार) को छोरीले ब्रामण केटा सित बिहे गरिन् । यो विवाह एउटा सार्वजनिक प्रदर्शन थियो जसलाई देखेर मण्डलीले जातिय भेदभाव त्यागेको थियो । त्यतीबेला भारतमा सती प्रथा बिगविगी छाएको थियो । जुन प्रथामा पतीको मृत्यू हुदा पत्नीलाई पनि जिउँदै चितामा जलाईन्थ्यो । यो प्रथालाई केरीले राजा राममोहन राय सित मिलेर सती प्रथाको अन्त्य गरेका थिए । त्यतिमात्र होइन बाल विवाह र बच्चालाई गंगामा फाल्ने कुसंस्कारलाई पनि केरी अन्त्य गर्न सफल बनेका थिए । केरीले ४० वटा भाषामा बाइवल अनुवाद गरेका छन । अनि तेलेगु, संस्कृती, मराठी र बङ्गाली भाषाको शब्दकोष लेखेका छन् । साथै केरी नेपाली भाषामा नयाँ करारलाई समेत अनुवाद गरेका थिए । जो नेपालमा प्रथम नेपाली पूस्तक बन्न पूग्यो । यसरी विलियमको १८३४ जुन ९ गतेका दिन ७२ वर्षको उमेरमा स्वर्गारोहन भयो । जब उनको स्वर्गारोहन भयो उनको दफनको लागी लिदा सबै धर्म र जातिका धेरै मानिसहरुको उपस्थिती थियो ।

सन्दर्भ स्रोत ः

i)  https://en.wikipedia.org/wiki/William_Carey_(missionary)

ii) ख्रिष्टियान मण्डली इतिहास

Facebook Comments Box

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button