साँचो चर्च र साँचो प्रचारक चिन्ने ४ वटा तरिकाहरु ।

कुनैपनि चर्च र प्रचारक साँचो हो कि होइन भनेर पत्ता लगाउन ४ वटा P को जाँच गर्नुपर्दछ ।
१. Profile Test ( व्यक्तिगत विवरणको जाँच ) ः कुनै पनि चर्च वा प्रचारको वास्तविकता वा व्यक्तिगत विवरण हामीलाई थाहा हुनुपर्दछ । यदि तिनिहरुको वास्तविकता थाहा नपाई तिनीहरुलाई प्रचारको रुपमा ल्याउँदा तिनिहरुले झुटो र गलत शिक्षा चर्चलाई दिन सक्छन । त्यसकारण कुनै पनि चर्च जानु अघि वा कुनै पनि प्रचारकको वचन सुन्नु अघि उसको व्यक्तिगत विगरण जान्न जरुरी छ ।
२. Preaching Test ( प्रचारको जाँच ) जसरी प्रेरित १७ः११-२१ मा हेर्दा बेरियाका यहूदीहरुले पावल र सिलासले प्रचार गरेको प्रचारलाई उनिहरुले धर्मशास्त्र सित मेल खान्छ कि खाँदैन भनेर दिनहुँ जाँच गर्दर्थे त्यसरी नै चर्च वा प्रचारकले प्रचार गरेको कुरा बाइबल सित दुरुस्तै मेल खान्छ कि खाँदैन भनेर जाँच गर्नुपर्दछ । कुनै प्रचारकलाई तिनिहरुको प्रचारबाट किन चिन्न सकिन्छ भने तिनिहरुले जे सिद्धान्तमा विश्वास गर्छन त्यहि कुराको आधारित भएर प्रचार गर्छन ।
३. Practice Test (अभ्यासको जाँच) ः चर्च वा प्रचारकहरुले जे सिद्धान्तमा विश्वास गर्छन त्यही कुरामा आधारित भएर विश्वासलाई अभ्यास गर्छन साथै गर्न लगाउँछन ।
४. Participation Test ( सहभागिताको जाँच ) ः कुनै चर्च वा प्रचारक साँचो सिद्धान्त र धर्मशास्त्रमा विश्वास गर्छ भने उसको सहभागिता वा संजाल पनि साँचो सिद्धान्त र धर्मशास्त्रमा विश्वास गर्नेहरु सँग नै हुन्छ । तिनिहरुको संजालको पनि जाँच गर्नुपर्दछ जसलै साँचो सिद्धान्तमा आधारित रहेर विश्वास गर्छन कि गर्दैृनन भनेर थाहा हुन्छ ।
– एलान आर्चाय