सिपाहीको जीवन जिउनु । - Is A Faith Based Blog
आजको वचन

सिपाहीको जीवन जिउनु ।

इसाई जिवन एउटा सिपाहीँ झैँ जिउने जिवन हो । जो हरेक दिन शरिर, संसार र सैतान सँग लडाइँ भईरहन्छ । जसकारणले गर्दा एउटा सिपाहीँले हरेक दिन युद्धको निम्ति आफूलाई तयार गर्दछ त्यसरी नै हामी हरेक दिनको आत्मीक लडाइँको निम्ति आफूलाई तयार गर्नूपर्दछ । आफूलाई तयार गर्नको निम्ति केही चरणहरु यसप्रकार छन् ।

दिनहुँ आत्मीक अभ्यास गर्नू ।

– दिनहु आत्मिक अभ्यास गर्ने कुरामा वचन अध्ययन गर्ने( भजनसंग्रह ११९ः११) , प्रार्थनामा समय बिताउने ( मर्कुस १ः३५), आराधनामा समय विताउने, आत्मिक संगती गर्ने कुरा लगायत सुसमचार प्रचार गर्ने कुराहरु पर्दछन् ।

सतर्क रहनु ।

– १ पत्रुस ५ः१८ मा यसो भन्दछ, सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ । हामीले आफूलाई सतर्क राख्नुपर्दछ किनकी हाम्रो शत्रुले हामीलाई खोजीराको हुन्छ अनी हामीलाई प्रहार गर्नको निम्ती मौका हेरिराखेको हुन्छ । त्यसकारण हामीले शत्रूको चाललाई बुझ्नुपर्दछ । साथै शत्रूको आक्रमण गर्ने कमजोर ठाउँलाई पहिचान गर्नुपर्दछ ।

शत्रुलाई प्रहार गर्नु ।

– हामीलाई परमेश्वरले शत्रुलाई प्रहार गरी शत्रुमाथी विजय हासिल गर्नको निम्ति आत्मीक हातहतियार दिनुभएको छ । एफीसी ६ः१७ख मा भन्छ, पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो। प्रभू येशूले पनि यहि तरवारले सैतानलाई प्रहार गर्नुभएको थियो जब हामी मत्ती ४ अध्यायमा हेर्छौ भने त्यसकारणले गर्दा हामी वचन(पवित्र आत्माको हतियार) सित परिचित हुनुपर्दछ ।

निष्कर्ष  एउटा व्यक्ती जब सिपाहीमा भर्ती हुन्छ उसले हरेक दिन  शारिरिक, मानसिक र बौद्धिक अभ्यास गर्नुपर्दछ । जहाँ उसले शत्रुले कसरी प्रहार गर्छ, शत्रुका चालहरु कसरी पहिचान गर्ने , शत्रूहरुमाथी विजय हुन रणनिती निर्माण गर्न लगायत हातहतियार कसरी चलाउने भन्ने कुराको बारेमा दिनहुँ उसले आफूलाई निर्माण गर्नूपर्दछ । हामी पनि एउटा आत्मीक लडाइँमा भएकोले हामी पनि ख्रीष्टका सिपाहीँ हौँ । त्यसकारणले गर्दा एउटा सिपाहीँ झै जिवन हामीले जिउनु पर्दछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button