के वास्तवमै परमेश्वरको अस्तित्व छ त ?





“ मानिस परमेश्वरबाट लुक्न चाहान्छ कारण उ पापमा फसेको छ । त्यसकारण उसले पवित्र र धर्मि परमेश्वरको सामना गर्नु नपरोस भनेर उहाँको अस्तित्वलाई इन्कार गर्छ ।”
–निशान घर्ति


परिचय : ऐतिहासिक समयमा ईश्वर हुनुहुन्छ वा हुनुहुन्न भन्दा पनी इसाईहरुले वास्तविक ईश्वर ( परमेश्वर ) को हुनुहुन्छ भन्ने कुरामा वकालत गर्दै आईरहेका थिए । कारण त्यतिबेला बहुईश्वरवाद र दर्शनशास्त्रले ईश्वरको अस्तित्व भन्दा पनी ईश्वरको बारेमा गलत बुझाई र बहुईश्वरवादलाई ठाउँ दिदै आएका थिए । अहिलेपनी ति कुरा भईरहेका छन । तर पछिल्लो केही शताब्दीहरुमा ईश्वरको अस्तित्वमाथी प्रहार गर्दै ईश्वर नै छैन भन्ने अभियान र विश्वास बढदै गरेको हामी देख्न सक्छाँै । त्यसकारणले गर्दा यो प्रस्तुतिमा हामी ईश्वरको कुनै अस्तीत्व छैन भन्ने साथै उहाँ प्रति विद्रोह गरी सत्यतालाई दबाई झूटो भ्रममा जिउन खोज्ने ति व्यक्तिहरुका तर्कहरुलाई झूटो सावित गरी ईश्वरको अस्तित्वलाई प्रतिरक्षा गर्न निम्न लिखित तर्कहरु राख्न चाहान्छु। जसले ईश्वरको अस्तित्वलाई प्रमाणीत गर्दै त्यो ईश्वरचाहीँ बाइबलिय ईश्वर हुनुहुन्छ भन्ने प्रमाणीत गर्नेछ ।

कारणको तर्क ( Cause Argument )

कारणको तर्कले कुनै पनी अस्तित्वमा आएको कुराको पछाडी त्यो अस्तिवमा आउनको पछाडी ति कुरा अस्तित्वमा ल्याउने कोही छ भन्ने कारण दिन्छ ।

मानिसको रूपमा हामी हाम्रो दैनिक जीवनमा कारण र प्रभाव हेर्न बानी परेका छौं, त्यसैले यो तर्कसँग सम्बन्धित हुन सजिलो छ । उदाहरणका लागि, यदि तपाईंले कसैलाई मुक्का हान्नुभयो । (कारण) उक्त व्यक्ति भुईमा खस्यो । (प्रभाव) 

एक्विनासले तर्क गरे कि हाम्रो संसार यहि उदाहरण तरिकाले काम गर्दछ ।  कोही वा केहि संसारको अस्तित्वको कारण हुनुपर्छ । अनी त्यो कारण परमेश्वर हुनुहुन्छ, अनि त्यसको प्रभाव चाहीँ संसार हो ।

एक्विनासले तर्क गरे कि यो पहिलो कारणको कुनै शुरुवात हुनु हुँदैन –  किनभने पहिलो कारण अनन्त छ । 

उनले तर्क गरे कि यो पहिलो कारण परमेश्वर हुनुहुन्छ । परमेश्वर अनन्त हुनुहुन्छ (उहाँ आदि र अन्त्य हुनुहुन्छ ) र परमेश्वरले संसार र अरू सबै कुरालाई अस्तित्वमा ल्याउनुभयो । 

ब्रम्हाण्डीय तर्क ( Cosmological Argument )

के सृष्टी आफै अस्तित्वमा आएको हो त ?

“ब्रह्माण्ड किन छ भन्ने भन्दा उदात्त ( महान ) कुनै प्रश्न छैनः किन केहि नहुनु भन्दा पनि केहि छ ।” –डेरेक पारफिट

नास्तिकहरुले यो प्रश्नको उत्तरलाई सामान्यरुपमा यो ब्रम्हाण्ड अविनासी र कारणविहिन छ भन्दछन ।

कुनै कुरा पनी आफैँ अस्तित्वमा आउन सक्दैन । यदि आफैँ अस्तित्वमा आउने भए त्यो कुरा हामी हाम्रो दिनहुँ जिवनमा हाम्रो वरिपरी देख्नेथियौ ।  सिमितताले सिमितालाई अस्तित्व दिन सक्दैन त्यसकारण सिमिततालाई अस्तित्वमा ल्याउनको लागी त्यसको पछाडी असिमतता कारण हुनुपर्छ । यो कुरालाई बाइबल धर्मशास्त्रले स्पष्टता पार्दछ । उत्पती १ः१ मा आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो । यहाँनेर विचार गर्नूभयो भने आकाशमण्डल र पृथ्वी सृष्टीको कारण परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई प्रष्ट पार्दछ ।

रोमी १ः१८–२० पनि यो दावी गर्दछ कि परमेश्वर हुनुहुन्छ भन्ने कुरा आफूले सृष्टी गर्नुभएका कुराबाट देखाईदिनुभएको छ । त्यहाँ बहाना गर्ने ठाउँ नै छैन ।

ईश्वरशास्त्री थोमस अक्विनासको परमेश्वरको अस्तित्वलाई प्रमाणीत गर्ने ५ वटा तर्क मध्ये चाल र कारणको नियम अनुसार उनि भन्छन कारण र गतीको अस्तित्व छ । सम्पूर्ण कारण वा गतिलाई केही पूर्व कारण वा गती आवश्यक पर्छ, कुनैपनी कारणविना कुनै कुरा हुन सक्दैनन न त ति सर्न सक्छन । 

कुनै वस्तु सकृय र चलिरहेको विचको कारण र प्रभाव सम्बन्धको पछाडी शूरुवाती विन्दु हुनुपर्छ । एकसमयमा सम्बन्ध गतिमा सेट गरिएको थियो । यसैले त्यहाँ पहिलो कारण हुनुपर्छ जसले गतिमा अन्य सबै चिजहरु सेट गर्दछ ।

यी माथी उल्लेखित तर्कहरु बाट ईश्वरको अस्तित्वलाई इन्कार गर्न नसकिने वास्तविकता हो । यी सबै सृष्टीका पछी परमेश्वर हुनुहुन्छ । जसको बारेमा बाइबल धर्मशास्त्रले प्रशस्त प्रमाण दिदै आएको छ । युहन्ना १ः१–३, कलस्सी १ः१५–१७, भजन १९ः१–६, भजन २४ः१–२, हिब्रू १ः३

बुद्धिपूर्ण रचना तर्क - Teleological Argument )

 यस तर्क अन्र्तगत हामी जुन पृथ्वीमा बस्छौँ, जुन कुरालाई हामी हाम्रा वरिपरी भएका डाँडाकाँडा, पशूपन्छी, जिवजन्तु, मानिस वा पृथ्वीमा भएका यावत् थोकहरुलाई देख्छौँ, ति कुराहरुलाई विचार गर्दा यी कुराहरुमा बौद्धिकता र अद्धभुतता साथ बनाएको रचनालाई देख्दछौँ । जसकारण यी सबै चिज दुर्घटनाको कारण हुन आएका भन्नु मूर्खता हुन जादछ । मानिसहरु जब हिमाल चढ्छन उनिहरु स्वर्गको आभास गर्छन । 

अति मिलेको यो ब्रम्हाण्डको क्रमबद्धता, सौन्दर्यता, सन्तुलन र अद्धभुत आकर्षणलाई यी सबै कुरा संयोगले अस्तीत्वमा हुन आए भन्नु चाहीँ बेतुक कुरा मात्र हो ।

थोमस एक्विनासको परमेश्वरको अस्तित्व प्रमाणीत गर्ने तर्कका लागी पाँच तरिका मध्ये पाँचौ चाहीँ टेलियोलोजीकल तर्क हो ।  उनको तर्कमा उनि यो भन्छन ः हामी देख्छौ कि ज्ञानको कमि भएका चीजहरु, जस्तै ः प्राकृतिक शरीरहरु, अनन्तका लागि कार्म गर्दछ, र यो तिनिहरुको कामबाट स्पष्ट हुन्छ, सधै वा लगभग सधै, उस्तै तरिकामा ताकी उकृष्ट परिणाम प्राप्त गर्न सकिन्छ । तसर्थ यो स्पष्ट छ कि तिनीहरुले आफ्नो अन्त प्राप्त गर्छन, लथालिङ्ग तरिकाले होइन तर डिजाईन व्यवस्थीत गरी जुन कुरामा ज्ञानको कमी छ, त्यो अन्त्यतिर जान सक्दैन जबसम्म त्यसलाई ज्ञान र बुद्धिले सम्पन्न कसैद्धारा निर्देशित हुँदैन । जसरी तिर धनुधारीद्धारा निर्देशित हुन्छ । त्यसैले केही बुद्धिमान प्राणीहरु छन जसद्धारा सबै प्राकृतिक चीजहरु आफ्नो अन्तमा निर्देशित हुन्छन । र यसलाई हामी परमेश्वर भन्छौँ ।

एक्विनासको विचारलाई बुझ्दा हामीले यो थाहा गर्न सक्छाँै कि यस पृथ्वीमा भएका कुराहरुको व्यवस्थीतपन, संरचना, प्रकृया लगायत अन्तको सटिक निर्देशन केवल अर्को ज्ञान र बुद्धिले सम्पन्न भएको व्यक्तीद्धारा मात्र सम्पन्न हुन्छ । उदाहरणको लागी  मानिसले अक्सिजन लिन्छ, कार्वनअक्साड फ्याक्छ अनी विरुवाले कार्वनअक्साईड लिन्छ अनी अक्सिजन फ्याक्छ । त्यहाँ एकअर्काविच अन्र्तसम्बन्ध देख्छाँै ।

पृथ्वीलाई सौर्यमण्डलमा अनौठो तरिकाले राखिएको छ ताकि यसले मानिसको जीवनलाई सहायता गर्न सकोस् –  यदि सुर्य टाढा भएको भए हामी बरफले जमिहाल्थ्यौ । अनि यदि सुर्यलाई नजिक भएको भए हामी जलेर खरानी भईहाल्थ्यिौ ।

वैज्ञानिक आइज्याक न्यूटन (१६४२–१७२७) ले परमेश्वरको अस्तित्वको प्रमाणको रूपमा औंठा छाप प्रयोग गरे किनभने प्रत्येक व्यक्तिको व्यक्तिगत र अद्वितीय औंठा छाप हुन्छ । उनले तर्क गरे कि यसले अनियमित मौकाको सट्टा डिजाइनरलाई औंल्याउछ ।

“कुनै अन्य प्रमाणको अभावमा, औंलाले मात्र मलाई ईश्वरको अस्तित्वको विश्वास दिलाउन सक्छ ।” –आइज्याक न्यूटन

साथै सृष्टी गरिएका मानिस, पशूपन्छीमा पनी त्यो बुद्धीपनता देख्छाँै । जसले बनाएका कुराहरुलाई विचार गर्दा ति आपसैआप बनेका हुन भन्ने कुरालाई स्वीकार गर्न सकिदैन यो पृथ्वीमा भएका कुराहरुको व्यवस्थापन, विशिष्टता क्रमबद्धता साथै कलात्मकतालाई हेर्दा ईश्वरीय बुद्धीमतालाई देख्छौँ । 

पवित्र धर्मशास्त्र बाइबल यसको प्रशस्त प्रमाणहरु दिन्छ ।  भजन १९ः१–६, रोमी १ः१८–२०, उत्पती १ः१–३१

नैतिक तर्क - Moral Argument )

मानिसहरुले किन बारम्बार आस्तिकता विरुद्ध प्रश्न खडा गर्छन ?

नैतिक तर्क यसकुरा बाट शूरु हुन्छ कि हरेक मानिसलाई सही वा गलतको ज्ञान छ । चाहे ति संसारको जुन सुकै कुना काप्चामा बस्ने हुन । 

म तर्क गर्छु कि यदि नैतिक मूल्यहरू अस्तीत्वमा छन् भने, तब परमेश्वरको पनी अस्तीत्व छ ;  नैतिक मूल्यहरू अवस्थित छन; त्यसैले, परमेश्वर पनी अवस्थित हुनुहुन्छ । हाम्रो नैतिक संकट समाधान गर्न, हामीले नैतिकता, मानव अधिकार र मानव मर्यादाको आवश्यक आधारको रूपमा असल परमेश्वरको चरित्र (जसको स्वरुपमा मूल्यवान मानिसहरू बनाइएको छन ) लाई पहिचान गर्नुपर्दछ ।

१. नैतिक मूल्यहरू अवस्थित छन : तिनीहरू ठीकसँग आधारभूत छनः नैतिक मूल्यहरू अवस्थित छन् वा कुनै व्यक्ति वा संस्कृतिले तिनीहरूलाई विश्वास गर्छ वा गर्दैन (“उद्देश्य“) साधारणतया काम गर्ने मानिसहरूले यी कुराहरूलाई आफ्नो फाईदा र फलिफापको लागि आधारभूत रूपमा लिन्छन् ।

  • मानिसहरूले बाइबल धर्मशास्त्र पढेर नैतिक के हो भनेर पत्ता लगाउनु पर्दैन, यस्तो ज्ञान सबै मानिसहरूलाई उपलब्ध छ । 

जोन क्याल्भिनले परमेश्वरको चेतनाको कुरा गर्दा यसो भन्दछन : मानिस परमेश्वरको स्वरुपमा बनेको कारणले गर्दा सबैमा परमेश्वरको चेतना हुन्छ, सृष्टीकर्ताको यो आन्तरिक चेतना कहिल्यै मेटाउन सकिदैन भलै पापी मानिसहरुले यसबाट उम्कीनको निम्ति उग्रतापूर्वक संघर्ष गर्लान । 

रोमी २ः१४–१५ ले भन्दछ कि परमेश्वरको विशेष प्रकाश (धर्मशास्त्र, येशू ख्रीष्ट) नपाएकाहरूले पनी सही र गलत जान्न सक्छन् । तिनीहरूको अन्तस्करणमा उहाँको आधारभूत नैतिक व्यवस्थाको बारेमा परमेश्वरको सामान्य प्रकटीकरण छ, “अन्यजातिहरू, जससँग ृमोशाकोे व्यवस्था छैन, तिनिहरु व्यवस्थाका कुराहरू सहजै गर्छन“। (रोमी २ः१४–१५ ) तिनीहरू परमेश्वरको स्वरूपमा बनाइएका छन् (उत्पत्ति १ः२६–२७)। तिनीहरू परमेश्वरको डिजाइन अनुसार जीवन बिताउँदा ठीकसँग काम गर्न सक्षम हुन्छन् । त्यसोभए मानिसहरू (नास्तिकहरू सहित) जसका हृदयहरू कठोर वा आत्म–धोकामा परेका छैनन् तिनीहरूसँग इसाईहरु जस्तै नैतिक प्रवृत्तिहरू हुनेछन ( कि रमाइलोको लागि बच्चाहरूलाई यातना दिनु साथै (बलात्कार वा व्यभिचार) गलत हो, र दयालु हुनु राम्रो हो भन्ने कुरा ।

जब एक व्यक्तिले भन्छ, “हुनसक्छ हत्या वा बलात्कार वास्तवमा गलत होइन,“ उसलाई तर्कको आवश्यकता पर्दैन । उ आफैँ धोकामा छ । यदि उसले वास्तवमै यो विश्वास गर्छ भने, उसलाई आत्मिक वा मनोवैज्ञानिक मद्दत चाहिन्छ किनभने उ ठिक अवस्थामा छैन । कसैको मूल्य उसको लागि साँचो हुन सक्छ तर अरूका लागि होइन भनेर दाबी गर्ने सापेक्षवादीहरू पनि सम्भवतः “मसँग अधिकार छ“ वा “तिमी सहिष्णुता हुनुपर्छ ।“ तर सापेक्षतावाद सही हो भने अधिकार र सहिष्णुताको कुनै अर्थ छैन । बरु, तिनीहरूले वस्तुगत नैतिक मूल्यहरू अवस्थित छन् भनेर समावेश गर्दछ ।


नैतिक रूपमा संवेदनशील मानिसहरूले नैतिकताको बारेमा आधारभूत अधिकार प्राप्त गर्न सक्छन्। सिएस लुईसको पुस्तक (द एबोलिसन अफ म्यान) को परिशिष्टमा, उहाँले विभिन्न युग र सभ्यताहरू (ग्रीक, इजिप्टियन, बेबिलोनियन, मूल अमेरिकी, भारतीय, हिब्रू, आदि) मा स्वीकार गरिएका विभिन्न गुणहरू सूचीबद्ध गर्नुहुन्छ । यी संहिताहरूमा चोरी र हत्याको निन्दा गरिएको छ भने आमाबाबुको सम्मान र विवाह वाचा पालनालाई प्रशंसा गरिएको छ ।


कतिपयले तर्क गर्न सक्छनः के त्यहाँ नैतिक द्वन्द्व पनि छैन र ? उदाहरणका लागि, केही संस्कृतिहरूले बहुविवाहलाई अनुमति दिन्छ । हो, तर विवाह गर्ने चलन र भाकलहरूले पनि व्यभिचारलाई निषेध गर्छ । जबकि नैतिक सिद्धान्तहरूको अनुप्रयोग र अभिव्यक्ति संस्कृतिबाट भिन्न हुन सक्छ, त्यहाँ आधारभूत नैतिक सिद्धान्तहरू छन् जुन सांस्कृतिक परिधीलाई उछिन्लान । के हुन्छ जब हामीले (कम्तिमा यसको अनुहारमा) विरोधाभासी नैतिक सिद्धान्तहरू सामना गर्छौं ? हामी नैतिक रूपमा स्पष्ट केसहरूबाट सुरु गर्छौं र अस्पष्टमा काम गर्छौं । स्पष्ट नैतिक द्वन्द्वको प्रकाशमा, नैतिकता सापेक्षिक छ भन्ने निष्कर्षमा पुग्नु गलत छ । कोशकार स्यामुएल जोन्सनले यसो भनेका छन्, “गोधूलि जस्तो चीज छ भन्ने तथ्यको मतलब यो होइन कि हामीले दिन र रातलाई छुट्याउन सक्दैनौं ।”

२. नैतिक सिद्धान्तहरू आविष्कार गरिएका होइनन : नैतिक सुधारहरू (दासप्रथाको उन्मूलन, महिला अधिकारको वकालत गर्ने ) को कुनै अर्थ छैन जबसम्म वस्तुनिष्ठ नैतिक मूल्यहरू अवस्थित छैनन् । सुधारको वातावरण बनाउन समय लाग्न सक्छ (शताब्दी पनि), यसले मानव इतिहासमा नैतिकता मात्र विकसित भएको र मानव आविष्कार मात्र हो भन्ने होइन । बरु, यसले ठूलो मूल्यमा पनि नैतिक सिद्धान्तहरू पत्ता लगाउन सकिन्छ र पछ्याउन लायक छ भनी सुझाव दिन्छ ।

नास्तिक दार्शनिक काई निल्सनले यस कुरालाई स्वीकार गर्छन “यस्ता मौलिक कुराहरू श्रीमती कुटाई, बाल दुव्र्यवहारलाई नराम्रो हो भनेर विश्वास गर्नु बढी व्यवहारिक छ जसले हामीलाई यी मध्ये कुनै पनि कुरालाई थाहा छैन वा विश्वास गर्न सक्दैन भनी बताउँछ । दुष्ट... म दृढतापूर्वक विश्वास गर्छु कि यो आधारभूत र सही हो र यो विश्वास नगर्ने जो कोहीले आफ्नो नैतिक विश्वासको आधारमा पर्याप्त गहिरो अध्ययन गर्न सक्दैन ।”

३. परमेश्वर र नैतिकता घनिष्ठ रूपमा जोडिएका छन : “नास्तिकहरू परमेश्वर बिना असल हुन सक्छन” भन्ने सुन्नु असामान्य छैन । नास्तिक माइकल मार्टिन तर्क गर्छन् कि आस्तिकहरूले बलात्कारको निन्दा गर्न नास्तिकहरूले जस्तै कारणहरू दिन्छनः यसले पीडितको अधिकारको उल्लङ्घन गर्छ, समाजलाई क्षति पु¥याउँछ । मार्टिनको साँच्चै अर्थ के हो भने परमेश्वरमा विश्वास नगरी नास्तिकहरू असल हुन सक्छन्, तर तिनीहरू परमेश्वर बिना असल (आन्तरिक मूल्य, नैतिक जिम्मेवारी, आदि) हुन सक्दैनन् । 

 किनभने मानिसहरू परमेश्वरको स्वरूपमा बनाइएका छन्, तिनीहरूले परमेश्वरमा विश्वास नगरे पनि राम्रो के हो भनेर जान्न सक्छन् । नास्तिक र आस्तिकहरूले समान मूल्यहरू पुष्टि गर्न सक्छन्, तर आस्तिकहरूले मानव अधिकार र मर्यादामा विश्वास गर्न सक्छन् किनभने हामी सबै एक उच्च मूल्यवान व्यक्तिको स्वरुपमा बनेका छौं ।

यसको बारेमा सोच्नुहोस त आन्तरिक रूपमा–मूल्यवान, सोच्ने व्यक्तिहरू अवैयक्तिक, गैर–चेतन, दिशाहीन, समयको साथ मूल्यहीन प्रक्रियाहरूबाट आउँदैनन् । एक व्यक्तिगत, आत्म–सचेत, उद्देश्यपूर्ण, असल परमेश्वरले मूल्यवान, अधिकार–वाहक, नैतिक–उत्तरदायी मानव व्यक्तिहरूको अस्तित्वको लागि प्राकृतिक र आवश्यक सन्दर्भ प्रदान गर्नुहुन्छ । अर्थात्, व्यक्तित्व र नैतिकता अनिवार्य रूपमा जोडिएका छन नैतिक मूल्यहरू व्यक्तित्वमा निहित छन्। परमेश्वर (व्यक्तिगत अस्तित्व) बिना, कुनै व्यक्ति – र यसरी कुनै नैतिक मूल्यहरू – अवस्थित हुनेछैनः कुनै व्यक्तित्व, कुनै नैतिक मूल्यहरू छैनन्। यदि परमेश्वर अवस्थित हुनुहुन्छ भने मात्र नैतिक गुणहरू महसुस गर्न सकिन्छ ।

४. गैर–ईश्वरवादी नैतिक सिद्धान्तहरू अपूर्ण र अपर्याप्त हुनेछन : केही धर्मनिरपेक्षहरूले सुझाव दिन्छन् कि हामीसँग नैतिक प्रणालीहरू हुन सक्छ जुन ईश्वरको कुनै सन्दर्भ छैन (जस्तै, एरिस्टोटल, कान्ट)। यद्यपि, उनीहरूले नैतिक छलफलमा (नैतिक सद्गुण÷चरित्र वा विश्वव्यापी नैतिक दायित्वहरूको सन्दर्भमा) केही धेरै सकारात्मक योगदान दिन सक्छन्, तिनीहरूको प्रणाली अझै अपूर्ण छ। तिनीहरूले हामीलाई अझै पनि बताउँदैनन् किन मानिसहरूको भित्री मूल्य, अधिकार र नैतिक दायित्वहरू छन् ।


प्राकृतिक विकासवादी नैतिकताको बारेमा के हो, जसमा हामी सही वा गलत र नैतिक दायित्वको बारेमा जागरूकता विकास गर्छौं जसले हामीलाई बाँच्न÷प्रजनन गर्न मद्दत गर्छ ? नैतिक चेतनाको मात्र जैविक मूल्य छ ।  यस्तो दृष्टिकोणले हामीलाई निम्न समस्याहरू छाड्छः पहिलो, यदि हामी प्राकृतिक विकासका उत्पादनहरू, लड्न, खुवाउन, भाग्ने र प्रजनन गर्न खोजिरहेका छौं भने के हामी हाम्रो दिमागमा पनि विश्वास गर्न सक्छौं ? चार्ल्स डार्विनलाई “भयानक शङ्का“ थियो कि मानव दिमाग तल्लो जनावरबाट विकसित भएकोले, किन कसैले विश्वास गर्ला ? किन बाँदरको दिमागको विश्वासमा विश्वास गर्ने?  प्राकृतिक विकासवादी प्रक्रिया फिटनेस÷बाँच्नमा रुचि राख्छ–साँचो  त्यसकारण वस्तुनिष्ठ नैतिकता मात्र होइन तर्कसंगत विचार पनि कमजोर हुन्छ । हाम्रा विश्वासहरू–नैतिकहरू सहितले हामीलाई बाँच्नको लागि मद्दत गर्न सक्छ, तर तिनीहरू साँचो हो भनेर सोच्ने कुनै कारण छैन। वस्तुगत नैतिकता वा मानव मर्यादामा विश्वासले हामीलाई बाँच्न मद्दत गर्न सक्छ, तर यो पूर्ण रूपमा गलत हुन सक्छ। शंकावाद (नैतिक शंका सहित) को समस्या यो हो कि म मेरो तर्कमा विश्वास गर्न सक्दिनँ भन्ने निष्कर्षमा पुग्नको लागि भरपर्दो तर्क प्रक्रिया मान्दै छु! यदि हामीले हाम्रो तर्कसंगत र नैतिक संकायहरूमा विश्वास गर्छौं भने, हामीले ईश्वरवादी दृष्टिकोणलाई ग्रहण गर्नेछौंः सत्यवादी, तर्कसंगत, असल व्यक्तित्वको स्वरुपमा बनेको कारणले हामी आफ्नो इन्द्रियहरू÷नैतिक अन्तर्दृष्टिहरू किन विश्वास गर्छौं भन्ने अर्थ दिन्छ ।


निष्कर्ष :  यी माथी उल्लेखित सम्पूर्ण तर्कहरुले परमेश्वरको अस्तिवलाई प्रमाणीत गर्दछन । यदि कसैले परमेश्वरको अस्तित्वलाई इन्कार गर्छ भने बाइबले धर्मशास्त्रले यसो भन्दछ ः मूर्खले आफ्नो मनमा भन्छ, “ईश्वर छँदैछैन ।” भजनसंग्रह १४ः१ परमेश्वरको अस्तित्वलाई प्रमाणीत गर्न सक्ने कुराहरु थुप्रै छन त्यसकारण उहाँको अस्तीत्वलाई इन्कार गर्नु केवल बहाना गर्नु मात्र हो ।


सन्दर्भ सामाग्रीहरु :

  • https://www.qcc.cuny.edu/socialSciences/ppecorino/INTRO_TEXT/Chapter%203%20Religion/Cosmological.htm
  • https://www.bbc.co.uk/bitesize/guides/zv2fgwx/revision/5
  • https://www.namb.net/apologetics/resource/the-moral-argument-for-gods-existence/
  •      John Calvin, Institutes of the Christian ReligionBook I, Chapters 1-5.

·       C.S. Lewis, The Abolition of Man (San Francisco: HarperSF, 2001).

·        Kai Nielsen, Ethics Without God (Buffalo: Prometheus Books, 1990)

·        Michael Ruse, The Darwinian Paradigm (London: Routledge, 1989)

·       Letter (3 July 1881) to Wm. G. Down, in The Life and Letters of Charles Darwin, ed. Francis Darwin (London: John Murray, Abermarle Street, 1887)

·        Jeffrey Dahmer: The Monster Within, A&E Biography (1996).

·       J. L. Mackie, The Miracle of Theism (Oxford: Clarendon Press, 1982)

·       In Greg Ganssle, “Necessary Moral Truths” Philosophia Christi, new series 2, 2/1 (2000)

 


Post a Comment

Previous Post Next Post