दैनिक उपासना : प्राकृतिक प्रकाश



आजको वचन खण्ड : भजनसंग्रह १९ः१  आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ । र तारा–मण्डलले उहाँका हातको सिपको घोषणा गर्छ ।

ईश्वरशास्त्रीय श्रेणिहरुमा हामी परमेश्वरको प्रकाशको बारेमा कुरा गर्छौ जहाँ परमेश्वरले आफूलाई सृष्टि गरिएका थोकहरुबाट प्रकट गर्नुभएको छ, जसलाई हामी प्राकृतिक प्रकाश भन्छौँ । यो चाहीँ विशेष प्रकाशको विपरित छ कारण विशेष प्रकाशमा परमेश्वरले प्रत्यक्षरुपमा आफ्ना मानिसहरुलाई अगमवक्ता र प्रेरितमार्फत बोल्नुभयो भने प्राकृतिक प्रकाशमा कम प्रत्यक्ष र यसले कुनै व्यक्ति वा समुदायलाई सम्बोधन गरेको छैन तर सामान्यरुपमा मानवतालाई सम्बोधन गरिएको छ । यसको कारण प्राकृतिक प्रकाशलाई साधारण प्रकाश पनी भनिन्छ । हामी भन्छाँै प्राकृतिक प्रकाश विशेष प्रकाश भन्दा कम प्रत्यक्ष छ । किनभने प्राकृतिक प्रकाशमा परमेश्वले मुक्तीको बारेमा विशेष सत्यहरु प्रकट गर्नुभएको छैन बरु त्यसको सट्टामा उहाँले आफ्ना गुणहरु साधारण रुपमा सृष्टि गरिएका कुराहरुद्धारा प्रकट गर्नुभएको छ । वास्तवमा परमेश्वरले आफूलाई सृष्टिकर्ताको रुपमा सृष्टि गरिएका थोकहरुमार्फत प्रकट गर्नुभएको छ । जसो हामी आजको वचनको खण्डलाई हेर्न सक्छौँ आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ । र तारा–मण्डलले उहाँका हातको सिपको घोषणा गर्छ । 

भजनसंग्रह १९ ले परमेश्वरको प्राकृतिक प्रकाशको विश्वव्यापितालाई जोड दिएको छ । यस पृथ्वीमा त्यस्तो कुनै ठाउँ छैन जहाँ परमेश्वरको प्राकृतिक प्रकाशलाई घोषणा नगरेको कि परमेश्वर हुनुुहुन्छ अनी उहाँले नै सबै कुरा सृष्टि गर्नुभएको हो । रोमी १ः२०–२१ ले अझैँ यो प्रकाशको बारेमा स्पष्ट पार्दछ । प्राकृतिक प्रकाशलाई व्याख्या गर्दा यसले परमेश्वरको शक्तीलाई घोषणा गर्छ र हामी उहाँप्रति आदर, धन्यवाद र आराधना दिनुपर्छ भन्दछ । यसले यो कुरा भन्दैन कि परमेश्वरको बारेमा सबैकुरा थाहा गर्न सकिन्छ । तर यसले प्रयाप्त रुपमा यो भन्छ कि हामी सृष्टि गरिएका हौँ र त्यहाँ एक सृष्टिकर्ता हुनुहुन्छ जसलाई हामीले आराधना दिनुपर्दछ । अन्तिम दिनमा कोही पनी साँचो नास्तिक हुनेछैन किनकी प्राकृतिक प्रकाश स्पष्ट छ । 

जोन क्लाल्भिनले लेख्छन कि मानिस परमेश्वरको स्वरुपमा बनेको कारणले गर्दा सबै मानिसमा परमेश्वरको चेतना हुन्छ, सृष्टीकर्ताको यो आन्तरिक चेतना कहिल्यै मेटाउन सकिदैन भलै पापी मानिसहरुले यसबाट उम्कीनको निम्ति उग्रतापूर्वक संघर्ष गर्लान । त्यसैगरी अर्को कुरा लेख्नुहुन्छ

परमेश्वरको सारत्व वास्तवमा बुझ्न नसकिने अनी मानवजातिको सोचभन्दा माथीको कुरा छ तर उहाँको प्रत्येक कार्यहरुमा उहाँको महिमा यतिधेरै चहकिलो रुपमा एकदम भिन्न र उदाहरणीय रुपमा कुदिँएको छ, कि जो कोही अशिक्षित वा मूर्ख भएता पनी म यो कुरा सित अञ्जान छु भन्ने बाहाना गर्न सक्दैन । (Institutes 1.5.1)

थप अध्ययनका लागी : भजनसंग्रह १४, प्रेरित १४ः१५–१७,१७ः२२–२९, रोमी २ः१४–१६

लागु गर्नुपर्ने कुरा 

प्राकृतिक प्रकाश यसको दायरामा सिमित छ । तर यसको मतलब यो होइन कि यो उद्देश्यहरु प्राप्त गर्न असलफल छ । परमेश्वरले आफूलाई प्रकृतिमा प्रकट गर्नुभएको छ ताकी कोही पनी अन्तिम दिनमा उहाँको अस्तित्वलाई इन्कार गर्न सक्षम नहोस । हामी उहाँको अस्तिवलाई उहाँले गर्नुभएको सृष्टिबाट प्रमाणीत गर्न सक्छौँ जब अख्रीष्टियान दाजुभाई दिदिबहिनी हरु सित परमेश्वरको बारेमा कुरा गर्दा वा कसैले परमेश्वरको अस्तिवमा प्रहार गर्दा कति पनी भयभित नहौऔँ कारण प्राकृतिक प्रकाशद्धारा हामी परमेश्वरको अस्तित्वको प्रमाण दिन सक्छौँ । 


Post a Comment

Previous Post Next Post