१९ औँ शताब्दीमा तिनलाई किङ्ग अफ गोस्पल सङ्ग राइटर - फेनी क्रस्बी


फेनी क्रस्बीको जन्म २४ मार्च १८२० मा न्यूयोर्कको व्रिवस्टर भन्ने गाउँमा भएको थियो । फेनी जन्मेको ६ हप्ताकी हुँदा चिसोको कारणले उनको आँखामा समस्या आएको थियो ।

अनि उनको आँखाको उपचारको निम्ति रायोको धुलो आँखामा हालिदिएको थियो । यसरी गलत औषधीको प्रयोगको कारण फेनी सधैको निम्ति दृष्टिविहिन बन्न पूगिन । उनको आँखाको निम्ति उपचार गर्न प्रयास नगरेको होइन तर हर प्रयासको बाबजुद पनि फेनी कहिल्यै देख्न सक्ने भईनन् । उनको परिवार ख्रीष्टियान भएको कारणले उनको आँखाको चङ्गाईको निम्ति धेरै पटक प्रार्थना गरियो तर उनको आँखा निको हुन सकेन् ।

एकदिन मर्सिकी आमाले छोरीलाई नातिनीको आँखा हरप्रयास गर्दा पनि निको नभएको कारणले आफ्नो छोरी मर्सिलाई सम्झाउँदै भनिन छोरी तिमीले फेनीको आँखाको चङ्गाईका निम्ति गरेको अर्जबिन्ती अहिले पूरा भएन यही नै सबैभन्दा उत्तम थियो । फेनी परमेश्वरकी हुन् र परमेश्वरबाटै तिमीले उनलाई पाएकी हौ र भविष्यमा उनी परमेश्वरकै निम्ति कामलाग्दी हुनेछिन् ।

साँच्चै हजुरआमा (युनिस) ले भन्नुभएझैँ फेनी क्रस्बी परमेश्वरका निम्ति काम लाग्दि भईन । जब उनी ६ महिनाकी थिईन उनका बुवाको मृत्यू भयो । अनि उनलाई उनकी आमा र हजूरआमाले हुर्काउदै आएका थिए । हजूरआमा युनिसले फेनीलाई जिवनको जग परमेश्वरमा बसालिदिनको निम्ति उनलाई त्यतिबेला देखी नै बाइवलको लामो लामो अनुच्छेद कण्ठ गर्न र उनलाई वचनमा हुर्काउदै आइरहेकी थिईन ।

जव फेनी ८ वर्षकी थिईन उनले एउटा कविता लेखिन म जीवन भरी नै अन्धो हुनु आशिषित प्रवन्ध हो, यो प्रवन्धको लागी म परमेश्वरलाई धन्यवाद भन्छु । यदि भोली नै मेरा आँखा देख्ने भए भने पनि म त्यो कुरालाई स्वीकार गर्दिन । यदि म देख्ने भएर मैले मेरा वरिपरी भएका सुन्दर कुराहरुमा अल्झेको भए म परमेश्वरको प्रशंसाका गितहरु गाउने थिएन ।

उनले यो पनि भनेकी थिईन, जव म स्वर्गमा पुग्छु मेरो अनुहारलाई खूशी पार्ने पहिलो अनुहार मेरो मुक्तिदाताको हुनेछ । फेनी १० वर्षकी हुदा उनले एकहप्तामा बाइवलको ५ वटा अनुच्छेद कण्ठ गर्थिन । अनि उनि १५ वर्षकी हुदा बाइवलका ४ वटा सुसमाचारका पूस्तकहरु, ५ वटा मोशाले लेखेको पूस्तकहरु, हितोपदेशको पुस्तक, श्रेष्ठगितको पुस्तक र भजनसंग्रहका कती अध्यायहरु कण्ठ पारिसकेकी थिईन । फेनी १५ वर्षकी उमेरमा New York Institution for the Blind भन्ने स्कूलमा भर्ना भईन ।

उनी त्यो स्कूलमा ८ वर्ष एउटा विध्यार्थीको रुपमा र अरु २ वर्ष स्नातक विध्यार्थीको रुपमा बिताईन । उनले त्यो स्कूलमा रहदाको समयमा पियानो, विणा र गितार बजाउन सिकिसकेकी थिईन । साथै एउटा असल गायक बनिसकेकी थिईन । त्यसपछिको समय पछि उनले कविताहरु साथै गितहरु लेख्न र गितहरु गाउन थालिन् ।

उनले ८००० भन्दा बढि ख्रीष्टियान गित लेखिसकेकी र गाएकी छिन भने १००० हजार जति सेकुलर गित लेखेकी थिईन । १९ औँ शताब्दीमा तिनलाई क्वीन अफ गोस्पल सङ्ग राइटर भन्ने गरिन्थ्यो । उनका गितहरुले मानिसहरुलाई येशू ख्रिष्टलाई चिन्नको निम्ति एउटा असल माध्यम बनेको थियो । त्यो बेला उनले लेखेका भजनहरुले सुसमाचारको आगो बाल्नको निम्ति ठूलो सहयोग गरेको थियो ।

उनका धेरै भजनहरु आज पनि नेपाली भजन पूस्तिकामा समावेश गरिएका छन् जसमध्ये येशू हुन् मेरो कस्तो विलास, दिन्छन मनमा महिमाको आस ( भजन न. २८१) र मलाई नजिक, नजिक, नजिक हे प्रभू ल्याउनुहोस् आफ्नो क्रूसको छेउ. (भजन न. ३३८) हुन् । फेनी १२ फ्रेब्रुरी १९१५ मा ९४ को उमेरमा यस संसारलाई त्यागेर स्वर्गिय घरमा प्रवेश गरेकी थिईन ।

Post a Comment

Previous Post Next Post