पा. निशान घर्तिका १० बाइबलिय भनाईहरु

 

पवित्रशास्त्र बाइबलले परमेश्वरको अस्तित्वको प्रमाणित गर्ने कोशिस गर्दैन तर जति पनी सृष्टि गरिएका थोकहरु छन ति कुरालाई अस्तिवमा ल्याउनुहुने चाहीँ परमेश्वर हुनुुहुन्छ भन्ने प्रमाण दिन्छ ।- निशान घर्ति

क्रूस येशू ख्रीष्टमा विश्वास गर्ने मानिसहरुको निम्ति आशाको चिन्ह हो भने, विश्वास नगर्ने मानिसहरुको निम्ति डरलाग्दो दण्डको चिन्ह हो । - निशान घर्ति 

पूनरुत्थान र जीवन म नै हुँ भन्नुहुने येशू ख्रीष्टलाई चिहानले रोक्न सक्नेथिएन, कारण उहाँले मृत्युमाथी पनि अधिकार गर्नुहुन्छ भन्ने कुरालाई ४ दिन सम्म चिहानमा गाडिएको लाजरसलाई जिवित पार्दा नै उहाँले प्रमाणीत गरिसक्नुभएको थियो । -निशान घर्ति

क्रूसमा येशू ख्रीष्टको मृत्यु कुनै दुर्घटना थिएन, यो त परमेश्वर पिताबाट जानीजानीकन हामी पापीमा पर्ने दण्ड आफ्नो एक मात्र धर्मि पुत्र (येशू) मा प¥यो ताकी हामी अनुग्रह पाई जिवन पाउन सकौँ । - निशान घर्ति

मानिस परमेश्वरबाट लुक्न चाहान्छ कारण उ पापमा फसेको छ । त्यसकारण उसले पवित्र र धर्मि परमेश्वरको सामना गर्नु नपरोस भनेर उहाँको अस्तित्वलाई इन्कार गर्छ । - निशान घर्ति 

ख्रीष्टमस यो हो कि परमेश्वरले आफू विरुद्ध विद्रोह गरी अपराधी ठहरिएर देश निकाला भएका अपराधी प्रजामाथी कृपा देखाई क्षमा गरी फर्काइ ल्याउन आफ्नै पूत्रलाई ति प्रजा माझ पठाएको आनन्दको सुसमाचार हो । - निशान घर्ति 

क्रूस बोक्नुहुने येशू ख्रीष्टले उहाँको पछि आउनेहरु लाई क्रूस बोक्नको निम्ति आह्वान गर्नुहुन्छ । किनभने चेला त्यही जो आफ्नो गुरु हिडेको बाटोमा हिड्छ । - निशान घर्ति 

परमेश्वरले पापीहरुको न्याय गर्नुहुन्छ भन्ने कुराको प्रष्ट उदाहरण हामी क्रूसमा देख्छौँ । - निशान घर्ति 

जब एकजना पापीलाई पवित्र आत्माले नयाँ जन्म दिनुहुन्छ, तब उसले आफुलाई पापी र ख्रीष्टलाई मुक्तिदाता देख्छ, त्यसपछी उसले आफ्नो पापको पश्चाताप गरि उहाँलाई मुक्तिदाता भनी विश्वास गर्दछ । - निसान घर्ती 

हामीले येशू ख्रीष्टमा गरेको विश्वासले मुक्ती कमाउने होइन तर ख्रीष्टले क्रूसमा कमाई सक्नुभएको मुक्तीलाई पवित्र आत्माले नयाँ जन्म दिएपछी विश्वासद्धारा त्यसलाई स्वीकार गर्ने हो । त्यसकारण विश्वास चाहीँ काम होइन तर माध्यम हो । - निशान घर्ति 



Post a Comment

Previous Post Next Post