पा. सुरज कासुलाका ९ बाइबलिय भनाईहरु



 किन आज नेपाल झूटा शिक्षाको लागी उर्वर भूमि बन्दै गइरहेको छ ? सिद्धान्त र मण्डली अभ्यास एकअर्काको परिपूरक र सहयात्री हुनुपथ्र्यो साथै एकले अर्कोलाई सघाउनुपथ्र्यो, तर नेपाली मण्डलीहरुले सिद्धान्तलाई भन्दा बढी अभ्यासलाई महत्व दिएको कारणले सिद्धान्त ओझेलमा प¥यो, जसको कारणले गर्दा नेपाल झूटो शिक्षाको लागी उर्वर भूमि बन्दै गइरहेको छ । यदि हामीले बाइबलिय सिद्धान्तहरु सिकाउदैनौ र प्रचार गर्दैनौ भने झूटा चर्चहरुले ख्रीष्टको साँचो चर्चलाई एकदिन अवश्य पनी उछन्नेछ । -पा.सुरज कासुला

क्रूस वेदी थियो, जसमा प्रधान पूजाहारी येशूले आफ्नै रगत त्यसमा छर्कनुभयो, जसले हाम्रो पापको प्रायश्चित गरिदियो। यो बलिदानले परमेश्वरको आउने क्रोध बाट हामीलाई बचाउछ किनभने ख्रीष्ट नै बलिदान र बलि चढाउने पूजाहारी हुनुहुन्छ । - पा.सुरज कासुला

तपाईको पवित्र जिवन अनी पवित्रीकरणले क्रूसमा ख्रीष्टले कमाउनु भएको धर्मिकरणमा रतीभर पनी थप्दैन, बरु पवित्रीकरणलाई धर्मिकरणले प्रवद्र्धन गर्छ । -पा.सुरज कासुला 

जब धर्म र राजनितिको विवाह हुन्छ, तब कस्तो किसिमको सन्तानहरु जन्मिछन कसैले अनुमान लगाउन सक्दैन । - पा. सुरज कासुला 

क्रूस अतुलनिय प्रकाश हो, जसमा महान अगमवक्ता ख्रीष्टले परमेश्वरको अनन्त योजना, बुद्धि र मुक्तिको ज्ञान उत्कृष्ट रुपमा प्रकट गर्नुभयो । ख्रीष्ट नै अगमवक्ता र अगमवाणीको पूर्णता र सम्पूर्णता हुनुहुन्छ । -पा.सुरज कासुला 

 बाइबल अनुसार बचाउने विश्वास चाहीँ न कमाउन सकिन्छ, न त उत्पादन नै गर्न सकिन्छ , तर यो त परमेश्वरको बरदान हो । यदि यो ईश्वरिय दान हो भने, न तपाईले आफ्नो मुक्ति कमाउन सक्नुहुन्छ न त यसलाई गुमाउन नै सक्नुहुन्छ, न यो तपाईको काममा निर्भर रहन्छ , न त तपाईको जिवनमा नै ,तर यो त ख्रीष्टले क्रूसमा सिध्याइ सक्नुभएको कार्यमा पूर्ण रुपमा निर्भर रहन्छ, जो हाम्रो निम्ति ईश्वरीय बरदान र अनुग्रह हुनुहुन्छ । - पा. सुरज कासुला

क्रूस येशू राजाको युद्धभूमी थियो, जहाँ उहाँले आफ्नो शत्रु शैतानलाई हराउनु मात्र भएन तर आफ्ना मानिसहरुलाई सदैको लागी छुटकारा दिएर अनन्त प्रजा पनि बनाउनुभयो । -सुरज कासुला

हाम्रो धर्मिकरण, पवित्रीकरण र महिमिकरणमा नपुगेसम्मको आधार भनेको केवल ख्रीष्टको अनवरत काम हो , अर्थात हाम्रो पक्षमा भएर ख्रीष्टले क्रूसमा सिध्याई सक्नुभएको कामलाई देखाउँदै उहाँले परमेश्वरको सिंहासन अघि निरन्तर पुजाहारीको रुपमा अन्र्तविन्तीको प्रार्थना चढाई रहने कार्य हो ।- पास्टर सुरज कासुला 

हाम्रो धर्मिकरण, पवित्रीकरण र महिमिकरणमा नपुगेसम्मको आधार भनेको केवल ख्रीष्टको अनवरत काम हो , अर्थात हाम्रो पक्षमा भएर ख्रीष्टले क्रूसमा सिध्याई सक्नुभएको कामलाई देखाउँदै हाम्रो पक्षमा भएर उहाँले परमेश्वरको सिंहासन अघि निरन्तर पुजाहारीको रुपमा अन्र्तविन्तीको प्रार्थना चढाई रहने कार्य हो ।- पास्टर सुरज कासुला 

 

 

Post a Comment

Previous Post Next Post