प्रचारको जाँच गर्दा विश्वासीहरुलाई के फाइदा हुन्छ ? - एलान आचार्य



बाइबलमा आधारित नभएको, बाइबलको पूर्ण सत्यलाई नसमेटीएको, वचनको ब्याख्यालाई बंग्याईएको प्रचारले बिश्वासीको जीवनलाई बर्बाद पारिदिन्छ l जव अल्पज्ञान, जांच नगरीएको र अप्रमाणिक कुराहरु प्रचारमा समाबेस हुन्छन भने जहिले पनी विश्वासीहरुको जीवनको लागि हानिकारक हुन्छ l 

अहिले हामी ग्रीक भाषाको Anakrino (v) (अनाक्रिनो) र dokimazo (डोकीमाजो) को बारेमा पनि हेर्नेछौ जो बाइबलबाट जाँच गर्ने कुरासंग सम्बन्धित रहेका छन् l झूटो शिक्षा र भ्रामक कुराहरु झुटा शिक्षकहरूबाट आउछ तर बड़ो चलाखी साथ आउछ, घुमाएर, बड़ो आकर्षक तरिकाले, चमत्कारसहित  र बंग्याएर आउछ त्यसैले सबै कुराको जाँच गर्न आवश्यक हुन्छ l 

दियावलस परमेश्वर विरुद्दमा छ साथै येशुमा वचाइएकाहरुलाई भ्रममा पार्न चाहन्छ l ( मत्ती २४:२४ किनकि झूटा ख्रीष्‍टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्‌काउनलाई ठूला-ठूला चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनेछन्‌। ) हामी किन होशियार हुन आवश्यक छ भन्ने कुरा हामीले बुझ्न आवश्यक हुन्छ l चुनिएकाहरुलाई समेत भ्रममा पार्न र भड्‌काउनलाई ठूला-ठूला चिन्‍हहरू र आश्‍चर्यका कामहरू झुटा शिक्षकहरूले गर्नेछन् भन्ने कुरालाई हामीले हल्कामा लिनू हुदैन l 

कतै हामीले झुटा शिक्षक वा भेडाको भेषमा आएकाहरुको कामहरुलाई सामरियाको सीमोन जादूगरले सैतानिक शक्तिमा गरेका शक्तिशाली कामहरूलाई जस्तै  परमेश्वरको शक्ति वा महाशक्ति त भनिराहेका त छैनौ ?  हामी यो कुरामा गम्भिर हुनुपर्छ । सामरियामा सीमोन जादूगरले शक्तिशाली कामहरू गर्ने गर्थ्यो तर त्यो परमेश्वरबाट थिएन l तर मानिसहरुले जाँच नगरेको कारण परमेश्वरको शक्ति, महा शक्ति मान्ने गर्थे l कतै हामी इसाईहरु विचमा यस्तै भ्रमले स्थान लिईरहेको त छैन ? 

( प्रेरित ८:९-१३ सिमोन नाउँ भएको एक जना मानिस त्‍यहाँ थियो। त्‍यसले अगाडिदेखि नै त्‍यस सहरमा जादूगरी गरेर सामरियाका मानिसहरूलाई आश्‍चर्यचकित पारेको थियो, र आफूलाई मै हुँ भनी ठान्‍दथियो। त्‍यस मानिसलाई सानादेखि ठूलासम्‍म सबैले यसो भनेर मान्‍थे, “यो मानिस परमेश्‍वरको त्‍यो शक्ति हो, जसलाई महाशक्ति भनिन्‍छ।” तिनीहरूले त्‍यसलाई मान्‍थे, किनभने धेरै समयदेखि त्‍यसले आफ्‍नो जादूगरीले मानिसहरूलाई आश्‍चर्यचकित पारिराखेको थियो।  तर जब तिनीहरूले परमेश्‍वरको राज्‍य र येशू ख्रीष्‍टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्‍वास गरे, तब पुरुष र स्‍त्रीहरूले बप्‍तिस्‍मा लिए। सिमोन आफैले पनि विश्‍वास गर्‍यो। त्‍यसले बप्‍तिस्‍मा लियो, र त्‍यो फिलिपसँग लागिरह्यो, र चिन्‍हहरू र ठूला-ठूला अचम्‍मका काम गरेको देखेर त्‍यसलाई आश्‍चर्य लाग्‍यो। )

धेरै मण्डलीहरुमा झुटा शिक्षकहरू सजिलै घुसीरहेका छन् र विश्वासीहरुलाई नै भ्रममा पारिरहेका छन् l जव सम्म हामीले बाइबलबाट ठीक तरिकाले जांच गर्दैनौ तव सम्म फरक छुट्याऊन सक्दैनौ । यदि हामीलाई साँचो शिक्षा र साँचो सिद्धान्त  थाहा छैन भने हामीले के साँचो र के झूटो वा के भ्रम हो कहिले पनि छुट्याऊन सक्दैनौ।

   

 Discern (डीसर्न) भन्ने शब्द ग्रीक भाषाको Anakrino (v) (अनाक्रिनो) भन्ने शव्द बाट उल्था भएको शव्द हो जो नयाँ करारमा प्रयोग गरिएको छ  जसको अर्थ यस्तो लाग्छ : " to distinguish भेद देखाउनु, or to separate out with diligent search लगनशीलता साथ खोजी गरेर फरक कुनै कुराबाट फरक छुट्याउनु ,to examine परिक्षण गर्नु " 

( १ कोरिन्थी २:१४-१५ जो मानिस आत्‍मिक छैन, त्‍यसले परमेश्‍वरका आत्‍माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्‍यसको निम्‍ति मूर्खता हुन्‍छन्, र त्‍यसले ती बुझ्‍न सक्‍दैन, किनकि ती कुराहरू आत्‍मिक रीतिले मात्र चिन्‍न सकिन्‍छ। आत्‍मिक मानिसले सबै कुराको जाँच गर्दछ, तर ऊचाहिँ कुनै मानिसद्वारा जाँचिनेछैन।) 

( Greek शब्दको dokimazo (डोकीमाजो) बाट( अंग्रेजीमा उल्था भएको शब्द - test ) जसको अर्थ", discern (बिबेक प्रयोग गर्नु), examine (परिक्षण गर्नु) , prove (प्रमाणित गर्नु) हुन्छ l शाब्दिक रुपमा भन्नु पर्दा "कुनै कुरालाइ जाचेर प्रमाणित गर्न वा खण्डन गर्नु पर्दा उपयुक्त नियम संगत बिधिद्वारा गरिने कार्यलाइ बुझनू पर्दछ l 

I.   ( १ थेस्सलोनिकी ५:२१-२२ सबै कुराको जाँच गर। जुन कुरा असल छ त्‍यसैमा दृढ़ रहो। सबै किसिमका खराबीबाट अलग बस।) 

II. फिलिप्पी १:९-१० मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्‍तर्दृष्‍टिमा तिमीहरूको प्रेम झन्‌-झन्‌ प्रशस्‍त हुँदैजाओस्, यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्‍टको दिनको निम्‍ति शुद्ध र दोषरहित रहन सक। 


जाँच (Discern/ Examine/Test ) गर्दा हामीले हुने फाइदाहरू 

१. प्रचारको जाँचले बिश्वासिहरुलाई झूट र गलत शिक्षाबाट  सचेत गराउदछ l

२. प्रचारको जाँचले कस्तो ब्यक्तिले(सही वा गलत) प्रचार गरिरहेको छ सो अवगत हुंदछ l  

३. प्रचारको जाँचले सबै भन्दा पहिला साँचो शिक्षा/ साँचो शिदान्त के हो सो जान्ने र बुझ्ने अवशर प्रदान गर्दछ र  झुटो शिक्षा र गलत शिक्षाबाट बचाऊंदछ l

४. प्रचारको जाँचले प्रचार सुन्नेहरुले पनि ठिक र बेठिक/ साँचो र झुटो के हो भन्ने फरक छुट्याउन सक्नेछन l

५. प्रचारको जाँचलेवचनलाई कसैले उल्टोपाल्टा पारेको छ भने सो अवगत हुन्छ र अरुलाई पनि सचेत गराउन सकिन्छ  ।

६. प्रचारको जाँचले बाइबलको साँचो सिदान्तको रक्षा गर्दछ  l 

७. प्रचारको जाँचले मण्डलीलाई गलत प्रचारबाट बचाउछ ।

८. प्रचारको जाँचले झुटा शिक्षा, झुटा शिक्षक र वचन उल्टो पाल्टो पार्नेहरुलाई पर्दाफास गर्दछ र तिनिहरूको प्रभाव विश्वासी र मण्डलीमा पर्नबाट जोगाऊदछ l 

९. प्रचारको जाँचले मण्डलीको आत्मिक अवस्था कस्तो छ भनेर अवगत समेत देअवगत गराऊदछ l 

१०. प्रचारको जाँचले गर्ने बानिले हाम्रो सही तरिकाले अध्ययन गर्ने बानी र क्षमताको ब्रिद्दी गर्दछ l

११. प्रचारको जाँच गर्ने कार्य परमेश्वरको आदेशमा आधारित छ त्यसैले हामी सबैले यो अनिवार्य पालन गर्नु पर्छ आज्ञाकारीहरू संग परमेश्वर प्रशन्न रहनुहुन्छ 



Post a Comment

Previous Post Next Post