सामूहिक आराधनाको निम्ति कस्ता भजन गित छान्ने ?



इरभिङ बर्लिनले भनेका थिए, “लोकप्रिय संगीत यसकारण लोकप्रिय छ किनभने धेरै मानिसहरूले यसलाई मन पराउँछन् ।  तर के यो बाइबलीय र धर्मशास्त्रीय रूपमा विश्वासयोग्य छ ? के यो संगीतको गुणस्तरमा राम्रो छ ?

आराधनामा राम्रो गित सङ्गीतले दिमागलाई उज्यालो पार्ने र हृदयलाई चलाउने ठूलो क्षमता बोक्छ । जब हामीले जानी बुभेर बाइबलीय विश्वासलाई सुदृढ गर्ने र फैलाउने  गित सङ्गीत छनोट गर्छौं, र हृदयलाई ख्रीष्टतर्फ लैजान्छौं, तब हामी प्रमाणिकता, सत्यनिष्ठा, र सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरलाई खुसी पार्ने कुरालाई अझ बढी जोड दिदै जान्छौँ ।

परमेश्वरको वचन पछी संगीत सबैभन्दा प्रशंसाको योग्य छ । गितको दानको साथमा भाषाको दान पनी मानिसलाई दिईएको थियो ताकि संगितको माध्यम मार्फत परमेश्वरको वचन घोषणा गरुन । –मार्टिन लुथर

परमेश्वरले उहाँलाई गरिने आराधना उहाँले नै तय गरेको तरिकाबाट स्वीकार गर्नुहुन्छ, हामीले तय गर्ने तौरतरिकाबाट होइन । – निशान घर्ति  


जब हामी आराधनाको बारेमा कुरा गर्दछौँ, हामी परमेश्वरलाई केही कुरा दिने बारेमा कुरा गर्दछौँ । तर दुःखको कुरा आधुनिक ईसाईमत परमेश्वरले हामीलाई दिनुपर्छ भन्ने कुरा प्रति प्रतिवद्ध देखिन्छ । – जोन म्याकआर्थर


सामूहिक आराधना गित छान्दा यी ३ मापदण्डहरु हुनुपर्दछ । 


१. गितमा भएका शब्दहरु बाइबलिय / ईश्वरशास्त्रीय आधारमा समावेश भएका छन त ?

के यी भजन गितहरु ख्रीष्ट केन्द्रित छन ?

के यी भजन गितहरुका शब्दहरु बुझ्न सकिन्छन ? 

के यी भजन गितहरु हाम्रो संस्कृतिमा सान्दर्भिक छन ?

के यी भजन गितहरुले बाइबलिय सत्यताको लागी भावनात्मक / मनोरञ्जनवादलाई प्रतिस्थापन गर्छन ?

२. सामुहीक आराधनामा गाईने भजन गितहरु लिटर्जीमा फिट छन  ?

के यी भजन गितहरु भेला भएका सबैले गाउन सक्छन ?

के यी भजन गितहरु त्यस दिन प्रचार गर्ने वचनसँग सम्बन्धित छन ?

के यी भजन गितहरु सामुहिक आराधनालाई एकरुपता बनाउन सहायता गर्छन ?

३. के यी भजन गितहरु राम्रो संगितमा निमार्ण गरिएको छ त ?

के यी भजन गितहरुको संगित भेला भएका सबैका निम्ति सान्दर्भिक छ  ?

के यी भजन गितहरुको संगीतमा गित गाउनलाई सबैले स्वर मिलाउन सक्छन ?



निशान घर्ति मगर

Post a Comment

Previous Post Next Post