कुनै पनि प्रचारको जांच गरीएन भने के खतरा आऊन सक्छ ? - एलान आचार्य


(१ युहन्ना ४:१ प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌। )


"बाइबलबाट सबै कुराको जांच गर्नु आवश्यक हुन्छ र विश्वासीहरुको निम्ति यो छनौट नभएर अनिवार्य कर्तब्य  होl"

प्रचार (Preaching) ले विश्वासीहरुको जीवनमा ठूलो भूमिका खेलेको र प्रभाव पारेको हुन्छ l  कुनै पनि सेवकाई, चर्च वा प्रचारकले गर्ने प्रचारले विश्वासीहरुको ब्यक्तिगत र सामूहिक जिवनमा र सुसमाचारिय कार्यमा समेत प्रभाव पारेको हुन्छ l  फितलो र सम्झौतापूर्ण प्रचारले विश्वासीहरुलाई पूर्ण र अचूक कुरा प्रदान गर्न सक्दैन न त मूल्य चुकाउने बिश्वासी बन्नलाई प्रोत्साहन गर्न सक्छ l 

कसैले गरेको प्रचारको जांच गरिएन भने विश्वासीहरुको परमेश्वरसंगको सम्बन्धमा ठूलो समस्याहरू आउन सक्छ । प्रचार गर्नको निम्ति मापदण्ड र आधार भनेको बाइबलको ठीक ज्ञान नै हो जसमा आधारित भएर ब्याख्या गर्नु पर्दछ l बाइबलको ठीक ज्ञान र सही ब्याख्या भएको छ की छैन भन्ने कुरा प्रत्येक विश्वासीहरूलाई थाहा हुन अति जरूरी हुन्छ l 

कुनै पनि प्रचार हामीलाई मन पर्ने ब्यक्तिले गरेको कारण त्यो सत्य नै हुन्छ भन्ने ठान्नु हुदैन, हामीलाई हाम्रो आफन्तले प्रचार गरेको कारण त्यो प्रचार सत्य नै हुन्छ भन्ने ठान्नु हुदैन, कसैले सहयोग गरेको कारण तिनिहरूको प्रचार त सत्य नै हुन्छ भन्ने ठान्नु हुदैन (कतिपय ब्यक्तिहरू सहयोग गरेको कारण तिनिहरूले जे प्रचार गर्छन त्यही कुरालाई सत्य मानी दिनुपर्छ वा तिनिहरूलाई कुनै प्रतिक्रिया दिनु हुदैन भन्ने सिकाएको पनि पाइन्छ यो गलत हो) , 

कुनै ब्यक्ति एकदमै सामजिक संजालमा र मिडियामा प्रख्यात हुँदैमा तिनिहरूको प्रचार सत्य नै हुन्छ भन्ने ठान्नु हुदैन l कुनै ब्यक्ति संग प्रशस्त सम्पति र सपोर्टर हुँदैमा तिनिहरुको प्रचार सत्य नै हुन्छ भन्ने भ्रममा पर्नु हुदैन l हामीले कहिले भुल्न नहुने कुरा सत्यलाई हेर्ने र सत्यलाई ब्याख्या गर्ने आधार मानिस कति प्रसिद्ध छ, कति पढेको छ, कति उ सँग  धन छ, कति ठूलो मिनिस्ट्री चलाईरहेको छ, कतिको भाइरल छ, कति पुरानो विश्वासी हो वा कति ठूलो चर्चको अगुवा हो भन्ने कुराहरुले मापन गर्दैन l चाहे उ जो सुकै होस् उसले बाइबलको दुरुस्ततालाई प्रचार गर्दैन र ब्याख्यामा बाइबलिय सत्यता तोड़ मोड़ गर्दछ भने त्यों प्रचारले मण्डली र विश्वासीलाई हानि मात्र पुर्याउनेछ  l 

(२ तिमोथी २:१५ शर्माउन नपर्ने र सत्यको वचनलाई ठिकसंग  प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दुर प्रयत्न गर ।)  

(१ तिमोथी ४:१६  आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्नेहरूलाई समेत बचाउनेछौ।) वचन प्रचारले  र सुन्नेहरूलाई कस्तो प्रभाव पार्छ भन्ने कुराले कति महत्व राख्छ भन्ने कुरा प्रष्टै छ l 

सत्य के हो त्यों बाइबलले घोषणा गर्दछ त्यसैले बाइबलको अचूक वचनमा आधारित भएर गरिएको प्रचार मात्र ठीक प्रचार हुन्छ l झूटा र भ्रामक शिक्षकहरूको गलत र भ्रमपूर्ण प्रचारको कारण धेरै मानिसहरू त्यस्ता गलत श्रोतको शिकार भएका छन् र भ्रमपूर्ण विश्वासमा अलमलीरहेका छन् l सत्यको आधार र सत्य प्रचार वा ब्याख्याको आधार बाइबल मात्र हो l

  बेरियाका यहूदीहरू थेसलोनिकेकाहरू भन्दा भला थिए भन्ने कुराको यथार्थ कुरा यही हो कि तिनिहरूले प्रचारकले के प्रचार गर्दै थियो सो राम्ररी सुन्ने काम मात्र गरेनन् साथमा कड़ा जांच पनि दिनहूँ गर्ने गर्थे l (प्रेरित १७:१०-११ भाइहरूले तुरुन्‍तै पावल र सिलासलाई राती नै बेरिया पठाइदिए, अनि जब तिनीहरू त्‍यहाँ पुगे तब तिनी यहूदीहरूको सभाघरभित्र गए। यहाँका यहूदीहरू थेसलोनिकेकाहरूभन्‍दा बढ़ी भला थिए किनभने यिनीहरूले पूरा उत्‍सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्‍यस्‍तै हुन्‌ कि होइनन्‌ भनी दिनहुँ धर्मशास्‍त्र छानबिन गर्थे। ) बेरियनहरुले प्रचारकको प्रचारलाई धर्मशास्त्रबाट जांच गरे त्यो पनि पावल र सिलास जस्ता प्रचारकहरुको पनी l 

तर दुःख लाग्दो कुरा आजभोली प्रचार सुन्ने ब्यक्तिहरूले बेरियनहरुले जस्तै अभ्यास गर्ने कुरालाई गम्भीर रूपमा नलिएको कारण गलत प्रचारक, झुटा, ठगी गर्ने र भ्रामक प्रचारकहरूले सजिलै विश्वासीहरुलाई भ्रममा पारिराहेका छन् l 

बेरियनहरुले कुनै पनि प्रचारकहरुले गरेका प्रचारको श्रोत धर्मशास्त्रबाट हो की होइन भनेर जांच गरे l बेरियन जस्तै श्रोताहरू हामी बन्दैनौ भने हामी सधै जोखिममा रहन्छौ l बेरियनहरुले कसले प्रचार गर्यो भन्दा पनि के प्रचार गर्यो भन्ने कुरामा सचेत थिए त्यसैले पावल र सिलासले प्रचार गरेको कुरालाई पनि तिनिहरूले कडा र ठीक संग जांच(discern) गरे l यहाँ बेरियनहरुले मानिसको अनुहारलाई हेरेनन् तर प्रचार परमेश्वरको धर्म शास्त्र अनुसार छ कि छैन त्यों कुराको छानबीन गरे l प्रचार को जांच गर्ने बेरियन जस्तै श्रोता हामी पनि बन्नू पर्छ l


Post a Comment

Previous Post Next Post