कालिम्पोङमा ३५ वटा चर्चले गरे जोशूवा हिमालय मिनिस्ट्रीलाई अस्वीकार । - Is A Faith Based Blog
समाचार

कालिम्पोङमा ३५ वटा चर्चले गरे जोशूवा हिमालय मिनिस्ट्रीलाई अस्वीकार ।

कालिम्पोङमा ३५ वटा चर्चले गरे जोशूवा हिमालय मिनिस्ट्रीलाई अस्वीकार गरेका छन् ।
कालिम्पोङ ख्रीष्टियन वेल्फेयर ट्रस्ट अन्तर्गत रहेका ३५ वटा इसाई मण्डलीहरुले वर्तमान समयमा आईरहेका अबाइबलिय शिक्षा र शिक्षकहरुलाई स्वीकार नगर्ने र उनिहरुलाई सहयोग नजनाउने निर्णय गरेका हुन ।

एक विज्ञप्ती निकाल्दै जोशूवा हिमालय र जीजस मिनिस्ट्रीसंग सम्बन्धित कतिपय प्रचारकहरुले साथै स्वतन्त्र प्रकारले सामाजिक संजालबाट वा आफ्नो स्वतन्त्र सेवा संगतीबाट प्रचार गर्ने कुनै कुनै पुरुष र नारी प्रचारकहरु तथा उनिहरुले राखेका सम्मेलनहरु, युटुव र फेसबुक जस्ता सामाजीक संजालबाट बाइबलका शिक्षाहरु अपूर्ण प्रकारले ल्याईरहेको कारण यस्ता शिक्षाले मण्डलीलाई सुधार्न र आशिष पु¥याउनुको सट्टा मण्डलीहरुका साधारण विश्वासीहरु जसले यी शिक्षाहरु सुन्छन उनिहरुमा बाइबलको राम्रो ज्ञान नभएकोले अन्योलमा पारेको बताइएको छ ।

साथै विज्ञप्तीमा यो पनि भनिएको छ कि बाइबल धर्मशास्त्रको गलत र अपूर्ण अर्थ लगाई भ्रम फैलाउने र मण्डलीमा फूट ल्याउने काम गरेको जहाँ यहुदी चाडहर नयाँ करारका मण्डलीहरुले मनाउनु पर्छ भन्ने जोड, सुंगुरुको मासु नखानु भन्ने शिक्षा, प्रभूभोजको सेवन र बप्तिस्माको परिचालन बारे गलत शिक्षा, हनोकको पुस्तक बाइबल धर्मशास्त्रमा गाभ्नुपर्छ भन्ने धारणा लगायत अन्य यस्तै यस्तै गलत शिक्षाहरु सिकाईने भएकोले जोशूवा हिमालय मिनिस्ट्रीलाई अस्वीकार गरेको बताएको छ ।

Facebook Comments Box

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button