प्रख्यात प्रचारक विली ग्राहामको जीवनी । - Is A Faith Based Blog
जीवनी

प्रख्यात प्रचारक विली ग्राहामको जीवनी ।

विली ग्राहाम जसको पूरा नाम हो विलियम फ्रान्कलिन ग्राहाम जूनिएर । उनको जन्म नोभेम्बर ७ १९१८ मा अमेरिकाको उत्तर क्यालिफोनिया भन्ने शहरको चारलोट भन्ने गाउँमा भएको थियो । उनको बुवाको दुधको डेरीको फार्म थियो । त्यही फार्ममा काम गर्दै आएका अल्बर्ट एम्सीमेकरले मण्डलीमा हुन लागेको जागृती सम्मेलनमा विलीलाई जानको लागी अनुरोध गरे । अनि उनीहरु जागृती सम्मेलनमा भाग लिए  ।

उक्त सम्मेनमा वक्ताको रुपमा प्रचारक मोर्डेकाई हाम आएका थिए । जब उनले प्रचार गर्दै थिए । उनले आफ्नो हात विली तिर तेस्राउदै भने तिमी पापी छौ तिमीले येशूमा विश्वास गर । तिम्रो पाप क्षमा हुनेछ । भनेपछी विलीले त्यही दिन पश्चाताप गरिकन येशू ख्रीष्टलाई मुक्तिदाता भनी ग्रहण गरे । त्यतीबेला विली १६ वर्षका मात्र थिए । विली ग्राहामले त्यो दिन देखी प्रभू सित समय बिताउन थाले ।

उनीलाई वचनको गहिराई पस्ने कुराले तृसित भएपछि १९३७ मा बाइवल कलेज पढ्नको निम्ति गए । विलीले येशू सित भने प्रभू तपाई मलाई जे बनाउन चाहानुहुन्छ म त्यही बन्नेछु । जे गर भन्नुहुनेछ म त्यही गर्नेछु ।  म कहिल्यै बदलिने छैन भनेर प्रतिज्ञा गरे । बिलीले ह्वाइटन कजेजबाट ग्राजुट गरे । अनि  त्यही समय रुथ ग्राहाम सित बिवाह गरे । जो उनकी क्लासमेट थिईन । जसका बुवा चाईनामा प्रेसवेटिरियन मिसीनेरी थिए ।

रुथ विली ग्राहामको सेवकाईको निम्ति सहयात्री थिईन । जसले विलीलाई उत्साह, सल्लाह र प्रार्थनामा साथ दिन्थिन् । विलीले भने मलाई परमेश्वरले सुसमाचार प्रचार गर्ने वरदान दिनुभएको छ । मानिसहरुलाई येशूमा आशा, मुक्ती र उद्धारको सन्देश सुनाउनको लागी बोलावट पाएको छु । विलीले आफ्नो जीवन सुसमाचार प्रचार गर्नको निम्ति सर्मपीत गरे । उनले साना साना झुण्ड देखी ठूला ठूला सभाहरुमा वचन प्रचार गर्न थाले ।

उनले रेडियो मार्फत पनि वचन प्रचार गर्न थाले । उनका साथीहरु र उनी मिलेर बिली ग्राहाम ईभान्जीलिष्ट एसोशियन सुरु गरे । विलीले प्रचार गर्ने सन्देश सरल र हृदयलाई छुने खालको हुन्थ्यो । उनले मानिसहरुलाई येशूमा विश्वास गर्न र पापबाट क्षमा पाउनको निम्ति मानिसहरुलाई उत्प्रेरणा दिन्थ्ये ।

उनको प्रसिद्ध वाक्य थियो परमेश्वरले तपाईलाई प्रेम गर्नुहुन्छ । उनले १५० वटा रेडियो स्टेशनबाट वचन प्रसार सुरु गरेका थिए पछि गएर १२०० रेडियो स्टेशनबाट वचन प्रसार गर्न थाले । सारा अमेरीकाभरी उनले वचन प्रसार सुरु गर्न थाले । उनले २ वटा पत्रिका पनि सूरु गरे डिसिजन र  ख्रिष्ट्यानिटी टुडे ।

उनले १८५ वटा देश र ४१७ वटा क्रूसेडमा वचन प्रचार गरेका थिए । १९७३ मा जब उनले दक्षिण कोरीयाको सभामा उनले प्रचार गर्दै थिए । त्यो सभामा ११ लाख मानिसहरु भेला भएका थिए । विली ग्राहामको सन्देशमा येशूको प्रेम, उद्धार, स्वर्ग, नर्ग र परमेश्वरको न्यायको बारेमा हुन्थ्यो । एकपटक एकजना पत्रकार आएर उनलाई सोधे तपाईको सेवकाईको सफलताको राज के हो ? बिलीले मूस्कुराउदै भने ३ वटा कुरा छ ।

पहिलो प्रार्थना, दोस्रो प्रार्थना, तेस्रो प्रार्थना । विलीले एकपटक भने मेरो घर स्वर्ग हो म त यो संसार हुदै यात्रा गर्दैछु । एकदिन तपाईले पत्रिकामा पढ्नुहुनेछ विली ग्राहामको मृत्यू भयो । तर म तपाईलाई भन्छु त्यो कुरालाई विश्वास नगर्नुहोस किनकी मैले आफ्नो ठेगाना मात्र बद्लेको हु । म त परमेश्वरको उपस्थितीमा सदा जीवीत हुनेछु । विली ग्राहामले आफ्नो जीवनको दौड ख्रीष्टमा सकेर फ्रेबुरी २१ २०१८ मा प्रभूमा सुतेका छन् ।

विलीले भन्थे मेरो उद्देश्य कोहीपनि व्यक्ति नर्ग नजाओस तर येशू ख्रीष्टमा विश्वास गरी आफ्नो पापको क्षमा पाई स्वर्ग जाओस भन्ने हो ।

Facebook Comments Box

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button