मदर टेरेसाको जीवनी । - Is A Faith Based Blog
जीवनी

मदर टेरेसाको जीवनी ।

मदर टेरेसा अगष्ट २६, १९१० मा अल्बानियामा जन्मेकी थिईन् । तिनको जन्मको नाम अग्नेस् थियो । उनी १८ वर्षकी हँदा गरिबहरुको सेवा गर्न आजिवन अविवाहित रहने निर्णय गरिसकेकी थिईन् । त्यसैले १८ वर्षको कलकलाउदो उमेरमा १९२८ मा तिनी लरेटोका सिस्टरहरुको समूहमा मिसन आयरल्याण्ड गइन् । तर भारको दार्जीलिङमा काम गर्न उनलाई आयरल्याण्डबाट दार्जिलिङ पठाईयो ।

तिनले आजीवन अविवाहित रही गरिब र असहायहरको सेवामा समर्पण हुने  वाचा चाहिँ १९३७ को मे २४ दिन गरेकी थिईन । र अब सिस्टर टेरेसा भइन् । त्यही वर्ष कलकत्ताको सेन्ट मेरिज स्कूलकी प्रिन्सिपल बनिन् । १९४० को दशकमा कलकत्तामा धेरै उताव चढावहरु आए । सहरमा सुकुम्बासीहरुको सङ्ख्या आकाशिदै गयो, जातीय दङ्गाहरु, हिंसा र सामूहिक हत्याहरुले सहर निकै त्रसित बन्दैगयो । पश्चिम बंगालमा त्यति बेलामा आएको अनिकालको दशौँ हजार जनता भोकमारीमा परेका सिस्टर टेरेसाले देखेकी थिईन ।

अझ हिन्दु र मुसलवान बिच संघर्षले पाँच हजारभन्दा बढी मानिसहरु कलकत्तामा मात्र मरे । यी सबै  आपतहरुमा सिस्टर टेरेसाले सहायताको हात बढाउने मौका पाईन् । १९४६ को अक्टोबर १९ का दिन दार्जिलिङ जान रेलमा यात्रा गर्दै गर्दा उनले एउटा महत्वपूर्ण निर्णय गरिन् लरेटो सिस्टरहरुको समुहदेखी निस्केर कलकत्ताको सुकुम्बासहिरुको सेवा गर्ने अनुमति मागिन् । १९४८ मा मात्र उनले अनुमति पाईन र अगष्ट १६, १९४८ मा तिनले लरेटो समूह छाडिन् र सेतो साडी पहिरिएर पटनामा तीन महिने नर्स तालिम गरिन् ।

डिसेम्बर २१, १९४८ मा कलकत्तामा प्रथमपल्ट सुकुम्बासी स्कूल स्थापना गरिन् । यसरी कलकत्ताबाट सुरु भएको सेवा सारा संसारभरी फैलिदै गयो र तिनी सिस्टरबाट मदर बनिन् र आज निको सेवामूलक कार्य १३३ वटा देशमा ६१० वटा गृहहरु छन् र ४२०० भन्दा बढि सिस्टरहरु कार्यरत छन् । ४९ वर्षको अथक परिश्रम पछि ८७ वर्षको उमेरमा तिनले सेप्टेम्बर ५, १९९७ का दिन आफ्ना आँखा सदाको लागी चिम्लिईन । तिनको अनवरत सेवाको कदर गर्दै भारतले भारतको सबैभन्दा ठूलो पुरस्कार ‘‘ भारत रत्न’’ पनि प्रदान गरियो ।

विश्वभर पु¥याएको सेवाको कदर गर्दै तिनलाई सन् १९७९ मा नोबेल शान्ती पूरस्कार समेत प्रदान गरियो । तिनले भन्ने गर्थिन ‘‘ बिना शर्त नै गरिबहरुलाई माया गर र गरिबहरुको अनुहारमा येशूलाई देख्न सक ।’’ यही लक्ष्य राख्ने मदर टेरेसाले भन्ने गर्थिन् ‘‘ यदि चन्द्रमामा गरिबहर भए, हामी त्यहाँ पनि जानेछौँ ।’’ ‘‘ मलाई सबै गरिब देउ, उनीहरुलाई म जिवन दिन्छु । ’’ भन्ने यी मदर टेरेसाले साँच्चै नै १३३ देशका गरिब– गुरुवाहरुको सेवा गरी मानव मात्राको सेवा गर्न सम्पूर्ण मानवजातिलाई अकल्पनीय चुनौती दिएर गईन ।

मदर टेरेसाको अतुलनीय असाधारण सेवाको कारण तिनलाई ‘‘ संगी रहतिहरुका संगी, दयाका स्वर्गदुत, बसाहाराका सहारा, जीवित आमा आदि नाम दिइयो । हजारौँ बाबुबिनाका शिशु, बेसारा, अछुतजात, अपाङ्ग, बिना विवाह आमा बनेकाहरु, बिरामी, असहाय, घरविहीन, टुहुरा, त्यागिएका र तिरस्कृतहरुका आमा बनेर उनले सबैलाई मायाद्धारा ख्रिष्ट चिनाउन खोजिन् । जीवनभर उनी अर्काको लागी बाँचिनु । आफ्नो लागी केही गरिनन् ।

उनको मृत्यू हुँदा जम्मा दुइवटा साडी र एउटा ट्याङ्का मात्र उनको आफ्नो भन्ने सामान थिए भनिन्छ ।  Pope John Paul II भनेका थिए ः मदर टेरेसाले आफूलाई अरुको सेवा गर्नको निम्ती बल र लगनशिलता कहाँ बाट पाईन ? उनले यो कुरा प्रार्थना, येशू ख्रीष्टको मौन चिन्तनमा, उहाँको शुद्ध हृदयर र पवित्र आत्मामा पाईन ।

 

सन्दर्भ स्रोत ः

i) https://en.wikipedia.org/wiki/Mother_Teresa#Biography

ii) ख्रिष्टियान मण्डली इतिहास

Facebook Comments Box

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button