रवि ज्याकारियसको जिवनी । - Is A Faith Based Blog
जीवनी

रवि ज्याकारियसको जिवनी ।

रवि ज्याकारियस जसको पूरा नाम हो फ्रेडिक एन्थ्योनी रवि कूमार ज्याकारियस । उनको जन्म भारतको चेन्नई भन्ने शहरमा सन २६ मार्च १९४६ मा भएको थियो ।

उनको परिवारले भारतको नयाँ दिल्ली भन्ने शहरमा बसाई सराई सरे अनी उनी चाहीँ त्यही शहरमा हुर्केका थिए । उनी ख्रीष्टियान परिवारमा हुर्केका थिए तर येशूलाई व्यक्तिगत रुपमा भने चिन्न सकेका थिएनन् । एक प्रकारको नास्तिकपन उनमा थियो । उनी पढाईमा कमजोर भएको कारण उनले सोचे शैक्षीक असफलता परिवारको निम्ति लाज हुनेभो भन्ने ठानेर १७ वर्षको उमेरमा उनले विष सेवन गरेर आत्मा हत्या गर्ने निर्णय गरे अनि उनले विष सेवन गरे ।

उनले विष सेवन गरेको थाहा पाए लगत्तै उनलाई उनको आमाले हस्पिटल लगेर गईन । त्यो अवस्थामा उनी बाल्न त सक्दैनथे तर सुन्न भने सक्थे । त्यही क्रममा स्थानियवासी एकजना विश्वासीले उनको आमालाई बाइवल दिएर भने युहन्ना १४ अध्याय पढेर आफ्नो छोरालाई सुनाउन भने,  जब उनको आमाले त्यो अध्याय पढ्दै गर्दा यूहन्ना १४ः१९ मा लेखिएको म जीवित भएको कारण तिमिहरु पनि  जीवित रहनेछौ भन्ने कुरा उनले सुने ।

अनि उनलाई जीवित भन्ने शब्दले उनको हृदयमा गहिरो रुपमा त्यो  छोयो । उनले सोचे यो नै मेरो निम्ति एकमात्र आशा हुनसक्छ , जीवन जिउनको निम्ति एकमात्र बाटो । जसकारण त्यतिनै बेला उनले आफ्नो जीवन येशू ख्रीष्टमा समर्पण गरे । अनि भने  “हे येशू, तपाईंले नै यो जीवन दिनुहुन्छ भने म यो चाहन्छु । मलाई यो अस्पतालको शय्याबाट कुशलसाथ बाहिर लैजानुहोस् । म प्रतिज्ञा गर्दछु कि सत्यताको खोजीमा म हर सम्भाव्य प्रयास गर्ने छु ।”

त्यसपछि उनले १९ वर्षको उमेरमा सुसमाचार प्रचारको लागि आफ्नो बोलावटबारे सुनिश्चित भए  रबीले अरू मानिसहरूले येशू ख्रीष्टमा जीवन पाउन् भन्ने उद्देश्यले उहाँको बारेमा भएको सत्यताको प्रस्तुत गरी त्यसको प्रतिरक्षा गर्नु नै आफ्नो जीवनको मिसन ठाने । रविको परिवार फेरी १९४६ मा क्यानडामा बसाइँसराइँ गरे । ट्रिनिटी इन्टरनेसनल युनिभर्सिटीबाट मास्टर अफ डिभिनिटी हासिल गरेका रबी सुसमाचार सुनाउँदै ७० ओटाभन्दा बेसी मुलुकमा पुगिसकेका छन् । तिनी प्रखर ख्रीष्टिियान प्रचारकसाथै रक्षाशास्त्री  ९अपोलोजिस्ट० थिए ।

तिनका मनग्गे कृतिहरूमध्ये क्यान म्यान लिभ विद आउट गड रु ले स्वर्ण पदक जितेको थियो । रबी अन्तर्राष्ट्रिय जगत्‌मा परिचित ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै रेडियो कार्यक्रम प्रस्तोता हुन् । ख्रिस्टाब्द १९८४ मा तिनले RZIM नामक संस्था स्थापना गरे ।परिचित ख्रीष्टियान अगुवा चक कोलसनले रबीलाई “हाम्रो समयका महान् रक्षाशास्त्री” भनेका छन्

हार्बड, जोन हप्किन्स, अक्सफोर्डजस्ता विश्वटका नामी विश्वेविद्यालयहरूमा प्रवचन दिईसकेका रबीले तिसवटा भन्दा बेसी पुस्तक लेख्नुकासाथै सम्पादन गरेका छन् । तिनका कतिपय पुस्तकहरू रुसी, चिनियाँ, कोरियनसाथै अन्य भाषाहरूमा अनुवाद भएका छन् । तिनी सीएनएन, फक्स  साथै अन्य अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि देखा परिसकेका छन् । रेडियोबाट पनि तार्किक रूपमा ख्रीष्टकको सन्देशलाई फैलाउन सफल रबी आफ्नी पत्नी र तीन सन्तानसहित अमेरिकामा बस्थे ।

ख्रीष्टियान विश्वासको तारिफ गर्नुका साथै जीवनका उत्पत्ति, अर्थ, नैतिकता र गन्तव्यबारे भएका महान् अस्तित्वपरक प्रश्नहरूको बौद्धिकता र अनुग्रहसहित सम्बोधन गर्दै आएका रबीले १९ मे २०२० मा ७४ वर्षको उमेरमा  स्वर्गराहोन भए ।

Facebook Comments Box

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button