समाचार
आशिष मण्डलीकी गुरु आमा डा. सरिता थापाको स्वर्गारोहण ।

– हरि जिज्ञासु
पौष ३० / २०७९ – आशिष मण्डली सामखुसी काठमाण्डौँकी गुरु आमा डा सरिता थापाको आज शनिबार निधन भएको छ । लामो समयदेखि बिरामी परेकी डा सरीता थापाको ग्राण्डी अस्पतालमा आज उपचारको क्रममा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार उहाँको प्राथिप शरीरलाई माघ ६ गते अर्थात शुक्रभार आशिष चर्च सामुखुसीमा सोकसभा गरी अन्त्यष्ठी गरीनेछ । सन् १९६३ अप्रील ७ मा ललितपुरमा जन्मेकी डा.सरिता थापा ए.एल.एस नामक जटिल रोगबाट पीडित हुनुहुन्थ्यो ।
डा.सरिता थापा सन् १९८६ मा कोरियाबाट एम.डिभ गरेर सन् १९९२ मा अमेरिकाबाट मास्टर्स अफ थेयोलोजी गरी दिक्षान्तित हुनभएको हो । उहाँले नेपाल फर्केपछि आफ्नो जीवनलाई समाजसेवा तथा मण्डलीको कामको लागि समर्पण गर्नुभएको थियो । विशेषगरी उहाँले नेपालको पूर्वदेखि पश्चिम सम्मका इसाई दिदीबहिनीहरुलाई परमेश्वरको बचनमा उत्साह तथा प्ररणा दिदै परमेश्वरको बचनमा जागुरुक गराउने तालिम समेत दिनुहुथ्यो ।
डा. सरिता थापा एक समाजसेवी पनि भएकाले थुर्पै परोपकारी संस्थाहरुमा आफ्नो योगदान तथा सहयोग प¥याउनुभएको छ । उहाँले अनाथ बालबालिका सहित दिनदुःखीरुलाई सहयोग गर्नुहुन्थ्यो । सानेपा नर्सीङ कलेजमा उतृकष्ठ भए भापत डा सरीता थापाले राणी ऐश्वर्य राज्यलक्ष्मीको बाहुलीबाट गोल्डेन मेडल समेत प्राप्त गर्नुभएको थियो ।
विभिन्न तालीमकेन्द्र तथा बाइबल कलेजको समेत स्थापान गरी बाइबलको प्रध्यापकको समेत जिम्मेवारी पाएर जीवनलाई समाजसेवामा समर्पण गर्नुभएको स्वर्गीय डा सरिता थापाको जीवन साथी डा. सुन्दर थापा हुनुहुन्छ भने उहाँको दुई छोरा र एक छोरी हनुहुन्छ ।
Facebook Comments Box