डा. विरेन्द्र श्रेष्ठको जीवनी । - Is A Faith Based Blog
जीवनी

डा. विरेन्द्र श्रेष्ठको जीवनी ।

पृष्ठभुमी

डा.विरेन्द्र श्रेष्ठको जन्म १९ जनवरी १९६९ मा काठमाडौंको बत्तिसपुतलीमा भएको थियो । उहाँको परिवारमा उहाँको बुवा रत्नबहादुर श्रेष्ठ, आमा कृष्ण कुमारी श्रेष्ठ , दाई राजेन्द्र श्रेष्ठ, दिदि सरला श्रेष्ठ , भाई राजन श्रेष्ठ , श्रीमती समिता श्रेष्ठ र छोरी रेनेसा श्रेष्ठ हुनुहुन्छ । हिन्दु परिवारमा हुर्कनु भएको श्रेष्ठले सन १९९५ मा घुमघामको सिलसिलामा कोरियामा गएको बेलामा येशू ख्रीष्टको बारेमा सुसमाचार सुन्नुभयो अनी उहाँले येशू ख्रीष्टलाई कोरियामा नै व्यक्तिगत मुक्तिदाताको रुपमा ग्रहण गर्नुभयो । उहाँ कोरियाबाट सन १९९८ मा नेपाल फर्किनुभयो अनि अरियोपागस मण्डलीमा जान थाल्नुभयो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पास गरि सकेको हुनाले परमेश्वरको बारेमा अझैँ गहिरो अध्ययन गर्न इच्छा भएकोले उहाँ भारतको देहरादुनमा रहेको प्रेस्वेटिरियन थेओलोजिकल सेमिनारीमा एम.डिभ पढ्न जानुभयो । अनी सन २००६ मा आफ्नो पढाई सकेर नेपाल फर्कनुभयो । त्यसपछि उहाँले नेपालमा आएर धुमवाराही, काठमाडौंमा हिमालयन सामूदायीक मण्डली स्थापना गर्नुभई उक्त मण्डलीमा पाष्टरिय सेवकाई गर्न थाल्नुभयो । साथै मण्डलीको सेवकाई सँगसँगै सन २००७ देखि ललितपुरमा रहेको इभान्जलिकल प्रेस्वेटिरियन सेमिनारीमा बि.टि.एच कक्षाहरुमा शिक्षा दिन थाल्नुभयो । त्यसपछि २०१० मा टि.एच.एमको लागि कोरियामा रहेको टर्च ट्रिनिटी ग्राजुएट युनिर्भसिटीमा अध्ययन गर्न जानुभयो । कोरिया जानु अघि उहाँले क्रिस श्रेष्ठ ( कृष्ण कुमार श्रेष्ठ) लाई पाष्टर अभिषेक गरी हिमालयन सामूदायीक मण्डलीको जिम्मेवारी दिनुभयो । यसरी २०१२ मा टि.एच.एमको पढाई पुरा गरी नेपाल नफर्की ग्राजुएट लगत्तै कोरियामै रहेको एसिया युनाइटेड थियोलोजिकल युनिर्भसिटिमा पि.एच.डीको लागि भर्ना भई अध्ययन सुरु गर्नुभयो । सन २०१६ मा उहाँलाई स्वास्थ्यमा समस्या आएपछि एक वर्ष नेपालमा फर्की परिवार सित समय बिताउनुभयो । उहाँलाई टर्च ट्रिनिटि ग्राजुएट युनिर्भसिटिमा सन २०११ मा टि.एच.एमको अध्ययन गर्दै गर्दा हार्ट अट्याक भएकोले सन २०१६ मा उहाँलाई पेटमा समस्या आएको हुँदा नेपालमा नै बसेर थेसिस लेख्नुभयो, र २०१७ मा फेरी उहाँ कोरियामा फर्कनुभयो । त्यसपछि उहाँले २०१८ मा बाइबलको पुरानो करारमा पि.एच.डी पूरा गरी नेपालमा फर्कनुभयो ।

उहाँका योगदानहरु

उहाँ नेपालमा फर्किएपछी रिफर्म एण्ड प्रेसबेटेरियन सेमिनारीमा प्रिन्सिपलको रुपमा सेवा गर्दै हुनुहुन्थ्यो । अनी लिभिङ स्टोन स्कूलको अध्यक्ष हुनुहुन्थ्यो । हरेक वर्ष प्रकाशित हुने नेपाल ख्रीष्टियन जर्नलको प्रमुख सम्पादक हुनुहुन्थ्यो । साथै उहाँले ब्ऋत्क् जर्नलमा मा आफ्ना लेखहरु लेख्नुहुन्थ्यो । उहाँले पुरानो करारको परिचय नेपाली र अङ्ग्रेजीमा, कवितात्मक पुस्तक, पञ्चग्रन्थ पुस्तक, शोध विधिका तरिका भन्ने पुस्तकहरु लेखेर प्रकाशित गरि सक्नुभएको छ । त्यसैगरी उहाँको पुस्तकहरु पुरानो करारको आधारभुत पृष्ठभूमी र हिब्रु Grammar नेपालीमा प्रकाशित हुन बाँकी छ । साथै उहाँले मलाकीको पुस्तकमा दशाशं भेटिको बारेमा लेख्दै हुनुहुन्थ्यो । उहाँ विश्वासी परिवार लगायत जवानहरुलाई परामर्श गर्ने कार्य गर्नुहुन्थ्यो । गोरखाको जनशक्ति मा.वि मा सल्लाहकारको रुपमा हुनुहुन्थ्यो । साथै त्यस विद्यालको लागी भुकम्पको बेलामा ठूलो धनरासी पनि सहयोग गर्नुभएको थियो । पोखराको साराङकोटमा अगापे ख्रीष्टियान मण्डलीको स्थापना गर्नुको साथै त्यो ठाउँमा ख्रीष्टियान, हिन्दु र बुद्धिष्टको बारेमा झल्कने तस्बिरहरु राखेर म्यूजियम पनि स्थापना गर्नुभयो । कोरियन मिसिनरीहरु सित मिलेर २० भन्दा बढि एकल महिला र ८० भन्दा माथी बुबाआमा नभएका विद्यार्थीहरुको निम्ति पढ्नको लागी छात्रवृति पनि जुटाउदै आउनुभएको थियो । हाल पनि त्यो कार्य चलिरहेको छ । उहाँ हरेक शनिबार ललितपूरबाट काठमाडौंको धुबाराहीमा संगती सकेर घर बत्तिसपूतली बानेश्वरमा गई छरछिमेकीलाई भेटेर परिवार र छिमेकीहरु कहाँ गई Sugar र Pressure को जाँच गरी बेलुकी आफ्नो बासस्थान ललितपूरको कुसुन्तीमा फर्कनुहुन्थ्यो ।

NITS को दर्शन अनी सुरुवात

नेपाल इन्टरनेशनल थेओलोजिकल सेमिनारीको सुरुवात कसरी भयो भन्ने बारेमा उहाँको श्रीमती यसरी बताउनुहुन्छ । ‘ २६ जुन २०२१ को रातमा उहाँलाई निन्द्रा नलागेपछि उहाँमा विभिन्न सोचाई आएछ । सायद प्रभूले उहाँलाई दर्शन दिनुभयो । विभिन्न कुराहरु सोच्नुभएछ । विहान ब्रेकफास्ट गर्दा उहाँले भन्नुभयो, आजराति मलाई निन्द्रा लागेन तर मलाई एउटा विचार आएको छ । विश्वभरी जति पनि नेपालीभाषी दाईभाई दिदिबहिनीहरु नेपाल छाडेर कामको शिलशिलामा नेपाल बाहिर हुनुहुन्छ । उहाँहरुले काम गर्दै समय मिलाएर नेपाली भाषामा बाइबल बारेमा बुझ्न सक्ने र डिग्री पनि पाउने अनलाइन बाइबल कलेज खोल्ने मलाई विचार आयो भन्नुभयो ।’ त्यसपछि उहाँले त्यो विचार आफ्नो नजिकको विश्वासी साथीभाईहरु सित बाँड्नुभयो । अनी साथीभाईहरु बाट पनि राम्रो प्रतिक्रिया आएपछि २ महिनाको अवधिभित्र कलेजको नाम ‘ नेपाल इन्टरनेशनल थेओलोजिकल सेमिनारी’ राखियो । अनी नेपालीमा पुस्तकहरु अनुवाद गर्ने, बोर्ड निर्माण गर्ने, शिक्षकहरु राख्ने र विध्यार्थीहरु सित सम्पर्क कुराकानी गर्ने काम भई २ अगस्त २०२१ बाट CTH र BTH का कक्षाहरु सञ्चालनमा आए । उहाँ साह्रै खुशी हुनुहुन्थ्यो । अनी प्रिन्सिपलको रुपमा अमजद मोहमद ( जोशूवा) लाई जिम्मेवारी दिएर आफू अध्यक्षको रुपमा काम गर्दै आउनुभएको थियो । उहाँ किताब लेख्ने, किताब अनुवाद गर्ने, कक्षाहरु रेकर्ड गर्ने, कक्षा मोनिटर गर्ने साथै विद्यार्थीहरु सित कुराकानी गर्ने कुराहरुमा आधा रात सम्म खटिनुहुन्थ्यो । कामको बोझ धेरै भएकोले उहाँले नयाँ स्टाफ सम्झना बि.क आउनुभएको छ अब मेरो जिम्मेवारी कति उहाँलाई दिन्छु भन्नुहुन्थ्यो । यता जनवरी, २०२२ बाट M.Div को कक्षाहरु पनि सुरु भयो । अब Mth, Phd पनि सुरु गर्ने हो भन्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो NITS को संस्थापक विरेन्द्र श्रेष्ठ हुनुहुन्छ भन्ने नाम रहिरहोस भन्ने मेरो चाहाना छ ।’ यसरी नेपाली इसाई समूदायमा महत्पूर्ण सेवा र योगदान पु¥याउँदै आउनुभएको डा. विरेन्द्र श्रेष्ठ १३ फ्रेबुअरी २०२२ का दिन फुटबल खेल्दै गर्दा अचानक लड्दा मेडिसिटी हस्पिटलमा लादालादै प्रभूमा सुत्नुभयो ।

 

विब्लोग्राफी :
श्रेष्ठ, समिता | मेसेन्जरबाट उत्तर | मे १०, २०२२ |

Facebook Comments Box

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button