सुर्खेतमा बृहत ख्रीष्टमस शान्ती ¥याली सहित शुभकामना कार्यक्रम सम्पन्न । - Is A Faith Based Blog
समाचार

सुर्खेतमा बृहत ख्रीष्टमस शान्ती ¥याली सहित शुभकामना कार्यक्रम सम्पन्न ।

पौष १७ – २०७९ (सुर्खेत)—हरि जिज्ञासु सुर्खेत

जिल्ला इसाई समाजले बिरेन्द्र नगर सुर्खेतमा आज बृहत ¥याली सहित ख्रीटमस तथा नयाँ वर्षको शुभकाना कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला इसाई समाज सुर्खेतले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको प्रमुख आथित्यतामा उक्त कार्यक्रम गरेको हो । आज विहान ११ बजे बुलबुले उद्यान गेटबाट सुरु भएको ¥याली बिरेन्द्र चोक, गणेश चोक, आँखा अस्पताल हुदै घण्टाघर पुगेर ¥याली कोण सभामा परिणत भएको हो ।

ख्रीष्टमस तथा नयाँ वर्ष २०२३ को अवसरमा आयोजना गरिएको शुभकामना कार्यक्रममा सुर्खेत जिल्लाभरीका चर्चहरुबाट विश्वासीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले शुभकामना मन्तव्य राख्नेक्रममा कर्णाली प्रदेश सरकारले सबै धार्मिक समुदायलाई समान रुपमा हेर्ने बताउनुभयो । उहाँले ख्रीष्टियन धार्मिक समुदायको लागि सरकारले दिदैँ आएको ख्रीष्टमस विदाको लागि पनि आफ्नो सक्दो पहल रहेको बताउनुभयो ।

त्यसैगरी सभालाई सम्बोधन गर्दै सुर्खेत इसाई समाजका अध्यक्ष पदम गैरेले इसाई समुदाय राज्यबाट अझै पनि पिडित रहेको र राज्यबाट इसाई समुदायले पाउनु पर्ने अधिकार पाउन नसकेको गुणासो समेत पोख्नुभयो । उँहाले प्रदेश सरकारले प्रदेशमा रहेका ख्रीष्टियन समुदायको लागि समाधिस्थल र चर्च भवनको लागि जग्गा उपलब्ध गराउन समेत माग राख्नुभयो । ख्रीष्टमसको शुभकामना आदप्रदान कार्यक्रममा नवनिर्वाचित प्रदेश सांसद बलीमाया बुढाको आथित्य रहेको थियो । नेपाली काँग्रेसबाट निर्वाचित भएकी प्रदेश सांसद ख्रीष्टियन समुदायको तर्फबाट पहिलो प्रदेश सांसद हुन् । नेपाली काँग्रेसबाट निर्वाचित प्रदेश सांसद खड्क बहाुदुर पोख्रेल, सांसद जानकी सिंह र नेकपा माओबादी केन्द्रको तर्फबाट निर्वाचित प्रदेश सांसद कृष्ण जि.सि लगायतका नवनिर्वाचित सांसदहरुको आथित्यता रहेको थियो ।

कार्यक्रममा नवनिर्वाचित सांसदहरुको ख्रीष्टमस शुभकामना मन्तव्य सहित विभन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । आज आयोजित बृहत ख्रीष्टमस तथा नयाँ वर्षको शुभकामना कार्यक्रममा सुरुको प्रार्थना पास्टर सोलमन गुरुङले गर्नुभएको थियो भने कार्यक्रममा बचन पास्टर नविन दर्लामीले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण पास्टर प्रेम बयलकोटीले गर्नुभएको हो ।

Facebook Comments Box

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button