चितवन त्रिएक युवा संगतिद्धारा अन्तर मण्डली हाजिरी जवाफ कार्यक्रम सम्पन्न ।

चितवन त्रिएक युवा संगतिद्धारा अन्तर मण्डली हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको छ ।
एन.एम.टि.एस बाइबल कलेजको प्राङ्गणमा भएको अन्तर मण्डली बाइबलिय हाजिरी जवाफमा २२ वटा मण्डलीहरुको सहभागिता रहेको थियो ।
माघ १ गते सार्वजनिक छुट्टीको अवसर पारी आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा सभापतीको रुपमा सुमन लुङ्गेली, प्रमूख अतिथीको रुपमा रेभ पा. हरि खाति, विशिष्ट अतिथीको रुपमा रेभ पा. किरण खाति, अतिथीको रुपमा विकाश श्रेष्ठ, वक्ताको रुपमा खगेन्द्र भेटवाल उपस्थीति रहेको थियो ।
त्यसैगरी कार्यक्रमलाई मनोज श्रेष्ठले संचालन गर्नुभएको थियो भने हाजिरी जवाफको निर्णायम मण्डलमा पा. जयराम रेग्मी, पा. नबराज गिरी, पा. निर्दोष गिरी र अ. अमर सुनूवार हुनुहुन्थ्यो ।
हाजीरी जवाफ प्रतियोगितामा प्रथम स्थान मधुपरी बप्तिष्ट चर्च, दृतिय स्थान सुर्यपुर चर्च, तृतिय स्थान पुनजिवन चर्च र स्वान्त्वना नयाँ किरण बप्तिष्ट चर्चले हासिल गरेको थियो ।