हामीले दैनीक रुपमा बाइबल अध्ययन गर्न किन आवश्यक छ ? - Is A Faith Based Blog
प्रश्नोत्तर

हामीले दैनीक रुपमा बाइबल अध्ययन गर्न किन आवश्यक छ ?

जब हामीलाई फरक तरिकाले कार्य गर्न, उदारतापूर्वक दिन वा खतरनाक रूपमा जोखिम लिन आह्वान गरिन्छ, हामी आफैलाई सोध्न सक्छौं, “मलाई के फाइदा छ?“
हामीले दैनिक रुपमा धर्मशास्त्र पढ्दा सोच्दा पनि यस्तै मनोवृत्ति आउन सक्छ । एउटी महिलाले मलाई बाइबल पढ्न मन नपर्ने बताइन् । उनले भनिन् कि उनी प्रभुलाई माया गर्छिन् तर बाइबल पढ्न मन पराउदिनन् । उनले भनिन्, “मैले दिनहुँ बाइबल किन पढ्नुपर्छ ? म साप्ताहिक बाइबल अध्ययनमा जान्छु र म हरेक हप्ता संगती गर्न जान्छु र वचन सुन्छु । म यति व्यस्त छु कि मसँग दिनमा १५ मिनेट समय पनि छैन, बाइबल पढ्ने कुरा त छोड्नुहोस् । अर्को शब्दमा, उनीले सोधिरहेकी थिइन्, यसमा मेरो लागि के छ ?

उनको प्रश्नको जवाफ खोज्दै, गर्दा मैले बाइबलको सबैभन्दा लामो भजन, भजनसंग्रह ११९पढें । यो धर्मशास्त्रको बारेमा लेखिएको भजन हो । अनि यो भजन पढ्दा मैले बाइबल पढ्नुका सातवटा फाइदाहरू याद गरें । यहाँ ती सात कारणहरू छन्, र आशा छ कि तिनीहरूले हामी सबैलाई परमेश्वरको वचन पढ्न दैनिक समय बिताउनुको महत्वलाई विश्वस्त गराउनेछन् ।

१. नैतिक संरक्षण
पहिलो, बाइबल पढ्दा नैतिक सुरक्षा हुन्छ । भजनसंग्रह ११९ः९–११मा भन्छ, “जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ ? तपाईका वचनअनुसारको जीवन विताएर नै हो । म आफ्नो सम्पूर्ण हृदयले तपाईलाई खोज्छु, तपाईका आज्ञाहरुबाट मलाई बहकेर जान नदिनुहोस । तपाईको विरुद्धमा पाप नगरुँ भनेर, तपाईको वचन मैले मेरो हृदयमा सुरक्षीत राखेको छु ” बाइबल पढ्दा हामीलाई सही र गलत छुट्याउन मद्दत गर्छ, विशेष गरी यस सापेक्षिक युगमा, यसले हाम्रो सोच्ने तरिका परिवर्तन गर्छ र हामीलाई हाम्रो आफ्नै होइन, परमेश्वरको स्तर पछ्याउन मदत गर्दछ ।

२. वास्तविक स्वतन्त्रता
दोस्रो, बाइबल पढ्दा हामीलाई साँचो स्वतन्त्रता मिल्छ । भजन ११९ः४५ले भन्छ, “म स्वतन्त्र भएर हिँड्नेछु, किनकि मैले तपाईका आदेशहरु खोजी निकालेको छु ।’’ यस पदले शाब्दिक रूपमा भन्छ, “म फराकिलो ठाउँमा हिंड्नेछु ।’’ हामीले सामान्यतया सोचेभन्दा यो कत्ति फरक छ ! धेरै मानिसहरू सोच्छन् कि बाइबलले हामीलाई प्रतिबन्ध र सीमित राख्दछ । यसको सट्टा, यस पदले भन्छ कि धर्मशास्त्रले हामीलाई हाम्रो लागि उत्तम के हो भनेर मार्गदर्शन गर्दछ, र हामी त्यहाँ जाने स्वतन्त्रता दिदछ । वास्तविक स्वतन्त्रता भनेको मैले चाहेको कुरा गर्नु होइन बरु जे उत्तम छ त्यो गर्नु हो । उदाहरणका लागि, म आगो बालेर आफ्नो कोठा धुवाले भरिएको ठाउँमा बस्न रुचाउदिन । बरु म आगोलाई आगो बाल्ने ठाउँमा नै बाल्न रुचाउछु ।

३. नयाँ जीवन
तेस्रो, बाइबल पढ्दा हामीलाई नयाँ जीवन मिल्छ । भजन ११९ः९३ ले घोषणा गर्दछ, “म तपाईंका आज्ञाहरू कहिल्यै बिर्सनेछैन, किनकि तिनीहरूद्वारा तपाईंले मलाई पुनर्जीवित गर्नुभएको छ ।’’ परमेश्वरको वचनमा हामीलाई बलियो बनाउने र सँभाल्ने शक्ति छ । यो विना, हामी सुक्खा हुन्छौं । बाइबल हाम्रो आत्मिक पोषण हो । दैनिक आधारमा धर्मशास्त्रको स्वस्थ सेवाले हामीलाई दैनिक रुपान्तरण गर्छ ताकि हामी जीवनको नयाँपनमा हिड्न सक्छौं ।

४. अलौकिक बुद्धि
चौथो, बाइबल पढ्दा हामीलाई अलौकिक बुद्धि प्राप्त हुन्छ । भजनसंग्रह ११९ः९८–१०० यसो भन्छः “तपाईका आज्ञाहरु सदाकाल मसँग छन्, र तिनले मेरा शत्रुहरुभन्दा मलाई बुद्धिमान् तुल्याउँछन । मेरा सबै शिक्षकहरुभन्दा मेरो अन्तज्र्ञान ज्यादा छ, किनकि म तपाईका कानूनहरुमाथी मनन गर्दछु । धर्म–गुरुहरुको भन्दा मेरो समझ अझ बढी छ, किनभने म तपाईका आदेशहरु पालन गर्दछु । ’’ परमेश्वरको वचन हाम्रो होइन, परमेश्वरको दृष्टिकोणमा आधारित व्यावहारिक, दैनिक, सफल जीवनको बारेमा हो । यो अचम्मको छ कि हामी विवाह, अभिभावक, व्यवसाय, मित्रता, काममा कत्ति दक्ष बन्न सक्छौं, तपाईले यसलाई नाम दिनुहुन्छ, जब हामी परमेश्वरको बुद्धि अनुसार बाँच्दछौं ।

५. ईश्वरिय निर्देशन
पाँचौं, बाइबल पढ्दा ईश्वरीय निर्देशन मिल्छ । भजन ११९ः१०५ मा भन्छ “तपाईंको वचन मेरो गोडाको निम्ती बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो । ’’ म विश्वस्त छु कि परमेश्वरको धेरै इच्छा परमेश्वरको वचनमा पाइन्छ । अँध्यारो यो संसारमा हाम्रा पाइलाहरू कसरी चाल्ने भनेर हामी सोच्दछौं, परमेश्वरको वचनले हामीलाई डोरÞ्याउछ । हामीलाई यो आत्मिक उज्यालो विशेष अवसरहरूमा मात्र आवश्यक पर्दैन;तर हामीले चाल्ने हरेक कदमको लागि हामीलाई परमेश्वरको वचनको ज्योति चाहिन्छ ।

६. परम सत्य
छैटौं, बाइबल पढ्दा हामी पूर्ण सत्य थाहा पाउँछौँ । हामी यस्तो युगमा बाँचिरहेका छौं जहाँ मानिसहरू वास्तवमा सत्य सापेक्ष हो र त्यहाँ कुनै वस्तुगत वास्तविकता छैन भन्ने विश्वास गर्दछन । कसै–कसैलाई विश्वास छ कि सत्य व्यक्तिगत हुन सक्छ, ताकि तपाईंको सत्य मेरो सत्य भन्दा फरक छ । तर बाइबल असहमत छः “तपाईका सम्पूर्ण वचनहरु सत्य छन् र तपाईका सबै धार्मिक नियमहरु अनन्तका छन् ।’’ (भजन ११९ः१६०)। यस सापेक्षवादी संसारमा, हामी परमेश्वरको वचनको पूर्ण सत्यमा भर पर्न सक्छौं ।

७. भावनात्मक सुरक्षा
सातौं, बाइबल पढ्दा हामीलाई भावनात्मक सुरक्षा मिल्छ। भजन ११९ः१६५ ले भन्छ, “तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूलाई ठूलो शान्ति हुन्छ, र तिनिहरुले ठेस खाने कुनै कारण रहँदैन ।’’ येशूले सिकाउनुभयो कि यस संसारमा हामीले सङ्कष्ट भोग्नेछौं (यूहन्ना १६ः३३), र निस्सन्देह हामीले सबै समस्याहरू भोगेका छौं । तैपनि, मैले यो पनि फेला पारेको छु कि कुनै पनि संकटमा शान्ति चाहीँ, चाहे त्यो स्वास्थ्य समस्या होस्, पारिवारिक कठिनाइ होस्, आर्थिक तनाव होस्, काममा आएका चुनौतीहरू वा कुनै पनि कुरा होस्, धर्मशास्त्रका वचनहरू पढेर र त्यसबाट सान्त्वना प्राप्त गरेर आउँछ ।

अन्तिम विचार
दैनिक बाइबल पढाइमा हुने ठूलो लाभलाई देखाउने यी सातवटा कारणहरू मात्र हुन् । म विश्वास गर्छु कि यो हामी सबैको लागि आवश्यक हुनुपर्छ । दिनमा २५ देखि ४० मिनेट मात्र परमेश्वरको वचन पढ्दा पनि, हामी विश्वासमा बढ्दै जानेछौँ । अनि याद गर्नुहोस् कि प्रचारक डि.एल. मूडीले व्यापक रूपमा यसो भनेका छनः “बाइबल हाम्रो जानकारीको लागि दिएको थिएन तर हाम्रो रुपान्तरणको लागि दिइएको थियो । ’’ हामीले दिनहुँ धर्मशास्त्र पढ्दा हामीले परमेश्वरको रुपान्तरण हाम्रो जीवनमा अनुभव गर्न सुरु गर्न थाल्दछौँ ।

 

स्रोत : https://bibletolife.com/resources/questions/should-we-read-the-bible-every-day/

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button