क्याल्भिनवादका पाँच बुँदाहरु । - Is A Faith Based Blog
आलेख

क्याल्भिनवादका पाँच बुँदाहरु ।

१. पूर्ण भ्रष्टता : यो कुराले दावी गर्छ कि मानिस पापमा खसिसकेपछी त्यसको परिणाम स्वरुप प्रत्येक व्यक्ति पापको दास भएको छ । मानिस स्वभाविक रुपमा परमेश्वरलाई प्रेम गर्ने इच्छा गर्दैन बरु उसले आफ्नो स्थार्थ पुरा गर्नको लागी परमेश्वरको अधिकारलाई अस्विकार गर्ने इच्छा गर्दछ । भनाईको मतलब मानिस आफैँ परमेश्वरलाई चुन्नको निम्ति अइच्छुक र असमर्थ छ ।

२. विनाशर्त चुनाव : यो कुराले दावी गर्दछ कि परमेश्वरले अनन्तकाल देखी चुन्नुभएको छ जसलाई उहाँले आफूकहाँ ल्याउन चाहानुहुन्छ । ति व्यक्तीहरुलाई तिनिहरुको सद्गुण, योग्यता वा विश्वासको आधारमा होइन तर उहाँको पुर्वनिर्धारित विनाशर्त छनोट उहाँको दयामा आधारित छ । परमेश्वरले अनन्तकालदेखी नै आफूले चुनेकाहरुलाई कृपा दिन र नचुनेकाहरुबाट दयालाई रोक्न रोज्नुभएको छ ।

३. सिमित प्रायश्चित: येशूको प्रतिस्थापन प्रायश्चित आफ्नो उदेश्यमा निश्चित थियो अनी त्यही पुरा भयो भन्ने कुरा यसले दावी गर्दछ । यसको मतलब यो हो की येशूको बलिदानद्धारा केवल चुनिएकाहरुको मात्र पापको प्रायश्चित गरियो । अर्को शब्दमा भन्नुपर्दा येशूको बलिदान केवल चुनिएकाहरुको निम्ति मात्र थियो ।

४. अतुलनिय अनुग्रह : परमेश्वरको बचतको अनुग्रह प्रभावकारी रुपमा तिनिहरुमा लागू हुन्छ जसलाई उहाँले बचाउने संकल्प गर्नुभएको छ । (अर्थात चुनिएकाहरु) र सुसमाचारको आह्वान पालन गर्नको लागी तिनिहरुको प्रतिरोधलाई जित्छ, तिनिहरुलाई सुरक्षीत विश्वासमा ल्याउँदछ । यसको मतलब यो हो की जब परमेश्वरले आफ्नो सार्वभौम रुपमा कसैलाई बचाउने उदेश्य राख्नुभएको छ भने त्यो व्यक्ति निश्चित रुपमा विश्वास गर्छ र त्यो बाँच्दछ ।

५. सन्तहरुको दृढता : परमेश्वर सार्वभौम हुनुहुन्छ र उहाँको इच्छालाई मानिस वा अन्य कुनैपनि चिजले निराश गर्न सक्दैन भन्ने कुरामा यसले जोड दिन्छ । जसलाई परमेश्वरले आफैँकहाँ अन्तक्रीयामा बोलाउनुभएको छ तिनिहरु अन्तीमसम्म विश्वासमा स्थीर हुनेछन ।

स्रोत : https://www.christianity.com/church/denominations/what-is-calvinism.html

Facebook Comments Box

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button