१० बाइबलिय भनाइहरू

क्रूस येशू ख्रीष्टमा विश्वास गर्ने मानिसहरूको निम्ति आशाको चिन्ह हो भने, विश्वास नगर्ने मानिसहरूको निम्ति डरलाग्दो दण्डको चिन्ह हो ।

भनाइ

पवित्रशास्त्र बाइबलले परमेश्वरको अस्तित्वको प्रमाणित गर्ने कोसिस गर्दैन तर जति पनि सृष्टि गरिएका थोकहरु छन ति कुरालाई अस्तित्वमा ल्याउनुहुने चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण दिन्छ ।

निशान घर्ती – गड्स प्लान चर्च, सुर्खेत

पुनरुत्थान र जीवन म नै हुँ भन्नु हुने येशू ख्रीष्टलाई चिहानले रोक्न सक्ने थिएन, कारण उहाँले मृत्युमाथि पनि अधिकार गर्नुहुन्छ भन्ने कुरालाई ४ दिन सम्म चिहानमा गाडिएको लाजरस लाई जीवित पार्दा नै उहाँले प्रमाणित गरिसक्नुभएको थियो ।

निशान घर्ती – गड्स प्लान चर्च, सुर्खेत

भनाइ

क्रूसमा येशू ख्रीष्टको मृत्यु कुनै दुर्घटना थिएन, यो त परमेश्वर पिताबाट जानीजानीकन हामी पापीहरुमा पर्ने दण्ड आफ्नो एक मात्र धर्मी पुत्र येशू मा पार्नुभयो ताकी हामी अनुग्रह पाई जीवन पाउन सकौँ ।

निशान घर्ती – गड्स प्लान चर्च, सुर्खेत

भनाइ

मानिस परमेश्वरबाट लुक्न चाहन्छ कारण उ पापमा फसेको छ । त्यसकारण उसले पवित्र र धर्मी परमेश्वरको सामना गर्नु नपरोस् भनेर उहाँको अस्तित्वलाई इन्कार गर्छ ।

निशान घर्ती – गड्स प्लान चर्च, सुर्खेत

भनाइ

ख्रीष्टमस यो हो कि परमेश्वरले आफू विरुद्ध विद्रोह गरी अपराधी ठहरिएर देश निकाला भएका अपराधी प्रजा माथी कृपा देखाई क्षमा गरी फर्काइ ल्याउन आफ्नै पुत्रलाई ति प्रजा माझ पठाएको आनन्दको सुसमाचार हो ।

निशान घर्ती – गड्स प्लान चर्च, सुर्खेत

भनाइ

क्रूस बोक्नु हुने येशू ख्रीष्टले उहाँको पछि आउनेहरू लाई क्रूस बोक्नको निम्ति आह्वान गर्नुहुन्छ । किनभने चेला त्यही जो आफ्नो गुरु हिँडेको बाटोमा हिड्छ ।

निशान घर्ती – गड्स प्लान चर्च, सुर्खेत

भनाइ

परमेश्वरले पापीहरूको न्याय गर्नुहुन्छ भन्ने कुराको प्रष्ट उदाहरण हामी क्रूसमा देख्छौँ ।

निशान घर्ती – गड्स प्लान चर्च, सुर्खेत

भनाइ

जब एकजना पापीलाई पवित्र आत्माले नयाँ जन्म दिनुहुन्छ, तब उसले आफूलाई पापी र ख्रीष्टलाई मुक्तिदाता देख्छ, त्यसपछि उसले आफ्नो पापको पश्चाताप गरि उहाँलाई मुक्तिदाता भनी विश्वास गर्दछ ।

निशान घर्ती – गड्स प्लान चर्च, सुर्खेत

भनाइ

हामीले येशू ख्रीष्टमा गरेको विश्वासले मुक्ति कमाउने होइन तर ख्रीष्टले क्रूसमा कमाई सक्नुभएको मुक्तिलाई पवित्र आत्माले नयाँ जन्म दिएपछि विश्वास द्धारा त्यसलाई स्वीकार गर्ने हो । त्यसकारण विश्वास चाहिँ काम होइन तर माध्यम हो ।

निशान घर्ती – गड्स प्लान चर्च, सुर्खेत

भनाइ

पवित्रशास्त्र बाइबलले परमेश्वरको अस्तित्वको प्रमाणित गर्ने कोसिस गर्दैन तर जति पनि सृष्टि गरिएका थोकहरु छन ति कुरालाई अस्तित्वमा ल्याउनुहुने चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण दिन्छ ।

निशान घर्ती – गड्स प्लान चर्च, सुर्खेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *