भजन गित : ईश्वरको प्रेम

ईश्वरको प्रेम छ कति महान्‌, वर्णन गरी नसकिने
तारागणदेखि अझ उच्च, पातालसम्म फैलिएको

 १.  ईश्वरको प्रेम छ कति महान्‌, वर्णन गरी नसकिने

    तारागणदेखि अझ उच्च, पातालसम्म फैलिएको

    विश्रामरहित आत्माको लागि ईश्वरले पुत्र दिए

    पापको कालो दागलाई मेटाई हिउँजस्तो सेतो पारे ।

को. ईश्वरको प्रेम कति प्रशस्त छ, बहुमूल्य अपार

    सधैँभरि दूतगण समस्त गाउँछन्‌ त्यसको जयजयकार

२.  अफशोसी दिन जब बित्नेछन्‌, सांसारिक राज्य नाश हुनेछ

    प्रार्थना नगर्ने हरेक जन मृत्यु भनी बोलाउनेछ ।

    ईश्वरको प्रेम रहने अझ कति छ दृढ़ र महान्‌

    अनुग्रह आदम वंशलाई भनी गाउनेछन्‌ दूतगण ।

३.  समुद्र मसीले भरेको, आकाश पत्र भएको भए

    हर रूखको डाँठ कलम बनेको र हरेक मानिस लेखक भए

    लेख्न ईश्वरको महान्‌ प्रेम समुद्र सुकी जान्थ्यो

    न त अटाउँथ्यो आकाशमा वर्णन त्यो दिव्य प्रेमको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *