येशू ख्रीष्टको क्रूसले के केमा र क–कसमाथी प्रभाव पार्यो ?

परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ।

सर्वप्रथम येशू ख्रीष्टको बलिदानको बारेमा कुरा गर्दा परमेश्वर पिताले पुत्र येशूलाई क्रूसमा बलिदान गर्नुभयो । जसरी उत्पती २२ः१–१४ सम्म नियाल्यौ भने हामी थाहा गर्दछौँ अब्राहामले एकमात्र आफ्नो पुत्र इसहाकलाई मोरियाको डाँडामा इसहाकमाथी चक्कु उठाउदै लाग्दा परमेश्वरले रोकेर थूमा जुटाईदिनुभयो । तर क्रूसमा परमेश्वरले आफ्नो एकमात्र पूत्रलाई नै बलिदान गर्नुभयो । मोरियाको डाँडामा छाया वा पूर्वचित्रको रुपमा येशू मारिनुभयो । अनी पूरानो करारको जति बलिदान गरियो सबैमा येशू ख्रीष्ट छाया वा पूर्वचित्रको रुपमा मारिदै आउनुभएको थियो । तर क्रूस चाहीँ पराकाष्ठा थियो । जहाँ एकपटक सधैभरिको निम्ति येशू वास्तवमा नै मारिनुभयो । हिब्रू १०ः१२

जब क्रूसमा येशुले प्राण त्याग्दा मन्दिरको पर्दा टुप्पो देखी फेदसम्म च्यातियो अब त्यो महापवित्रस्थानको वेदी खोलिएको छ, अर्थात हिब्रू १०ः१९ मा भनेझैँ यसकारण भाई हो येशूको रगतद्धारा महापवित्रस्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ । त्यसकारण अब प्रायश्तिको लागी यहुदी वा गैह्रयहुदी दुवैका निम्ति उपलब्ध छ ।

जसो रोमी ३ः२४–२५ ले भन्छ : परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्। परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन ।

परमेश्वरले पूरानो करारका मानिसहरुको पाप प्रति किन धैर्यधारण गर्नुभयो ? किनकी एकदिन आफ्नो पूत्र पठाई पूराना र नयाँ करारका विश्वासीहरुको पाप अधर्म येशूमा खन्याईदिकन विश्वासीहरुलाई उद्धार गर्न त्यसो गर्नुभयो । यशैया ५३ः६

येशू ख्रीष्टको क्रूसको प्रभाव निम्नलिखित कुराहरुमा पर्यो जुन यसप्रकार छन ।

१. पापमाथी क्रूसको प्रभाव: पाप छोपियो । ( हिब्रु २ः१७, याकुव ५ः२० )


जब पहिलो मानिसले व्यवस्था उलङ्घन गर्यो, सम्पूर्ण मानिसजाती पापमा परे । जसकारण जिवित परमेश्वरको सामू पापी मानिस जान नसक्नेभयो । यदि पापी मानिस पवित्र परमेश्वरको सामु गयो भने परमेश्वरको क्रोध उसमाथी दन्किएर मर्नुपर्छ । जसकारण परमेश्वरले मानिसजातीमाथी कृपा देखाई मानिसजातीलाई आफ्नो संगतीमा ल्याउनको लागी आफ्नो पुत्रलाई प्रबन्धको रुपमा पठाउने प्रतिज्ञा गर्नुभयो ।

उत्पती ३ः१५ तर स्थायी प्रबन्ध नआउदा सम्मका लागी अस्थायी प्रबन्ध जुटाउनुभयो । जहाँ हामी पूरानो करारभरी परमेश्वरले प्रबन्ध गरिदिनुभएको अस्थायी प्रबन्धलाई प्रयोग गरी मानिसहरु परमेश्वर सित संगती गर्दै आएका थिए । अस्थायी प्रबन्ध ति जनावरको रगतले अस्थाई रुपमा मानिसको पाप छोप्ने काम गर्यो । तर जब येशू ख्रीष्ट ( स्थाई प्रबन्ध ) आउनुभयो । उहाँको रगतको छकाईद्धारा परमेश्वरको नजरबाट विश्वासीहरुको पाप सदाको लागी छोपिदिनुभयो । अर्थात यस्तो बनाईदिनुभयो कि विश्वासीहरुले कहिल्यै पाप नगरेझैँ पिताको सामु उभाईदिनुभयो ।

त्यसैले येशू ख्रीष्टको क्रूसको प्रभावले विश्वासीहरुको पाप पवित्र परमेश्वरको सामु बाट सदाको लागी छोपिदियो । हिब्रू ८ः१२,१०ः१७ मृत्यूपछि पुनरुत्थान हुनेमा उहाँ पहिलो हुनुहुन्छ जसकारण उहाँ हाम्रो जेठो दाई हुनुहुन्छ । येशू ख्रीष्टको सकृय र निस्कृय आज्ञाकारिता र उहाँको आत्मादाहद्धारा विश्वासीहरुको पाप पवित्र परमेश्वरको नजरबाट सदाको निम्ति छोपियो ।

२. परमेश्वरमा बलिदानको प्रभाव: ( न्याय सन्तुष्टि, पूर्णमिलाप, क्रोध सन्तुष्टी )
यदि परमेश्वरको क्रोधलाई सन्तुष्ट पार्ने हो भने पहिलो मानिसले जुन परमेश्वर प्रति अनादर गर्यो अब कसैले त्यो अनादर बाट उहाँको आदर फर्काइदिदा मात्र उहाँको न्याय सन्तुष्ट हुनेथियो । अनी यो कुरा पापी मानिस आफैँ बाट सम्भब थिएन जसकारण पिता परमेश्वरले आफ्नो क्रोध सन्तुष्ट पार्नको निम्ति आफ्नो एकमात्र पूत्रलाई नै संसारमा पठाउनुपर्ने भयो ।

जसकारण हामी उत्पती ३ः१५ मा उहाँको उद्धारको पहिलो आशा देख्दछौँ । अनी त्यो समयदेखी परमेश्वरले आफ्नो क्रोध शान्त पार्नको निम्ती अस्थाई प्रबन्धको रुपमा जनावरको बलि दिनुभयो । जसकारण पुरानो करारभरी जति जनावरको बलि भएका थिए, ति सबै येशू ख्रीष्टका पूर्वचित्र थिए । अर्थात ति अस्थाई बलिदान थिए जसले स्थाई बलिदान नहुदा सम्म परमेश्वरको क्रोधलाई थमथम्याउने काम गरे ।

तर आखिरी समयमा परमेश्वरले आफ्नो एकमात्र पूत्रलाई पठाउनुभयो । जो कन्या मरियमबाट मानव, ईश्वरको रपमा जन्मिनुभयो । अर्थात उहाँ परमेश्वर हुनुहुन्थ्यो उहाँले मानव स्वभावलाई पनी देहधारण गर्नुभयो, र उहाँ साँचो परमेश्वर, साँचो मानिस हुनुहुन्छ येशू ख्रीष्ट जसमा एक व्यक्तित्व दुई एक मानव र एक ईश्वरीय स्वभाव छ ।

हाम्रो अघिल्लो प्रतिनिधि, आदम, व्यवस्था पालन गर्न असफल भएको हुनाले हामी परमेश्वरको क्रोध मुनी थियौ साथै हामी दण्डको भागिदार थियौँ । यदि हामी यो दण्ड ( मृत्यू ) बाट बचाईने हो भने हामीले परमेश्वरको व्यवस्थाले माग गरे अनुसार सिद्ध हुनुपर्छ । अनी जुन पाप ( व्यवस्था उलङ्घन) गरेका छौँ, त्यसको मुल्य चुकाउनुपर्छ । जुन कुरा हामी आफै न त सिद्धतामा आउन सक्छौँ न त आफुले गरेको पापको मूल्य चुकाउन सक्छौँ । जसकारण परमेश्वर पिताले नै जुटाउनुभएको आफ्नो एकमात्र पुत्र येशू ख्रीष्ट ( हाम्रो नयाँ प्रतिनिधि, अन्तिम आदम ) ले आफ्नो पिताको व्यवस्थालाई पूर्ण रूपमा पालन गर्नुभयो, र उहाँले हाम्रो अवज्ञाको लागि परमेश्वरको व्यवस्थाद्वारा तोकिएको मुल्य चुकाईदिनुभयो । रोमी ५ः१८,१९

जसकारण येशू ख्रीष्टको सकृय र निस्कृय आज्ञाकारिताद्धारा परमेश्वरको क्रोध सन्तुष्ट भयो । जो यसप्रकार छन् ।

१. सकृय आज्ञाकारीता: परमेश्वरले दिनुभएको व्यवस्थाले सिद्धताको माग गर्दछ । येशू ख्रीष्ट व्यवस्था अन्तर्गत निष्कलङ्क सिद्ध हुनुहुन्थ्यो, कारण उहाँले सम्पूर्ण व्यवस्थालाई कुनै पाप नगरीकरण पूरा गर्नुभयो । २ को ५ः२१, १ पत्रूस २ः२२, मत्ती ५ः१७

२. निस्कृय आज्ञाकारिता: येशू ख्रीष्ट परमेश्वरको बराबरी भएता पनी कमाराको रुप धारण गरी मानिस बनेर जन्मिनु देखी नै उहाँको निस्कृय आज्ञाकारीताको शूरु हुन्छ जुन आज्ञाकारिताको चरमविन्दु वा पराकाष्ठा चाहीँ क्रूस हो । अर्को शब्दमा भन्नुपर्दा येशूको निष्क्रिय आज्ञाकारिता भनेको परमेश्वरको व्यवस्था पालन गर्नमा हाम्रो असफलताको लागि उहाँको दण्ड तिर्नु हो ।
यी दुवै आज्ञाकारिताले परमेश्वरको नजरबाट सदाको लागी हाम्रो पाप छोपियो । जसकारण उहाँको न्याय सन्तुष्ट भयो ।

३. पापीहरुमाथी बलिदानको प्रभाव ( छुटकारा ): पिता, पुत्र र पवित्र आत्मा अर्थात त्रिएक परमेश्वरविच जुन उद्धारको करार (Covenant of Redemption ) भन्छौँ जो अनन्तमा नै त्रिएक परमेश्वर विच बाँधिएको करार अन्र्तगत पिताले उद्धारको योजना बनाउनुभयो, पुत्रले त्यो योजनालाई लिएर संसारमा आई कार्यन्वयन गर्ने बताउनुभयो अनी पवित्र आत्माले त्यो पूरा भएको योजनालाई पापी मानिसको जिवनमा लागु गरिदिने यसरी अनन्तमा नै त्रिएक परमेश्वर विच जिम्मेवारी बाँडफाँड भयो ।

त्यही योजना अन्तर्गत येशू ख्रीष्ट मानव देहधारण गर्नुभयो । युहन्ना १ः१४ अनी उहाँ आफ्ना भाईहरु जस्तै पारिनुभयो अर्थात मासु र रगतमा उहाँ सहभागी हुनुभयो । जुन मृत्युलाई सैतानले हतियार बनाई त्यसमा गर्व गरेको थियो । तर ख्रीष्टले त त्यही मृत्युलाई नै हतियार बनाई शैतानमाथी क्रूसमा आक्रमण गर्नुभयो, अनी शैतानमाथी बिजय हुनुभयो। हिब्रु २ः१४–१८ र शैतानले जे जुन अधिकार खोसेको थियो यो मेरो पिताको हो भनेर पुनःदावी गरी उहाँले फिर्ता ल्याउनुभयो । र आफ्ना मानिसहरुलाई त्यो मृत्युको बन्धनबाट मुक्त गरिदिनुभयो । अनी सैतानलाई भने त्यही मृत्युले बाँधिदिनुभयो ।

जसकारण अब विश्वासीहरु शैतानको मृत्युको वन्धनबाट नभई परमेश्वरको क्रोधबाट पनी मुक्त भएका छन । ख्रीष्टको सृकय र निस्कृय आज्ञाकारिताद्धारा अब एकसमय शत्रु, क्रोधमुनी, श्रापमूनी, दासत्वमुनी इत्यादीमा थिए भने अब ख्रीष्टको विजय जिवन, परिवार र अनन्तमा एक भएका छन् । कारण ख्रीष्टको मानवत्व र ईश्वरत्व सधै भईरहने भएकोले उहाँका मानिसहरु ख्रीष्टको जे कुरा छ ति सबै कुराका भागिदार भएका छन् ।

४. शक्तिहरुमाथी प्रभाव ( जित र विजय ):
जुन मृत्युलाई सैतानले हतियार बनाई त्यसमा गर्व गरेको थियो । तर ख्रीष्टले त त्यही मृत्युलाई नै हतियार बनाई शैतानमाथी क्रूसमा आक्रमण गर्नुभयो, अनी शैतानमाथी बिजय हुनुभयो। हिब्रु २ः१४–१८ र शैतानले जे जुन अधिकार खोसेको थियो यो मेरो पिताको हो भनेर पुनःदावी गरी उहाँले फिर्ता ल्याउनुभयो ।

पा. निशान घर्ति मगर
गड्स प्लान चर्च, सुर्खेत
मोबाइल न : ९८१९५१२७२०
ईमेल : nissan.magar2014@gmail.com
वेवसाइट : https://christianitynepal.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *