Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal
सको मतलब के हो भने उहाँको प्रशंसाको निम्ति म सहमत छु, वा उहाँको प्रशंसा भईरहोस भन्ने अर्थ लाग्छ ।
ख्रीष्टियानहरुले प्रार्थनालाई टुङ्याउँदा प्रयोग गरिने शब्द आमेन हो । साथै यसलाई मण्डलीमा गाईने भजनहरुमा अनी वचन प्रचार गर्दा पनी आमेन शब्दको प्रयोग गरेको तपाईले सुन्नुभएको छ होला । आमेन हिब्रु शब्द אָמֵן (ʾāmēn ) बाट आएको हो । जसको अर्थ साँच्चै वा यस्तै होस’ भन्ने हुन्छ । त्यसैगरी ग्रिकमा ( Αμήν ) यस शब्दको अर्थ यस्तै होस’ भन्ने हुन्छ ।
पूरानो करारमा आमेन शब्दको प्रयोग
पूरानो करारमा धेरै ठाउँहरुमा आमेन शब्दलाई प्रयोग गरेको तपाईले देख्नुहुन्छ । व्यवस्था २७ः१५–२६ मा हेरौँ भने एबाल डाँडामा मोशाले जम्मै इस्राएलीहरुमाझ खडा भएर यर्दन पार गरिसकेपछि १२ कुल मध्ये ६ कुललाई चाहीँ गिरिज्जीम डाँडामा खडा भई मानिसहरुलाई आशिर्वाद दिनको निम्ति आदेश दिन्छन भने बाँकी ६ कुललाई केही पापमय कामका सुचि बताउँदै ति पापमय काममा तिनिहरु समावेश भएमा परिणाम स्वरुप श्राप दिनलाई आदेश दिन्छन ।
जब मोशाले ति पापमय कामका सुचिहरु घोषणा गर्दा त्यो कुरा सित सहमती जनाउनलाई ति जम्मै इस्राएलीहरुले आमेन भनुन भनेर आदेश गर्छन । उदाहरणको लागी व्यवस्था २७ः१६ मा लेखिएको छ, आफ्ना आमा बुबालाई अपमान गर्ने मानिस श्रापित होस । तब सबै जनाले भनुन आमेन ।
यसको मतलव के हो भने जुन पापको सुचिहरु घोषणा गरिएको छ यदि हामी ति पापहरु गरिपठाउँछौँ भने त्यो श्राप साँच्चिकै हामीमा परोस वा ति पापहरु गर्दा श्राप आउनेछ भनेर जुन घोषणा गरिएको छ हामी त्यो कुरा प्रति सहमती जनाउँछौँ भन्ने कुरामा इस्राएलीहरुले आमेन भनेर सामूहिक रुपमा स्वीकार गरेका छन ।
त्यसैगरी १ इतिहास १६ः३६ मा यसो लेखिएको छ, परमप्रभू इस्राएलका परमेश्वरको सदासर्वदै प्रशंसा होस । तब सबै मानिसहरुले भने आमेन र परमप्रभूको स्तूति होस । यहाँ इस्राएलीहरुले परमेश्वरको प्रशंसा सदासर्वदै होस भन्ने कुरामा सहमती जनाउनलाई साथै साँच्चै होस भन्नको लागी आमेन भनेर सामूहिक सहमती जनाएका छन । त्यसैगरी नहेम्याह ८ः५–६ मा यसो लेखिएको छ, एज्राले पुस्तक खोले । सबै मानिसहरुले तिनलाई देख्न सके, किनकि तिनीहरुभन्दा तिनी उच्चमा खडा भएका थिए ।
जसै तिनले पूस्तक खोले, सबै मानिसहरु खडा भए । एज्राले परमप्रभू महान परमेश्वरको प्रशंसा गरे, र सबै मानिसहरुले आ–आफ्ना शिर निहुराएर परमप्रभूको सामुन्ने नम्रतापूर्वक दण्डवत गरे ।यहाँपनी हामी देख्दछौँ कि एज्राले जब परमेश्वरको वचन खोलेर त्यहाँ भएको कुरा पढेर परमेश्वरको प्रशंसा गरे । तब सबै मानिसहरुले त्यसमा सामूहिक सहमती जनाउनको लागी आमेन भन्ने शब्दको प्रयोग गरेका छन ।
नयाँ करारमा आमेन शब्दको प्रयोग ।
नयाँ करारका धेरैजसो लेखकहरुले पत्रलाई टुङ्ग्याउदा आमेन शब्दको प्रयोग गरेका छन । जस्तै यहुदा २४–२५ मा यसो लेखिएको छ, अब, जसले तिमीहरूलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ, र जसले तिमीहरूलाई आनन्दसहित उहाँकै महिमाको सामने निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ, उही एकमात्र परमेश्वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्व, पराक्रम र अधिकार युग–युग पहिलेदेखि आज र सदासर्वदा भइरहोस् । आमेन ।
यहाँ यहुदाले परमेश्वरको प्रशंसाको निम्ति आमेन शब्द चलाएको देख्दछौँ । यसको मतलब के हो भने उहाँको प्रशंसाको निम्ति म सहमत छु, वा उहाँको प्रशंसा भईरहोस भन्ने अर्थ लाग्छ ।
त्यसैगरी पावलले फिलिप्पी ४ः१९–२० यसो भन्दछन, मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। अब हामीहरूका परमेश्वर र पितालाई सदासर्वदा महिमा होस्। आमेन।
पावलले पनी यहाँ आशिष बोल्दै परमेश्वरको प्रशंसाको निम्ति आमेन शब्द चलाएको हामी देख्दछाँै ।
अब हामीले आमेन शब्दको प्रयोग कसरी गर्ने त ?
हामीले आमेन शब्दको अर्थलाई केलाउँदै पूरानो र नयाँ करारमा कसरी प्रयोग गरिएको रहेछ भन्ने कुरालाई स्पष्ट बुझिसकेका छौँ । त्यसो भए हामीले बुझ्नुपर्ने कुरा हामीले कता कता आमेन शब्द चलाउदै आईरहेका छौँ । कति पटक अति आत्मिकी बन्नको लागी हामी जे कुरा गर्दा पनी आमेन भन्ने गर्छौ साथै अहिले सामाजिक संजालमा त जे कुरामा पनी आमेन लेखिरहेको देख्छौँ ।
हामीले विचार गर्नुपर्छ कि आमेनको अर्थ साँच्चै हो, सहमति जनाउँछु, जे भनिएको छ त्यस्तै होस भन्ने हो भने हामीले जुन कुरामा आमेन भन्न गईरहेका छौँ त्यो कुरालाई पहिले बुझ्न आवश्यक छ कि त्यो कुरा साँचो हो ? म सहमती जनाउन सक्छु ? जे कुरा भनिएको छ त्यो कुरा त्यस्तै भएको होस भनेर म चाहान्छु कि चाहादिन । त्याँ सँगसँगै बाइबल सित त्यो कुरा सहमत छ कि छैन ? लगायतका कुरालाई ठिक सँग बुझेर मात्र आमेन भन्नुपर्दछ ।
पा. निशान घर्ति मगर
गड्स प्लान चर्च, सुर्खेत
मोबाइल न : ९८१९५१२७२०
ईमेल : nissan.magar2014@gmail.com
वेवसाइट : https://christianitynepal.com/