परमेश्वरको अन्तिम प्रकाश

तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ ।

उत्पत्ति बाइबलको पहिलो पुस्तक हो जसको पहिलो शब्द हो— आदिमा । यसको अर्थ “सुरुमा” भन्ने बुझिन्छ । यो शब्दले सुरुको अवस्था वा संसारको सृष्टिभन्दा पहिलेको अवस्थालाई बुझाउँछ । यो पुस्तक अरू पुस्तकहरू (मोशाका अन्य पुस्तकहरू, पुरानो करार र नयाँ करार) का लागि आधारभूत जग हो । यस किताबको शीर्षक ग्रिक भाषाको “गेनेसिस”(γένεσις) बाट आएको हो जसको अर्थ “जन्म,” “मूल,” र “अस्तित्व” हुन्छ ।


सुधारवादको समयमा मानिसहरुले परमेश्वरबाट नयाँ वचन खोजिरहेका थिए । जस्तो आजको दिनमा पनी मानिसहरुले परमेश्वरबाट नयाँ वचन खोजिरहेका छन । सुधारकहरुमध्ये जसमा मार्टिन लुथर र जोन क्याल्भिन जस्ता व्यक्तिहरु सामेल थिए जसले घोषणा गरे कि परमेश्वरको विशेष प्रकाश पाउने एकमात्र ठाउँ भनेको पवित्रशास्त्र बाइबलको नयाँ करार र पुरानो करारका ६६ पुस्तकहरुमा मात्र हो भनी तिनिहरुले केवल धर्मशास्त्र भन्ने सिद्धान्तमा जोड दिए र भने परमेश्वरको विशेष प्रकाशको स्रोत चाहीँ पवित्रशास्त्र बाइबल मात्र हो । जुन मण्डलीको निम्ति एकमात्र आधारिक रुपमा सत्य छ ।


परमेश्वरले विशेष प्रकाश आफ्ना मानिसहरुलाई दिदा धेरै किसिममध्ये सपनाद्धारा पनी प्रकट गरेको थाहा गर्नुभयो । ( उत्पती ४० ) त्यसो हो भने आज हामी कसरी पवित्रशास्त्र बाइबल भन्दा बाहिर परमेश्वरको विशेष प्रकाश पाउँछौँ ?
आजको वचन खण्डले यस प्रश्नको जवाफ दिन सहायता पुर्याउँछ । जहाँ भन्छ प्राचीन कालमा हाम्रा पितापुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो । तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ । पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो । हिब्रू १ः१–२

ईतिहासलाई केलायौ भने परमेश्वरले आफ्नो विशेष प्रकाश आफ्ना मानिसहरु माझ विविधि माध्यमहरुद्धारा दिनुभयो ।


त्यसैले आज हामी विशेष प्रकाशलाई अरु कतै नभएर ख्रीष्ट येशूमा हेर्छौ । यसको मतलव यो होइन कि येशू ख्रीष्टको पृथ्वीको सेवकाईमा उहाँले जति बोल्नुभएका वचनहरु छन ति मात्र विशेष प्रकाश हुन । निश्चय पनि ति सबै वचनहरु समावेश हुन्छन अर्थात भनाईको मतलव सुसमाचारको पुस्तकहरुका भागहरुमा र अन्य पुस्तकहरुमा जहाँ येशू ख्रीष्ट यस पृथ्वीको सेवकाईको क्रममा वचनहरु बोल्नुभयो ।

उदाहरणको लागि ( १ को ११ः२३–२५ ) यो पनि विशेष प्रकाश हो तर यो सँगसँगै हामी विशेष प्रकाशलाई मोशाको व्यवस्था, अगमवक्ताका पुस्तक र भजनसंग्रहमा पनि पाउँछौ जसलाई उहाँले विशेष प्रकाशको रुपमा पुष्टि गर्नुभयो । ( लूका २४ः४४ ) हामी देख्दछौँ पुरानो करारमा भएका ३९ वटा पुस्तकहरु जो क्यानोन भित्र परे तिनिहरुलाई हिब्रू बाइबलमा विशेष प्रकाशको रुपमा तिन भागमा बाँडिएको छ । नयाँ करारमा भएका पुस्तकहरु जुन येशू ख्रीष्टले पृथ्वीको सेवकाईमा हुँदा उल्लेख गरिएको थिएन तिनिहरु के त ? तिनिहरुलाई पनि हामी विशेष प्रकाशको रुपमा प्रेरितहरुको अद्धितिय अफिसको कारणले गर्दा प्राप्त गर्यौ।

आरसी. स्प्रौल प्रायःजसो उहाँ प्रेरितहरुको अफिसको बारेमा कुरा गर्दा भन्नुहुन्छ प्रेरितहरु येशूख्रीष्टका आधिकारीक प्रवक्ताहरु थिए उनिहरुले येशू ख्रीष्टमार्फत अधिकार सहित बोल्ने अधिकार पाएका थिए ।

त्यसकारण उनिहरुका लेखहरु बाइबलका अन्य वचनहरुजस्तै येशूका वचन थिए । नयाँ करारको दौडानमा केवल प्रेरितहरुले मात्र येशूको बराबरको अधिकार सित बोल्दथे कारण येशू ख्रीष्टले त्यो अधिकार दिनुभएको थियो । आजको दिनमा कुनै प्रेरितहरु छैनन कारण प्रेरितको लागी येशू ख्रीष्टको पुनरुत्थानको साक्षी र अन्य प्रेरितहरुले पुष्टी गर्नुपर्दथ्यो । ( प्रेरित १ः१२–२६, १ः१८–२ः१० ) यसरी परमेश्वरको विशेष प्रकाश पहिलो शताब्दिमा प्रेरितहरुको मृत्यु सँगै समाप्त भयो ।
थप अध्ययनको लागी : ( प्रस्थान ३३ः११क, यूहन्ना ६ः६८, १ को १५ः१–११, १ यूहन्ना १ः१–४


लागु गर्नुपर्ने कुरा


आज हाम्रो समयमा धेरै मानिसले आफूलाई प्रेरित भएको घोषणा गर्दछन । जसो एक प्रेरित हुनको लागी येशू ख्रीष्टको पुनरुत्थानको साक्षी र अन्य प्रेरितहरुले पुष्टी गर्नुपर्दछ । त्यसकारण हाम्रो समयमा यो कुरा असम्भव छ । त्यसैले अहिले कुनै जिवित प्रेरितहरु छैनन जसद्धारा हामी उहाँको विशेष प्रकाश प्राप्त गर्नसकौँ । जुन हामीलाई परमेश्वरले अगमवक्ता र प्रेरितद्धारा उहाँको विशेष प्रकाश लिखित रुपमा ६६ वटा पुस्तकहरुमा मात्र दिनुभएको छ त्यसमा हामी सन्तुष्ट हुनुपर्दछ । यदि हामी पवित्रशास्त्र बाहिरबाट अहिले पनी नयाँ प्रकाश खोज्छौ भने त्यो व्यर्थ मात्र हुन्छ ।

सुधारवादको मुटु नामक पाँच केवलमा आधारीत ९० दिने भक्ति पुस्तकबाट अनुवाद गरिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *