Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal
परमेश्वरले हामीलाई पालना गर्नको लागि कानूनहरू निर्माण गर्नुहुन्छ ।
पुस्तकको परिचय
उत्पत्ति बाइबलको पहिलो पुस्तक हो जसको पहिलो शब्द हो— आदिमा । यसको अर्थ “सुरुमा” भन्ने बुझिन्छ । यो शब्दले सुरुको अवस्था वा संसारको सृष्टिभन्दा पहिलेको अवस्थालाई बुझाउँछ । यो पुस्तक अरू पुस्तकहरू (मोशाका अन्य पुस्तकहरू, पुरानो करार र नयाँ करार) का लागि आधारभूत जग हो । यस किताबको शीर्षक ग्रिक भाषाको “गेनेसिस”(γένεσις) बाट आएको हो जसको अर्थ “जन्म,” “मूल,” र “अस्तित्व” हुन्छ ।
लेखक: उत्पत्तिको पुस्तकको लेखकले आफ्नो पहिचान खुलाएको छैन । उत्पत्तिको पुस्तकमा पटक पटक दोहोरिएको वाक्यांश आजसम्म (१९ः३७–३८, २२ः१४, २६ः३३, ३२ः३२, ४७ः२६) ले यो संकेत गर्छ कि यो पुस्तक लेखिएको मिति यस पुस्तकमा घटेका घटनाहरु भन्दा धेरै पछि हो । यो पुस्तकको लेखकत्वको लागि सबैभन्दा उपयुक्त व्यक्ति मोशा नै थिए । किनभने उत्पत्तिदेखि व्यवस्थासम्मको पुस्तक सुरुमा एउटै पुस्तक थियो र तोराहका अरु अंशहरुले मोशाको लेखकत्वको प्रमाण दिन्छ ।
पुस्तक लेखन मिति: ई.पू. ( १४४५–१४०५)
पाठक: मोशाले मिश्रबाट अगुवाइ गरेर ल्याएका इस्राएलीहरुलाई उजाड स्थानमा ४० वर्षको यात्राको क्रममा ति इस्राएलीहरुको निम्ति यो पुस्तक लेखे ।
पुस्तक लेख्नुको उद्देश्य : इस्राएलीहरुलाई परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरा प्रकट गर्न, मानिसजाती र सारा पृथ्वीको उत्पतीको जानकारी दिन, पापको प्रवेश र त्यसको परिणाम अनी त्यो पापबाट बचाउनको निम्ति परमेश्वरले प्रबन्ध गर्नुभएको उद्दारको योजना प्रकट गर्न यस पुस्तक लेखिएको हो ।
ऐतिहासिक पृष्ठभूमी: भौगोलिक सन्दर्भका आधारमा उत्पतीको पूस्तकका घटनालाई तीन भागमा विभाजन गर्न सकिन्छ:
क. मध्यपूर्व: मेसोपोटामिया ( १–११ )
ख. प्रतिज्ञाको भूमि : कनान ( १२–३६ )
ग. मिश्र: ( ३७–५० )
उत्पत्तिको पुस्तकमा भएका मूख्य स्थानहरु: अदन, अरारत, बाबेल, ऊर, कनान र इजिप्ट । ( वर्तमान इराक, सिरिया, जोर्डन, टर्की , लेबनान, इजरायल र इजिप्ट ) ।
उत्पत्तिले के समेट्छ ? उत्पत्तिमा परमेश्वर, मानिस, पाप, न्याय, छुटकारा र करारका सिद्धान्तहरू सहित हरेक प्रमुख ईसाई सिद्धान्तको बारेमा धार्मिक जग बसालिएको छ । अन्ततः सबै बाइबलीय सिद्धान्तहरूले उत्पत्तिमा आफ्नो जरा पाउँछन । परमेश्वर अनन्त, पवित्र र धर्मी हुनुहुन्छ, सृष्टिकर्ता र अनन्त न्यायकर्ता हुनुहुन्छ । परमेश्वरले हामीलाई पालना गर्नको लागि कानूनहरू निर्माण गर्नुहुन्छ । पापले हामीलाई परमेश्वरबाट अलग गर्छ । मृत्यु पापबाट आयो । परमेश्वरले पापलाई दण्ड दिनुहुन्छ ।
पहिलो पुस्तक
पहिलो मानिस ( आदम, र हव्वा ) उत्पत्ति १ः२७
पहिलो विवाह उत्पत्ति २ः२४
पहिलो पाप उत्पत्ति ३ः६
मुक्तिको पहिलो प्रतिज्ञा उत्पत्ति ३ः१५
पहिलो परिवार उत्पत्ति ४ः१–२
पहिलो हत्या उत्पत्ति ४ः८
पहिलो विश्वव्यापी न्याय उत्पत्ति ६ः५–७ ( ६–९ )
समाजको लागि पहिलो कानून उत्पत्ति ९ः६
राष्ट्रहरूको उत्पत्ति उत्पत्ति १०ः३२
४ मूख्य घटनाहरु
सृष्टि ( १ः१-२ः२५ )
पतन ( ३ः१-२४ )
जलप्रलय ( ६ः१-९ः२९ )
बाबेल ( ११ः१-९ )
पहिलो मसीही भविष्यवाणी – ( उत्पत्ति ३ः१५)
क. पूर्व सुसमाचार । ( बीजको रूपमा सुसमाचार )
ख. मुक्ति परमेश्वरद्वारा सुरु गरिएको र प्राप्त गरिएको होस । ( म चाहान्छु )
ग. मुक्ति मानवजातिसँग सम्बन्धित मध्यस्थकर्ता मार्फत आउनेछ । ( स्त्रीको सन्तान )
घ. मुक्तिमा उद्धारकर्ताको पीडा समावेश हुनेछ । ( शत्रुले उहाँको कुर्कुच्चा डस्नेछ )
ङ. मुक्तिले शैतानलाई नष्ट गर्नेछ । ( त्यसले तेरो शिर कुच्याउनेछ )
मध्य–पूर्व ( मेसोपोटामिया ) द्वन्द्वको बीज
मध्य पूर्वमा भएका द्वन्द्वहरूको उत्पत्ति निसन्तान साराको पति अब्राहामले आफ्नी दासी हागारलाई उपपत्नी बनाएर वंशज सुरक्षित गर्ने मूर्ख प्रयासमा हुन्छ । हागारबाट जन्मेको इश्माएललाई भविष्यवाणी गरिएको थियो कि ‘मानिसहरूमा त्यो जङ्गली गधाजस्तै हुनेछ। त्यसको हात सबैका विरुद्धमा उठ्नेछ, र सबैका हात त्यसको विरुद्धमा उठ्नेछन आफ्ना सबै नातेदारहरूकै शत्रुतामा त्यो बसोबास गर्नेछ ।’ उत्पत्ति १६ः१२
४ पुर्वजहरु ( कुलपिताहरु )
१. अब्राहाम: विश्वास पिता जो राष्ट्रहरूका सबै परिवारहरूको लागि आशिषको मुल हुनेछन । उत्पत्ति १२ः१–३
२. इसहाक: प्रतिज्ञाको छोरा, चमत्कारी जन्म र परमेश्वरको प्रेम र उहाँको प्रबन्धको बारेमा सिक्नुपर्ने कुरा । उत्पत्ति १७ः१९,२१ः१३
३. याकूब: जसका बाह्र छोराहरूले इस्राएलका १२ कुलहरू बनाए ( राष्ट्रहरूको समुदाय जसले आफ्ना शत्रुहरुका सहरहरु कब्जा गर्नेछन्। ) उत्पत्ति २२ः१७
४. योसेफ ( जसलाई उनका दाजुभाईहरूले घृणा गरे र बेचिदिए, निर्दोष हुँदा नि झ्लालखानामा परे तर परमेश्वरको सार्वभौमतामा उनलाई जेलबाट दरबारमा पुर्यायो । उत्पत्ति ३७–५०
उत्पत्तिको पुस्तकमा येशू ख्रीष्टका ६ प्रकारहरू
१. स्त्रीको सन्तान (३ः१५) जसले शैतानको टाउको कुल्चनेछ । कलस्सी २ः१५, हिब्रु २ः१४
२.जहाजको ढोका ( ९ः७ ) ( एउटा ढोका वा बाटो ( मुक्तिको एक मात्र बाटो ) । यूहन्ना १०ः९
३. इसहाकको बलिदान ( २२ः१–२४) । परमेश्वर आफैंले मानिसहरुलाई पापबाट छुटकारा दिने परमेश्वरको थुमा प्रबन्ध गर्नुहुनेछ । यूहन्ना १ः१९
४. स्वर्गमा पुर्याउने याकूबको भर्याङ : ( २८ः१२) । बाटो, सत्य र जीवन ( उहाँ मार्फत बाहेक कोही पनि पिताकहाँ आउँदैन । यूहन्ना १४ः६
५. योसेफलाई मृत्युको खाडलबाट सिंहासनमा उठाइयो ( ३७ः४१), पुनरुत्थान र स्वर्गारोहण
६. यहूदाको राजदण्ड (४९ः१०) । सबै राजाहरूले उहाँलाई दण्डवत गर्नेछन । प्रकाश १९ः१६
येशू ख्रीष्ट सित सम्बन्ध
१. आदम ( २ः१५–१७, ३ः६ अन्तिम आदम: रोमी ५ः१२–२१, १ कोरन्थी १५ः४५
२. उत्पत्ति ३ः१५ स्त्रीको सन्तानको रुपमा ख्रीष्ट, शेतको वंशबाट ( ४ः२५, शेमको सन्तानहरुबाट ( ९ः२७, अब्राहामको सन्तान ( १२ः३, इसहाकको ( २१ः१२ ) र याकूबको सन्तान ( २५ः२३ ) अनी यहूदाको कुलबाट ( ४९ः१० ) मत्ति १ः२१,२३
३. उत्पत्ति ३ः१५ पूर्व सूसमाचार
४. उत्पत्ति ३ः२१ आदम र हब्बाको लाज ढोक्नको लागी छालाको लुगा । २ कोरन्थी ५ः२१ साटफेर
५. उत्पत्ति ४ हाबिलको भेटी – हिब्रू ९ः२२
६. नोआको जहाज उत्पती ७ः६–२३, प्रेरित ४ः१२
७. अब्राहामसितको प्रतिज्ञा उत्पत्ति १२ः३, गलाती ३ः६–१४
८. अब्राहाम र इसहाक उत्पत्ति २२ः१–१९ थुमा, यूहन्ना १ः२९
९. याकुब उत्पत्ति २८ः१०–१३, यूहन्ना १ः५१, १४ः६
१०. योसेफ येशू ख्रीष्टको पूर्वचित्र: उत्पत्ति २७–३६, यूहन्ना १ः११, लूका २३ः३४,
छलफल गर्नुपर्ने प्रश्नहरु
१. भजनसंग्रह ८:१-९,१९:१-६, यशैया ४०:१२-३१, ४५:७,१८-१९ पढ्नुहोस्। सृष्टिको क्रममा परमेश्वरका कुन गुणहरू प्रदर्शन गरिएका छन्? परमेश्वरको सृष्टिको कार्यको लागि उपयुक्त प्रतिक्रिया के हो?
२. रोमी १:१८-३२, ३:९-२३, ५:१२ पढ्नुहोस्। यी पदहरूले हामीलाई मानव स्वभावको बारेमा के सिकाउँछन् ?
३. २ कोरिन्थी ५:२१, हिब्रू ४:१४-१६, १ पत्रुस २:२१-२४, १ यूहन्ना ३:४-५ पढ्नुहोस्। के प्रभु येशू ख्रीष्ट पापबाट मुक्त हुनुहुन्थ्यो ? यो छुटकाराको योजनामा यति महत्त्वपूर्ण थियो ? किन ?
पा. निशान घर्ति मगर
गड्स प्लान चर्च, सुर्खेत
मोबाइल न : ९८१९५१२७२०
ईमेल : nissan.magar2014@gmail.com
वेवसाइट : https://christianitynepal.com/