प्रस्थानको पुस्तकको सर्वेक्षण

रमेश्वर इस्राएलीहरूका राजा वा अगुवाइ गर्नुहुने परमप्रभु हुनुहुन्छ र संसार उहाँको अधीनमा छ अनी उहाँ मात्र एकमात्र साँचो परमेश्वर हुनुहुन्छ ।


पुस्तकको परिचय : 


हिब्रु बाइबलमा यो पुस्तकको शिर्षक यो पुस्तकको सुरुको वाक्यांश “र ती नाउँहरू यी नै हुन्‌” बाट राखिएको छ । हिब्रुमा प्रस्थान १:१ पद “र” बाट सुरु भएको छ‚ जसले यो देखाउँछ कि यो पुस्तक उत्पत्तिको पुस्तकको घटनाक्रमको निरन्तरता हो‚ कुनै नयाँ पुस्तकको सुरुवात होइन । ग्रीक बाइबल‚ सेप्टुएजेन्टमा : “Exodus” भनेर शीर्षक दिइएको छ‚ जसको अर्थ प्रस्थान गर्नु‚ निस्कनु भन्ने हुन्छ । यसैबाट हाम्रो नेपाली बाइबलमा यस पुस्तकको शिर्षक “प्रस्थान” आएको हो । यो पुस्तकले परमेश्वरले इस्राएलीहरुलाई मिश्रको दासत्वबाट निकालेर प्रतिज्ञाको भूमि कनानतफर् कसरी डोर्‍याउनु भएको भन्ने मुख्य घटनालाई वर्णन गर्ने भएकोले यसलाई “प्रस्थान” शिर्षक दिइएको हो ।

लेखक : पञ्च पूस्तकका लेखक मोशा भएकोले यस पुस्तक पनि मोशाद्धारा नै लेखिएको थियो ।
प्रस्थान १७:१४ तब परमप्रभुले मोशालाई भन्नुभयो‚ “यो कुरो सम्झनाको निम्ति एउटा पुस्तकमा लेख‚ र त्यो यहोशूलाई बताइदे‚ किनकि म अमालेकको स्मृति आकाशमुनि देखि बिलकुलै मेटिदिनेछु।”
प्रस्थान २४:४ तब मोशाले परमप्रभुका सबै वचनहरू लेखे । बिहान सबेरै उठेर मोशाले पर्वतको पल्लो छेउमा एउटा वेदी बनाएर इस्राएलका बाह्र कुलअनुसार बाह्र वटा ढुङ्गाका खम्बा उभ्याए ।

मिति : ( १४४५–१४०५ )

पुस्तक लेख्नुको उद्देश्य

प्रस्थानको मुख्य सन्देश “दासत्वबाट उद्धार” हो । परमेश्वर आफ्नो करारमा विश्वासयोग्य हुनुहुन्छ । ज्ासकारण इस्राएलीहरूलाई शक्तिशाली देशबाट उद्धार गरेर ल्याउनुभयो र कसरी अगुवाइ‚ हेरविचार‚ र संरक्षण गर्नुभयो भनेर उल्लेख गर्नु यस पुस्तकका उद्देश्यहरूमा पर्दछन् । त्यस्तै गरी‚ परमेश्वर इस्राएलीहरूका राजा वा अगुवाइ गर्नुहुने परमप्रभु हुनुहुन्छ र संसार उहाँको अधीनमा छ अनी उहाँ मात्र एकमात्र साँचो परमेश्वर हुनुहुन्छ ।

ऐतिहासिक पृष्ठभूमि

उत्पत्ति  १५:१३ मा परमेश्वरले अब्राहाम सित करार बाँध्दाखेरी नै तेरो सन्तानहरू कुनै एउटा देशमा ४०० वर्ष सम्म दासत्वमा हुनेछन भन्नुभएको थियो । अनी त्यो देश मिश्र हो भन्ने कुरा प्रस्थान १२:४० ले बताउँछ । ’इस्राएलीहरू मिश्रमा प्रवास गरेका चार सय तीस वर्ष भएको थियो । 


ठूलो रूपरेखा
प्रस्थान ( १–१८ ) – मुक्ति
व्यवस्था ( १९–२४ ) – आज्ञाकारिता
मन्दिर ( २५–४० ) – आराधना

प्रस्थानको सन्देश
परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ । प्रस्थान ६:३
परमेश्वर इतिहासमाथि सार्वभौम हुनुहुन्छ । प्रस्थान ३:७–८
परमेश्वर आफैंलाई प्रकट गर्नुहुन्छ । प्रस्थान ३:१४
परमेश्वर पवित्र हुनुहुन्छ । प्रस्थान ३:५
परमेश्वर आफ्ना करारहरू पालना गर्नमा विश्वासयोग्य हुनुहुन्छ । प्रस्थान २:२४
परमेश्वरले इतिहासमा काम गर्नुहुन्छ र हस्तक्षेप गर्नुहुन्छ । प्रस्थान ४:३१
परमेश्वरले पाप‚ मूर्तिपूजा र झूटा धर्मको न्याय गर्नुहुन्छ । प्रस्थान १२:१२
परमेश्वरले आफ्ना मानिसहरूका पापहरू क्षमा गर्नुहुन्छ । प्रस्थान ३४:६–७
परमेश्वर मानिसहरूसँग बोल्नुहुन्छ । प्रस्थान : ९ः९
परमेश्वरले हामीलाई सेवा गर्न बोलाउनुहुन्छ । प्रस्थान ३:१०
परमेश्वरले आफ्ना मानिसहरूलाई मार्गदर्शन गर्नुहुन्छ । प्रस्थान १३:२१
परमेश्वरले आफ्ना मानिसहरूको आवश्यकताहरू पूरा गर्नुहुन्छ । प्रस्थान १६:१५
परमेश्वरले आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुन्छ । प्रस्थान १४:१४
परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनुहुन्छ र छुटकारा दिनुहुन्छ । प्रस्थान ६:६
परमेश्वरले आफ्ना मानिसहरूलाई बन्धनबाट छुटकारा दिनुहुन्छ । प्रस्थान २०:२
परमेश्वर आफ्ना मानिसहरूको बीचमा बस्नुहुन्छ । प्रस्थान २५:८
परमेश्वर मात्र परमेश्वर हुनुहुन्छ। अरू कोही छैन । प्रस्थान १५:११


ख्रीष्टियन जीवनको तीर्थयात्रा
प्रस्थानको पुस्तकभरि हामी इस्राएलको तीर्थयात्रामा चित्रण गरिएको ख्रीष्टियन जीवनको एक प्रकार देख्छौं ।

मिश्रको बन्धन ( पापको बन्धन )
मोशा उद्धारकर्ताको रूपमा ( ख्रीष्टको एक प्रकार )
प्रस्थान ( पापको त्यागको एक प्रकार )
निस्तार चाडको थुमा ( १ कोरिन्थी ५:७) ( ख्रीष्टको एक प्रकार‚ परमेश्वरको थुमा ) यूहन्ना १:२९
लाल समुद्रमा बाटो ( परमेश्वरले बाटो बनाउनुहुन्छ )
फारोले इस्राएलीहरुलाई पछ्याएको ( विश्वासीहरूलाई पछ्याउने दुष्ट शक्तिहरूको एक प्रकार )
बादल र आगोको खाँबो ( विश्वासीहरूसँग परमेश्वरको उपस्थिति र मार्गदर्शन )
मारा ( तीतो अनुभवहरू )
मारालाई मीठो बनाउने रूख ( क्रूस )
एलिम ( मीठो अनुभवहरू )
मन्ना ( १ कोरिन्थी १०:३०‚ जीवनको रोटी )
बटेरहरू ( परमेश्वरको प्रबन्ध )
चट्टानबाट पानी ( १ कोरिन्थी १०:४) ( ख्रीष्टको जीवित पानी )
मोशाले हात उठाए ( प्रार्थना )
मिश्रदेखि कनानसम्मको यात्रा ( शारीरिक जीवनबाट आत्मिक जीवनसम्मको हाम्रो चेलापनको साहसिक कार्य )
प्रतिज्ञा गरिएको भूमिको लागि मिश्र छोड्दै ( स्वतन्त्रताको लागि पापको दासत्व छोड्दै )
दासत्वबाट मुक्ति ( पापको दासत्वबाट स्वतन्त्रता )
लाल समुद्र पार गर्दै ( १ कोरन्थी १०:१–२‚ बप्तिस्मा ) 
अगमवक्ता‚ अगुवा र व्यवस्था दिने व्यक्तिको रूपमा मोशा ( येशू अगमवक्ता‚ पुजारी र राजा हुनुहुन्छ )
मन्ना प्राप्त गर्न विश्वासीहरूले यसलाई जम्मा गर्न बिहान सबेरै उठ्नुपर्थ्याे (सड्नु अघि) । यसलाई प्राप्त गर्न तिनीहरूले घुँडा टेक्नुपर्थ्याे । तिनीहरूले यो दैनिक गर्नुपर्थ्याे । यसरी उजाडस्थानमा मन्ना हाम्रो भक्तिपूर्ण जीवनको एक प्रकार हो ।
मोशा र व्यवस्था प्रतिज्ञाको भूमि अधिकार गर्नबाट चुके। येशू (यहोशू) ले विजय हासिल गर्नुभयो र प्रतिज्ञा गरिएको भूमिमा प्रवेश गर्नुभयो ।

दश विपत्तिहरू
दश विपत्तिहरू मिश्रको झूटो धर्म र मूर्तिपूजामाथीको न्याय थियो‚ जसले फारोलाई इस्राएलीहरुलाई जान दिन बाध्य तुल्यायो । ( प्रस्थान ७:४–५) । परमेश्वरले विपत्तिहरूलाई मिश्रका सबै देवताहरूमा गरिएको न्यायको रूपमा वर्णन गर्नुहुन्छ ( प्रस्थान १२:१२) ।

१. जब परमप्रभुले नील नदीलाई रगतमा परिणत गर्नुभयो‚ त्यो नील देवताको न्याय थियो । प्रस्थान ७:१४–१५
२. भ्यागुताहरूको विपत्ति भ्यागुता देवताहरू: हापी र तापमाथि न्याय थियो । प्रस्थान ८:१–१५
 हापी नील नदीको देवता थियो‚ जसले मिश्रमा उर्वर माटो ल्याउने वाषिर्क बाढीको प्रतिनिधित्व गर्थ्यो । 
३. भुसुनाको विपत्ति । प्रस्थान ८:१६–१९
४. झिंगाहरूको विपत्ति । प्रस्थान ८:२०–३२
५. पशुहरूमाथिको विपत्ति । प्रस्थान (१–७ )
६. खटिराको विपत्ति । प्रस्थान ९:८–१२
७. असिनाको विपत्ति । प्रस्थान ९:१३–३५
८. सलहको विपत्ति । प्रस्थान १०:१–२०
९. तीन दिनसम्म बाक्लो अन्धकारको विपत्ति । सूर्य देवता रामाथि न्याय थियो । प्रस्थान १०:२१–२९
१०. पहिलो सन्तानको मृत्युको विपत्ति । देवताको रूपमा पूजा गरिने फारोमाथिको न्याय थियो । प्रस्थान ११:१–१२:३६
दश विपत्तिहरूले प्रकृतिका सबै शक्तिहरू र फारो‚ मिश्र र तिनीहरूका सबै झूटा देवताहरू र मूर्तिहरूमाथि परमेश्वरको शक्ति प्रकट गरे ।


पवित्रवासस्थान (परमप्रभुको उपस्थिति) (२५:१–४०:३८)
१. बलिदानको वेदी (२७:१) 
२. काँसाको बाटा हातगोडा धुन । प्रस ३०:१८
३. रोटी राख्ने टेवल (२५:२३)
४. सामदान । ( २५:३१ )
५. धुपको वेदी । ( ३०:१ ) 
६. करारको सन्दुक बोक्न मिल्ने । ( २५:१० )
७. कृपा आसन । ( २५:१७ )


येशू ख्रीष्ट सँग सम्बन्ध :
१. निस्तार चाड : यूहन्ना १:२९‚ ३६ र १ कोरन्थी ५:७ ख्रीष्ट नै वास्तविक निस्तार चाडको थूमा हुनुहुन्छ ।
२. मन्ना र पानी : नयाँ करारमा येशू ख्रीष्ट नै जिवनको रोटी र जीवनको पानी हुनुहून्छ । ( यूहन्ना ६:३१–३५‚ ४८–६३ )
३. पवित्रस्थान र प्रधान पूजाहारी : येशू ख्रीष्ट नै मन्दिर र प्रधान पूजाहारी हुनुहुन्छ । ( हिब्रू ४:१४–१६‚ ९:११–१२‚ २४–२८ )
४. मोशाको व्यवस्था : व्यवस्थाले पापलाई देखाउन‚ ख्रीष्टको आगमन नहुँदासम्म पापले नष्ट नहुन र ख्रीष्टतर्फ डोर्‍याउनको लागी दिइएको थियो ।  ( गलाती ३:१–२५ )

प्रस्थानको पुस्तकबाट मुख्य शिक्षाहरु :
१. केवल एकमात्र परमेश्वरलाई मात्र आराधना र सेवा गर्नुपर्दछ ।
२. परमेश्वर आफ्नो करार र प्रतिज्ञाहरुमा विश्वासयोग्य हुनुहुन्छ ।
३. जब परमेश्वरले सेवा गर्नको निम्ति कसैलाई बोलाउनुहुन्छ‚ त्यसलाई पूरा गर्नको निम्ति पनी सहायता गर्नुहुन्छ ।
४. परमेश्वरले मुर्तिपूजालाई घृणा गर्नुहुन्छ । अनी पापको न्याय गर्नुहुन्छ ।
५. परमेश्वर आफ्ना मानिसहरुसँग वास गर्न र सम्बन्ध राख्ने इच्छा गर्नुहुन्छ ।

व्यवस्थाको उद्देश्य : मुक्ति पाउनको लागी होइन ।
१. परमेश्वरको पवित्रतालाई प्रकट गर्न ।
२. मानिसको पाप र अधार्मिकतालाई प्रकट गर्न
३.धार्मिकताको मार्गदर्शन उपलब्ध गराउन‚ जसद्दारा उद्धार पाएको व्यक्तिले दैनिक जिविकामा आफ्रनो विश्वासलाई प्रदर्शन वा जिओस ।
४. एक व्यक्तिले परमेश्वर र अरु मानिसहरुसँग कसरी उचित सम्बन्ध राख्नुपर्छ सो प्रकट गर्न ।
५. येशू ख्रीष्टद्धारा मात्र मानिसले उद्धार पाउन सक्छ भन्ने कुरा प्रकट गर्न ।

छलफल गर्नुपर्ने प्रश्नहरु 


१. के ख्रीष्टमा विश्वास गर्ने मानिसहरूले मोशाको अधीनमा इस्राएलीहरूले जस्तै दासत्वबाट छुटकारा पाएका छन ? यी पदहरू मत्ती १:२१‚ यूहन्ना ८:३४–३६‚ १ थेस्सलोनिकी १: १०‚ २ तिमोथी २:२४–२६‚ हिब्रु २:१४–१५ पढ्नुहोस ।


२. दस आज्ञाहरू पालन गरेर विश्वासीहरूले मुक्ति पाउँदैनन् भने के तिनीहरूले ती आज्ञाहरू परमेश्वरको अपरिवर्तनीय इच्छा हो भन्ने बुझाइले पालन गर्नुपर्छ ? रोमी १३:८–१०‚१ कोरिन्थी ७:१९‚गलाती ५:६‚ ६:१५‚ एफिसी ४:२५–६:४‚ याकूब २:११–१२ पढ्नुहोस ।

पा. निशान घर्ति मगर
गड्स प्लान चर्च, सुर्खेत
मोबाइल न : ९८१९५१२७२०
ईमेल : nissan.magar2014@gmail.com
वेवसाइट : https://christianitynepal.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *