येशू ख्रीष्टको सकृय र निष्कृय आज्ञाकारीताको वृस्तित रुपमा व्याख्या

किनकी उहाँले अनन्त आत्माद्धारा आफैँलाई निष्कोट बलिको रुपमा परमेश्वरलाई अर्पण गर्नुभयो ।

हाम्रो मुक्तीको लागी येशू ख्रीष्टका दुई वटा आज्ञाकारिता जिम्मेवार छन । जसलाई हामी सकृय र निष्कृय आज्ञाकारीता ( आज्ञाकारिता र बलिदान ) भन्दछौँ । वेस्टमिनिस्टर विश्वासको स्वीकारको अध्याय ८ को ५ मा यी दुवै आज्ञाकारीताहरुको उल्लेख गरिएको छ, जुन यस प्रकार छ, आफ्नो अनन्तको आत्माद्वारा एकै पटक परमेश्वरलाई अर्पण गरि प्रभु येशूले पूर्ण आज्ञाकारिता र आत्मदाह (स्व–बलिदान) द्वारा आफ्नो पिताको न्यायलाई पूर्ण रूपमा सन्तुष्ट पार्नुभयो । ( रोमी ५१९,हिब्रू १०ः१४, एफि ५ः२ ) र उहाँले पूनःमिलन मात्र हासिल गर्नु भएन तर उहाँलाई पिताद्वारा दिइएका सबैको निम्ति स्वर्गको राज्यको अनन्तको उत्तराधिकार पनि प्राप्त गर्नुभयो । ( कल १ः१९–२०, एफि १ः११, हिब्रू ९ः१२–१५ )

किन हाम्रो मुक्तिको लागी येशू ख्रीष्टको सकृय र निस्कृय आज्ञाकारीताको आवश्यकता पर्यो ?


हाम्रो अघिल्लो प्रतिनिधि, आदम, व्यवस्था पालन गर्न असफल भएको हुनाले हामी परमेश्वरको क्रोध मुनी थियौ साथै हामी दण्डको भागिदार थियौँ । यदि हामी यो दण्ड ( मृत्यू ) बाट बचाईने हो भने हामीले परमेश्वरको व्यवस्थाले माग गरे अनुसार सिद्ध हुनुपर्छ । अनी जुन पाप ( व्यवस्था उलङ्घन) गरेका छौँ, त्यसको मुल्य चुकाउनुपर्छ । जुन कुरा हामी आफै न त सिद्धतामा आउन सक्छौँ न त आफुले गरेको पापको मूल्य चुकाउन सक्छौँ । जसकारण परमेश्वर पिताले नै जुटाउनुभएको आफ्नो एकमात्र पुत्र येशू ख्रीष्ट ( हाम्रो नयाँ प्रतिनिधि, अन्तिम आदम ) ले आफ्नो पिताको व्यवस्थालाई पूर्ण रूपमा पालन गर्नुभयो, र उहाँले हाम्रो अवज्ञाको लागि परमेश्वरको व्यवस्थाद्वारा तोकिएको मुल्य चुकाईदिनुभयो । रोमी ५ः१८,१९

यो करारको आज्ञाकारिताको बलिदान हो । किनकी अनन्तमा मानिसजातिको उद्धारको निम्ति पिता, पुत्र, पवित्र आत्मा विच करार बाँधियो । जहाँ पुत्रले मानिसजातिको उद्दारको निम्ति दुवै आज्ञाकारिता ( सकृय र निस्कृय ) आज्ञाकारिताको म जान्छु भनेर स्वइच्छाले यी दुवै आज्ञाकारिता पुरा गर्न मानव स्वभाव धारण गरी मानिसजातीकहाँ आउनुभयो । परमेश्वरको व्यवस्थाले दोहोरो माग गरेको कुरालाई ख्रीष्टले सक्रिय र निष्क्रिय आज्ञाकारिताद्धारा व्यवस्थाको माग पूरा गर्नुभयो र व्यवस्था उलङ्घन गरेको जरिवाना तिरिदिुभयो ।

यदि उहाँले दुवै नगरेको भए, हामी अझै पनि पापको अधीनमा हुनेथियौँ । तर उहाँले दुवै काम पुरा गर्नुभएको हुनाले हामी आनन्द र खुशीसाथ भन्न सक्छौं, यसैकारण अब ख्रीष्टमा भएकाहरूलाई कुनै दण्डको आज्ञा छैन । रोमी ८ः१–२
येशू ख्रीष्टले केवल वर्तमानको पाप मात्र क्षमा गनुृभएन । तर उहाँले त विगत, वर्तमान र भविष्यका पापहरुको लागी क्षमा गर्नुभयो । जसकारण हिब्रू ९ः१४ ख्रीष्टको रगतले त कति गरी तिमीहरुका विवेकलाई मरेका कामहरुबा शुद्ध पार्नेछ, ताकि तिमीहरु जीवित परमेश्वरको सेवागर्न सक। किनकी उहाँले अनन्त आत्माद्धारा आफैँलाई निष्कोट बलिको रुपमा परमेश्वरलाई अर्पण गर्नुभयो ।

ख्रीष्टको सक्रिय र निष्क्रिय आज्ञाकारितालाइ अझैँ विस्तृत रुपमा हेर्नेछौँ ।


१. सकृय आज्ञाकारीता:
परमेश्वरले दिनुभएको व्यवस्थाले सिद्धताको माग गर्दछ । येशू ख्रीष्ट व्यवस्था अन्तर्गत निष्कलङ्क सिद्ध हुनुहुन्थ्यो, कारण उहाँले सम्पूर्ण व्यवस्थालाई कुनै पाप नगरीकरण पूरा गर्नुभयो । २ को ५ः२१, १ पत्रूस २ः२२, मत्ती ५ः१७ अर्को शब्दमा भन्नुपर्दा येशू ख्रीष्टको सक्रिय आज्ञाकारिता भनेको परमेश्वरको व्यवस्थाप्रतिको उहाँको पूर्ण आज्ञाकारिता हो ।

२. निस्कृय आज्ञाकारिता: येशू ख्रीष्ट परमेश्वरको बराबरी भएता पनी कमाराको रुप धारण गरी मानिस बनेर जन्मिनु देखी नै उहाँको निस्कृय आज्ञाकारीताको शूरु हुन्छ जुन आज्ञाकारिताको चरमविन्दु वा पराकाष्ठा चाहीँ क्रूस हो । अर्को शब्दमा भन्नुपर्दा येशूको निष्क्रिय आज्ञाकारिता भनेको परमेश्वरको व्यवस्था पालन गर्नमा हाम्रो असफलताको लागि उहाँको दण्ड तिर्नु हो ।

व्यवस्थाका आवश्यकताहरूको आधारमा, ख्रीष्ट आफ्ना मानिसहरूका पापहरूको लागि मर्नु मात्र पर्याप्त छैन । मर्नु र पापीहरूलाई तिनीहरूको पापबाट शुद्ध पार्नु भनेको तिनीहरूलाई शून्यमा राख्नु हो । त्यस समयमा छुटकारा पाएका पापीहरूले अझै पनि पाप गरिरहन्छन्। । जसकारण लुथरले भनेझैं तिनीहरू सुनले ढाकिएको गोबरको थुप्रो हुन । जहाँ बाँकी रहेका पापका अवशेषहरू र शरीरको फोहोरता अझै पनि आत्मासँग लडिरहेका छन । गलाती ५ः१७

येशू ख्रीष्टका दुवै आज्ञाकारिता अर्थात सकृय र निस्कृय आज्ञाकारिताको शूरुवात जब उहाँले मानव स्वभाव धारण गर्नुभयो त्यहाँ देखी शूरु भएर दुवै आज्ञाकारीताको पराकाष्ठा क्रूसमा देख्दछौँ । हामी ख्रीष्ट सित उहाँको पवित्र जिवन र उहाँको क्रूसको दुःख भोगाईमा पनी कलमी बाँधिएका छौँ । जसकारणले गर्दा येशू ख्रीष्टको कारणले गर्दा परमेश्वरको सामू जिवनमा कहिल्यै पाप नगरेको भैँ तुल्याएका छौँ ।

ख्रीष्ट सित मण्डलीको विवाह भएको कारणले गर्दा १ पत्रूस १ः२३ मा भनेझैँ, परमेश्वरको जीवित र नित्य रहने वचनद्धारा, विनाशी होइन तर अविनाशी विर्यबाट तिमिहरु नयाँ गरी जन्मेका छौ । अर्थात पुरुषको विर्यमा स्वभाव हुन्छ जुन शारिरिक सम्बन्धद्धारा दुलहीमा सर्छ । जसकारण ख्रीष्टको अविनाशी विर्य ( जिवित वचनद्धारा) हामी जन्मिएका छौँ । अर्थात हामीले ख्रीष्टको स्वभाव पाएका छौँ । जबकारण २ कोरन्थी ५ः१७ ले भन्छ, यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पूरानो बितिगएको छ हेर, नयाँ आएको छ । अनी युहन्ना १ः१२,१३ मा पनी यो कुरालाई स्पष्ट पारेका छ, जहाँ यसो लेखिएको छ, तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथी विश्वास गरे, उहाँले तिनिहरुलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो । तिनिहरु रगतद्धारा, शारिरिक इच्छाद्धारा, र कुनै मान्छेको इच्छाद्धारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन ।

येशू ख्रीष्टको बलिदान आत्माहत्या वा शहिद थिएन तर आत्मादाह थियो । अर्थात आत्मादाह भनेको स्वइच्छाका साथ अरु कसैको भलाईको निम्ति मर्नु हो । युहन्ना ११ः५१ परमेश्वरको क्रोध ( चट्याङ ) जस्तै हो अनी येशू ख्रीष्ट थुमा ( अर्थिङ ) जस्तै हुनुहुन्छ । जसले गर्दा परमेश्वरको क्रोध हामी माथी पर्न लागेको थियो तर येशू ख्रीष्टले त्यो क्रोधलाई हामीबाट मन्छाउनको लागी क्रूसमा आफूमाथी सोसिदिनुभयो । जसकारण हामीले अनुग्रह पायौँ ।

अन्त्यमा: येशू ख्रीष्टको सकृय र निस्कृय आज्ञाकारिताको परिणाम आज हामी हौँ । यदि उहाँ हाम्रो पनिनिधी, सट्टामा र हाम्रो पक्षमा नभएको भए हामी केवल मृत्युका भागिदार थियौँ । आज हामीमा आएको जीवन ख्रीष्टको दुवै आज्ञाकारिताको नतिजा हो ।

पा. निशान घर्ति मगर
गड्स प्लान चर्च, सुर्खेत
मोबाइल न : ९८१९५१२७२०
ईमेल : nissan.magar2014@gmail.com
वेवसाइट : https://christianitynepal.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *