हाम्रो बारेमा
ख्रीष्टियानीटि नेपाल एउटा विश्वासमा आधारित ब्लग हो । जहाँ विश्वासमा आधारित सामाग्रीहरु प्रशासरण गरिन्छ । जुन कुराले नेपालीभाषी मण्डलीहरुलाई लाभदायक बनोस भन्ने उद्देश्य बोकेर यो ब्लगको शूरु गरिएको हो ।
विश्वासको सार
म विश्वास गर्दछु
एक इश्वर सर्वशक्तिमान पिता श्वर्ग र पृथ्वी सृजने माथि।
अनि उहाँको एक्ले पुत्र हाम्रा प्रभुयेशू ख्रीष्ट माथि।
उहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो।
कन्य मरियम देखी जन्मनुभयो। पन्तियस पिलातसको अधिकारमा दु:ख भोग्नुभयो।
क्रुसमा टाँगिनुभयो मारिनुभयो अनि गाडिनुभयो।
आत्मालोकमा उत्रनुभयो तेस्रो दिनमा मरेकाहरुबाट बिउँतनुभयो ।
स्वर्गमा चढिजानुभयो सर्वशक्तिमान इश्वर पिताको दाहिने हात पट्टी बस्नु भएको छ ।
जहाँ देखी उहाँ जीउँदो र मरेकाहरुको न्याय गर्नलाई आउनुहुनेछ ।
म विश्वास गर्दछु पवित्र आत्मा माथि, पवित्र विश्व मण्डली माथि,
पवित्रहरुको संगती माथि, पाप मोचन माथि, शरिरको पुनरुत्थान माथि र अजम्वरी जीवन माथि। आमिन्।