Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal
पश्चाताप नयाँ जन्मको कारक होइन यो त नयाँ जन्मको परिणाम वा फल हो ।
उत्पत्ति बाइबलको पहिलो पुस्तक हो जसको पहिलो शब्द हो— आदिमा । यसको अर्थ “सुरुमा” भन्ने बुझिन्छ । यो शब्दले सुरुको अवस्था वा संसारको सृष्टिभन्दा पहिलेको अवस्थालाई बुझाउँछ । यो पुस्तक अरू पुस्तकहरू (मोशाका अन्य पुस्तकहरू, पुरानो करार र नयाँ करार) का लागि आधारभूत जग हो । यस किताबको शीर्षक ग्रिक भाषाको “गेनेसिस”(γένεσις) बाट आएको हो जसको अर्थ “जन्म,” “मूल,” र “अस्तित्व” हुन्छ ।
पवित्रशास्त्र बाइबलमा पश्चातापको अर्थ एक मनको परिवर्तन’ हो । मनको परिवर्तन भन्नुको मतलव केवल सानो तिनो विचार परिवर्तन गर्नुमात्र होइन तर यो त सम्पूर्ण जिवनको दिशा नै परिवर्तन गर्नु हो । यो त मुलभुत रुपमा पापबाट ख्रीष्टतर्फ फर्किनु हो ।
पश्चाताप नयाँ जन्मको कारक होइन यो त नयाँ जन्मको परिणाम वा फल हो । पश्चाताप चाहीँ नयाँ जन्म सँगै शूरु हुन्छ । यो चाहीँ मनको कृयाशिलता वा कार्य हो जुन ख्रीष्टियान जिवनमा दोह्रोरिन्छ । हामी दिनहँ पाप गर्छौ जसकारण हामीलाई पश्चाताप गर्न आह्वान गरिन्छ जहाँ पवित्र आत्माले हामीलाई दोषी ठहराउनुहुन्छ ।
ईतिहासलाई केलायौ भने परमेश्वरले आफ्नो विशेष प्रकाश आफ्ना मानिसहरु माझ विविधि माध्यमहरुद्धारा दिनुभयो ।
साँचो पश्चाताप (ईश्वरिय पश्चाताप) मा परमेश्वर विरुद्ध गएर उहाँको अपमान गरेकोमा गहिरो पश्चाताप समावेश हुन्छ । जसमा पश्चाताप गर्ने व्यक्तिले माफी पाउनैपर्छ भन्ने प्रयास नगरी आफ्ना पापहरु खुल्ला रुपमा स्वीकार गर्छ । पापको स्वीकृती सम्भव भएसम्म क्षतिपूर्ती गर्ने इच्छा र पापबाट टाढा रहने संकल्पसाथ जोडिएको हुन्छ । यो चाहीँ साँचो पश्चातापी हृदय हो जस्तो भजनसंग्रह ५१ मा राजा दाऊदको पश्चातापको उदाहरणलाई देख्न सक्छाँै ।
५१ः१७ जब साँचो पश्चाताप साथ परमेश्वरकहाँ आउँछौँ उहाँले हामीलाई क्षमा गर्ने र उहाँको संगतीमा पुनस्थार्पता गर्ने प्रतिज्ञा गर्नुभएको छ । यदि हामीले आफ्ना पापहरू स्वीकार ग¥यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ । युहन्ना १ः९