Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal
मरेकाहरु सबै जिवित हुनेछन जसको नाउँ जिवनको पुस्तकमा लेखिएको भेट्टाईदैन त्यसलाई नरक कुण्डमा फालिनेछ भने जसको नाउँ जिवनको पुस्तकमा लेखिएको छ तिनिहरु अनन्त राज्यमा प्रवेश गर्नेछन ।
ईसाई ईश्वरशास्त्र भित्र प्रत्येकले विशेष गरी ख्रीष्टको पुनरागमन, सहस्राब्दी र अन्तिम न्यायको बारेमा ति घटनाहरु कसरी समापन हुन्छ भन्ने बारे एक फरक दृष्टिकोण प्रस्तुत गर्दछन । जसमध्ये मुख्य ३ ईश्वरशास्त्रीय दृष्टिकोणहरु निम्न रहेका छन ।
१. पूर्वसहस्राब्दीवादको दृष्टिकोण
यस पुर्वसहस्राब्दीवाद दृष्टिकोण अन्तगत विशेषगरी अन्तिम समयको बारेमा बाइबललाई शाब्दिक रुपमा व्याख्या गर्ने गर्दछन । जसमा दुई दृष्टिकोण रहेका छन ति यस प्रकार छन ।
क. डिस्पेन्सेशनल पूर्वसहस्राब्दीवादको दृष्टिकोण
डिस्पेन्सेशनल पूर्वसहस्राब्दीवादको दृष्टिकोण अनुसार विशेषगरी अन्तिम समयको बारेमा बाइबललाई शाब्दिक रुपमा व्याख्या गर्ने गर्दछन । पहिलो चरणमा येशू ख्रीष्ट आकाश सम्म मात्र आउनुहुनेछ । थेसलोनिकी ४ः१३–१७ अनुसार जब येशू बादलमा आउनुहुनेछ त्यतिबेला नयाँ नियमका विश्वासीहरु बौरी उठ्नेछन भने जिवितहरु चाहीँ येशू ख्रीष्टलाई आकाशमा भेट्नलाई जानेछन । जसलाई उठाईलगिने ( च्बउतगचभ ) भनिन्छ । त्यसपछि पृथ्वीमा दानियल ९ः२७ अनुसार ७ वर्ष महासङ्कष्ट हुनेछ । सात वर्षको महासंकष्ट पश्चात प्रकाश १९ः११–२१ अनुसार उहाँको दोस्रो चरणको आगमन हुनेछ । अनी उहाँले प्रकाश २०ः१–६, अनुसार उहाँले दाउदको सिंहासनमा १००० वर्ष राज्य गर्नुहुनेछ । यति बेला शैतान बाँधिएको हुनेछ । पुरानो करारका विश्वासीहरु जो बौरी उठ्नेछन अनी महासंकष्ट पार गरेका विश्वासी यति बेला ख्रीष्ट सँग राज्य गर्नेछन । त्यसपछि शैतानलाई प्रकाश २०ः७–१० अनुसार छोडिनेछ अनी उसले मानिसहरुलाई बहकाउन थाल्नेछ तर त्यहि समयमा उ सदाको निम्ति आगो र गन्धको कुण्डमा फालिनेछ । अनी प्रकाश २०ः११–१५ अनुसार अविश्वासीहरुको इन्साफ गरिनेछ र उनिहरुलाई पाताल अग्निकुण्डमा फालिनेछ । तर प्रकाश २०ः१–४ अनुसार विश्वासीहरु सदाको निम्ति अनन्त राज्यमा प्रवेश गर्नेछन ।
ख. ऐतिहासिक पूर्वसहस्राब्दीवादको दृष्टिकोण
ऐतिहासिक पूर्वसहस्राब्दीवादको दृष्टिकोण अनुसार विशेषगरी अन्तिम समयको बारेमा बाइबललाई शाब्दिक रुपमा व्याख्या गर्ने गर्दछन । उनिहरुका अनुसार येशूको आगमन दुई चरणमा हुनेछ । एक समय यस्तो आउनेछ त्यतिबेला मण्डलीमा पतन आउनेछ अनी त्यसपछि महासंकष्ट शूरु हुनेछ । पहिलो चरणको आगमनमा सुतिगएका विश्वासीहरुको बौरी उठाई हुनेछ अनी जिउँदाहरु येशूलाई आकाशमा भेट्न जानेछन । थेस ४ः१३–१७ दोस्रो चरणमा ख्रीष्ट फेरी आउनुहुनेछ । प्रकाश १९ः११–२१, अनी एक हजार वर्षको अवधीमा दाऊदको सिंहासनमा शासन गर्नुहुनेछ । प्रकाश २०ः१–६, १००० वर्षे राज्यको अन्त्यमा शैतानलाई छोडिनेछ । त्यसले विद्रोह मच्चाउनेछ । प्रकाश २०ः७–९ अनी शैतान र त्यसका दुष्ट सेनाहरुलाई आगोमा फालिनेछ । प्रकाश २०ः१०, २१ः८ अनी सबै अविश्वासीहरुको बौरी उठाई हुनेछ अनी तिनिहरुको इन्साफ हुनेछ र तिनिहरुलाई सदाको निम्ति अग्नि कुण्डमा फालिनेछ । प्रकाश २०ः११–१५ र विश्वासीहरु भने सदाको निम्ति स्वर्गिय राज्यमा राज गर्नेछन । प्रकाश २१ः१–४
२. उत्तर सहस्राब्दीवादको दृष्टिकोण
उत्तर सहस्राब्दीवादको दृष्टिकोण अनुसार यस दृष्टिकोणमा विश्वास गर्नेहरुले १००० वर्षे शासनकाललाई शाब्दिक रुपमा नभई यसलाई आलंकारीक रुपमा लिन्छन । यिनिहरु विश्वास गर्छन कि इस्राएल र मण्डली छुट्टाछुट्टै होइन तर यो त इस्राएलको निरन्तरता अर्थात पूर्ति हो । त्यसकारण यीनिहरु विश्वास गर्छन कि अन्तिम समयको बारेमा पूरानो करारमा गरेका प्रायजसो अगमवाणीहरु ७० एडि –ई.सं ) मा पुरा भईसक्यो जति बेला येरुशलेमको मन्दिर भत्काईने काम गरियो । अब्राहामलाई गरेको प्रतिज्ञा उत्पती १२ः१–३ नयाँ करारमा सुसमाचार मार्फत पूरा भईरहको छ । शैतान येशू ख्रीष्टको क्रूसको मृत्यु र पूनरुत्थान पछि बाँधिएको छ । त्यसकारण अन्तिम समयमा झन सुसमाचारमा जागृती आउनेछ असल दिनहरु आउनेछन ।
अनी यहुदीहरुले पनी येशू ख्रीष्टमा विश्वास गर्नेछन । अनि यस सहस्राव्दीको अन्तिम समयमा सैतानलाई छोडिनेछ । अनी येशू ख्रीष्टको आगमन हुनेछ अनी येशू ख्रीष्टले सैतान र त्यसका दुतहरुलाई सधैको निम्ति आगोको गन्धकमा फालिदिनुहेछ । प्रकाश २०ः७–१० त्यसपछि मरेकाहरु सबै जिवित हुनेछन जसको नाउँ जिवनको पुस्तकमा लेखिएको भेट्टाईदैन त्यसलाई नरक कुण्डमा फालिनेछ भने जसको नाउँ जिवनको पुस्तकमा लेखिएको छ तिनिहरु अनन्त राज्यमा प्रवेश गर्नेछन । प्रकाश २०ः११–१५, प्रकाश २१ः१–४
३. असहस्राब्दीवादको दृष्टिकोण
असहस्राब्दीवादको दृष्टिकोण अनुसार यस दृष्टिकोणमा विश्वास गर्नेहरुले १००० वर्षे शासनकाललाई शाब्दिक रुपमा नभई यसलाई आलंकारीक (चिन्हको ) रुपमा लिन्छन । यिनिहरु विश्वास गर्छन कि इस्राएल र मण्डली छुट्टाछुट्टै होइन तर यो त इस्राएलको निरन्तरता अर्थात पूर्ति हो । प्रकाशको पुस्तक र दानियलको पुस्तकमा भएका ति संख्याहरु ७, १००० यीनिहरु सिद्धताको सख्या हो ।
परमेश्वरको राज्यको दुई भागको घटना हो । पहिलो भाग येशू ख्रीष्टको पहिलो आगमनको बेला शूरु भयो ( बप्तिस्मा दिने यूहन्ना जसले घोषणा गरे स्वर्गको राज्य नजिकै छ मत्ती ३ः२) येशू ख्रीष्टले सैतान र श्रापमाथी क्रूसको मृत्यु र पूनरुत्थानद्धारा विजय प्राप्त गरिसक्नुभएको छ । साथै शैतानलाई उहाँले बाँध्नुभएको छ । त्यसपछि उहाँ स्वर्गरोहन भईसकेपछि पिताको दाहिने हातपट्टी बसेर दाउदको सिंहासन अन्र्तर्गत सधैभरिको निम्ति शासन गर्दै आईरहनुभएको छ । लुका १ः३२ विश्वासीहरु यस संसारमा जिँउदा सतावट, कठिनाई र खराब परिस्थीतीबाट भएर जानेछन ।
येशू ख्रीष्टको दोस्रो आगमनको दोस्रो भागमा जति पनी अहिले छायामा छन त्यतिबेला वास्तविकता हामीले देख्नेछौँ । हाम्रो मुक्ती पूरा हुनेछ अनी हामी स्वर्गिय महिमामा सदाको निम्ति येशू ख्रीष्टसँग राज्य गर्नेछौँ । येशू ख्रीष्टको दोस्रो आगमन अघि अहिले बाँधराखेको शैतानलाई छोडिईनेछ त्यसले मानिसहरुलाई बहकाउनेछ अनी त्यतिबेला ठूलो धर्मत्याग हुनेछ अनी त्यसलाई र त्यसका दुतलाई सधैको निम्ति अग्नीकुण्डमा फालिनेछ । अर्थात येशू ख्रीष्टले शैतानमाथी न्याय गर्नुहुनेछ । प्रकाश २०ः७–१०त्यसपछि सुतिगएका बौरी उठ्नेछन अनी जिउँदा र ति सुतिगएका विश्वासी अविश्वासी सबै बौरी उठ्नेछन ज जसको नाउँ जिवनको पुस्तकमा लेखिएको छ तिनिहरु अनन्त महिमा प्रवेश गर्नेछन भने ज–जसको नाउँ जिवनको पुस्तकमा लेखिएको छैन तिनिहरु अग्निकुण्डमा फालिनेछन । प्रकाश २०ः११–१५ त्यसपछि विश्वासीहरु सदासर्वदा स्वर्गिय राज्यमा परमेश्वरको प्रजा भएर बस्नेछन । प्रकाश २१ः१–१४
निष्कर्ष: अन्तिम दिनको बारेमा यी फरक फरक दृष्टिकोण भएतापनी यो सत्य हो की येशू ख्रीष्टको दोस्रो आगमन हुनेछ, उहाँले सैतान र जीवनको पुस्तकमा नाउँ नलेखिएकाहरुको न्याय गर्नुहुनेछ तर जीवनको पुस्तकमा नाउँ लेखिएकाहरुलाई भने उहाँले आफू सित लैजानुहुनेछ । जहाँ ति मानिसहरु उहाँको प्रजा भएर सदासर्वता ( अनन्तसम्म ) जिउनेछन ।
पा. निशान घर्ति मगर
गड्स प्लान चर्च, सुर्खेत
मोबाइल न : ९८१९५१२७२०
ईमेल : nissan.magar2014@gmail.com
वेवसाइट : https://christianitynepal.com/