Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal
निस्तार जसलाई हिब्रूमा पेसाख (Pesach ) भनिन्छ । जुन शब्दको अर्थ : नाघेर जानु, पार गर्नु, तर्केर जानु भन्ने हुन्छ ।
निस्तारको थुमाको बारेमा पाँच कुराहरू हेर्नेछौँ जो आउनुहुने निस्तारको थुमा ( येशू ख्रीष्ट ) को पुर्वचित्र थियो ।
निस्तार जसलाई हिब्रूमा पेसाख (Pesach ) भनिन्छ । जुन शब्दको अर्थ : नाघेर जानु, पार गर्नु, तर्केर जानु भन्ने हुन्छ ।
१. निस्तारको थुमा चाहिँ उत्तम अवस्थाको नर थुमा हुनुपर्थ्यो ।
कसैको घरानामा एउटा पाठाको लागि मानिस थोरै भए त्यसले आफ्नो घरका नजिकको छिमेकीसँग मानिसहरूको गन्ती अनुसार मिलोस् । हरेक मानिसको खुवाइ अनुसार पाठोको गन्ती गर्नू । प्रस्थान १२ः४
परमेश्वरले मोशाद्वारा इस्राएलीहरूलाई निस्तारको थुमाको बारेमा बताउँदा भेडा वा बाख्रोका नर थुमा हुनुपर्ने कुरा बताउनुभयो । प्रस्थान १२ः५ख मा यसो लेखिएको छ, एक वर्षको पाठो । तिमीहरूले त्यो भेडा अथवा बाख्राबाट लिनू ।
अनि हामी येशू ख्रीष्टलाई हेर्छौँ भने उहाँ स्त्रीको रुपमा होइन तर पुरुषको रुपमा जन्म लिई आउनुभयो । मत्ती १ः२१ मा यसो लेखिएको छ, तिनले एउटा पुत्र जन्माइन्छिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।”
२. निस्तारको थुमा खोटरहित हुनुपर्दर्थ्यो ।
परमेश्वरले मोशाद्वारा इस्राएलीहरूलाई निस्तारको थुमाको बारेमा बताउँदा थुमा चाहिँ निष्खोट वा कुनै खोट विनाको हुनुपर्दछ भन्ने कुरा बताउनुभयो । जुन कुरा प्रस्थान १२ः५क मा देख्दछौँ, तिमीहरूको पाठो खोटरहित होस । अनी येशू ख्रीष्ट पनी निष्कोट थुमा हुनुहुन्थ्यो । उहाँ पापरहित हुनुहुन्थ्यो । उहाँ निष्कलङ्क हुनुहुन्थ्यो । पिलातसले र हेरोदले पनी येशूमा कुनै खोट भेटाएनन । लुका२३ः१४–१५ उनले तिनीहरूलाई भने, “तिमीहरूले मानिसहरू भड्काउने भनी यिनलाई मेरो सामुन्ने ल्यायौ। तिमीहरूकै सामुन्ने केरकार गर्दा तिमीहरूले यिनमाथि लाएका अभियोगको दोषी भेट्टाइनँ । हेरोदले पनि दोषी भेट्टाएनन्, किनभने तिनले यिनलाई हामीकहाँ नै फर्काइदिए । अब हेर, यिनले मृत्युदण्ड पाउने योग्यको कुनै काम गरेका छैनन् पत्रूस १ः१८,१९, मत्ति २७ः४, १९ः२४, युहन्ना १८ः३८, लुका २३ः४१
३. निस्तारको थुमालाई मारिनु आवश्यक थियो ।
परमेश्वरले मोशाद्वारा इस्राएलीहरूलाई निस्तारको थुमालाई मार्नको निम्ती भन्नुभएको थियो । अनि इस्राएलीहरूलाई निस्तारको थुमालाई मध्यान्हको तीन बजेबाट पाँच बजेसम्ममा नार्दथे र निस्तार चाड ताराको प्रकाशको पहिलो किरण आकाशमा देखिएसँगै शुरु हुन्थ्यो । प्रस्थान १२ः६ त्यो तिमीहरूले त्यस महिनाको चौधौँ दिनसम्म राख्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून् ।
हामी देख्दछौँ कि येशू ख्रीष्ट पनि त्यही समयमा मारिनुभएको थियो । मत्ती २७ः४६ तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?” मत्ती २७ः५० तब येशू फेरि ठूलो सोरले कराउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो । पावलले भन्दछन, नयाँ ढिका बन्नलाई पूरानो खमिरलाई निकाल, किनकी तिमीहरु वास्तवमा अखमिरी नै हो । हाम्रा निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ । १ कोरन्थी ५ः७ हिब्रु ९ः२२, मर्कुस १५ः६–१५, युहन्ना १ः२९, ३६, १२ः१४, मर्कुस १०ः४५, हिब्रू १०ः१–७
४. निस्तारको थुमाको ढाड भाँचिनुहुदैन्थ्यो । १२ः४६
परमेश्वरले मोशाद्वारा इस्राएलीहरुलाई आज्ञा दिएअनुसार निस्तारको थुमाको ढाड भाँचिनुहुदैनथ्यो । जुन कुरा प्रस्थान १२ः४६ मा देख्दछौँ, “त्यो एउटै घरमा खाइनेछ । त्यसको मासुबाट केही पनि घरबाट बाहिर नलैजानू, न त त्यसका कुनै हाड़ भाँच्नू । अनी हामी देख्दछौँ कि येशू ख्रीष्टलाई क्रूसमा टाँगिसकेपछी उहाँको ढाड पनि भाँचिएको थिएन । जसकारण परमेश्वरले आउनुहुने थुमाको बारेमा भनेको कुरा पूरा भयो । युहन्ना १९ः३३–३६ जब तिनीहरू येशूकहाँ आए तिनीहरूले देखे, कि उहाँको मृत्यु अघि नै भइसकेको रहेछ, र उहाँका खुट्टा भाँचेनन्। तर सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखामा भालाले घोच्यो, र तुरुन्तै रगत र पानी निस्क्यो। तिमीहरू पनि विश्वास गर्न सक भनी यो देख्नेले गवाही दिएको हो र उसको गवाही साँचो छ, र साँचो बोल्दछु भनी ऊ जान्दछ। “उहाँको कुनै पनि हड्डी भाँचिनेछैन” भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुरा हुन आए । भजन ३४ः२०
५. परमप्रभूको न्यायबाट निस्तारको थुमाको रगतले सुरक्षा ।
परमेश्वरले मोशाद्वारा इस्राएलीहरूलाई आज्ञा गरे अनुसार उनिहरुले आ आफ्ना घरको ढोकाको चौकोसमा थुमाको रगत लगाए । जसअनुसार परमेश्वरले मिश्रमा ल्याउने न्यायबाट इस्राएलीहरूलाई त्यो थुमाको रगतले सुरक्षा दियो । जुन कुरा प्रस्थान १२ः१२–१३ मा देख्दछौँ, त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ । तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ। जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोड़िदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन । जसरी इस्राएलीहरूलाई मिश्रमाथीको परमेश्वरको न्यायबाट थुमाको रगतले सुरक्षा दियो । त्यसरी नै पापमा मरेका मानिसजातिलाई केवल येशू ख्रीष्टले बगाउनुभएको रगतले मात्र सुरक्षा दिदछ । ज–जसले येशू ख्रीष्टमा विश्वास गरेका छन उनिहरु परमेश्वरको आउन लागेको न्याय बाट बचाउनेछ । रोमी ८ः१–२ यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन । पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रीष्ट येशूमा मुक्त पारेको छ । १ युहन्ना २ः२, रोमी ३ः२५, युहन्ना १ः२९, ३६, हिब्रू १०ः१० त्यही इच्छाबाट येशू ख्रीष्टका शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएका छौं ।