विशेष प्रकाश

परमेश्वरले आफ्नो विशेष प्रकाश आफ्ना मानिसहरु माझ विविधि माध्यमहरुद्धारा दिनुभयो ।

उत्पत्ति बाइबलको पहिलो पुस्तक हो जसको पहिलो शब्द हो— आदिमा । यसको अर्थ “सुरुमा” भन्ने बुझिन्छ । यो शब्दले सुरुको अवस्था वा संसारको सृष्टिभन्दा पहिलेको अवस्थालाई बुझाउँछ । यो पुस्तक अरू पुस्तकहरू (मोशाका अन्य पुस्तकहरू, पुरानो करार र नयाँ करार) का लागि आधारभूत जग हो । यस किताबको शीर्षक ग्रिक भाषाको “गेनेसिस”(γένεσις) बाट आएको हो जसको अर्थ “जन्म,” “मूल,” र “अस्तित्व” हुन्छ ।

वेस्ट मिनिस्टर विश्वासको स्वीकारको १ः१ मा साधारण वा प्राकृतिक प्रकाशको बारेमा हेर्दा सृष्टिको प्रकाश, र यसका कार्यहरु र पूर्वप्रबन्धले परमेश्वरको उत्कृष्टता, बुद्धि र शक्तिलाई प्रचुर मात्रामा प्रकट गरे तापनि तिनिहरुले उद्धारको लागि चाहिने परमेश्वरको ज्ञान र इच्छालाई प्रयाप्त मात्रामा प्रकट गर्न सक्दैनन । यद्यपि परमेश्वरले हामीलाई प्रकाश र शिक्षा विना छोड्नु भएन जसद्वारा हामी कसरी उद्दार पाउन सक्छौँ भन्ने कुरा जान्न सक्छौँ ।


यहाँ हामी स्वीकारको सन्दर्भहरु दैख्छौ जसलाई हामी विशेष प्रकाश भन्छौँ । विशेष प्रकाश चाहीँ त्यो परमेश्वरबाटको प्रकाश हो जसले हामीलाई मुक्तिको बाटोमा डोर्याउँछ र उहाँलाई प्रसन्न तुल्याउने तरिकामा जिउनुको अर्थ के हो भन्ने कुरालाई बताउँछ ।
हामी लिखित वचन चाहीँ परमेश्वरको विशेष प्रकाशको रुपमा चिन्दछौँ, र यो सत्य पनि हो । ईतिहासलाई केलायौ भने परमेश्वरले आफ्नो विशेष प्रकाश आफ्ना मानिसहरु माझ विविधि माध्यमहरुद्धारा दिनुभयो ।


यदि हामी इतिहासमा परमेश्वरका मानिसहरुलाई हेर्छौ भने हामी यसले भन्न खोजेको कुरा के हो भन्ने कुरालाई छर्लङ्ग देख्दछौँ । आजको वचनखण्डको अनुच्छेदलाई उदाहरणको रुपमा हेरौँ, जहाँ योसेफले फारोको दरबारको दुई सदस्यले दिएको सपनाको व्याख्या गर्दछन । जहाँ उनले सपना र सपनाको अर्थ खुलाईको श्रेय परमेश्वरलाई दिन्छन । उत्पती ४०ः८

ईतिहासलाई केलायौ भने परमेश्वरले आफ्नो विशेष प्रकाश आफ्ना मानिसहरु माझ विविधि माध्यमहरुद्धारा दिनुभयो ।


हामी देख्दछौँ कि प्राचिन सयमा परमेश्वरले आफ्ना मानिसहरुकहाँ आफ्नो इच्छा कहिलेकाहीँ सपनाद्वारा प्रकट गर्नुहुन्थ्यो । पुरानो करारको अन्यत्र ठाउँमा हामी देख्दछौँ परमेश्वरले आफ्नो इच्छा इस्राएलीहरुलाई पूजाहारीहरुद्धारा प्रकट गर्नुभयो । जहाँ हामी उरीम र तुम्मिमको बारेमा देख्दछौँ । अब उरीम र तुम्मिम वास्तवमा ठ्याक्कै कस्तो थियो भन्ने कुरा हामी जान्दैनौ । ति संम्भव त फरक फरक रंगका ढुङ्गाहरु वा काठहरु थिए जसलाई छाती-पातामा कोर्न सकिन्छ जसबाट परमेश्वरको उद्देश्यलाई पहिचान गर्न सकिन्छ । जब प्रधान पूजाहारी परमेश्वरको उपस्थितीमा जाँदा प्रार्थना गर्दा उरिम कोरियो भने त्यसको एउटा अर्थ हुन्थ्यो अनि तुम्मिम कोरियो भने त्यसको अर्को अर्थ हुन्थ्यो । प्रस्थान २८ः३०, १ सामु १४ः४१ )


परमेश्वरले विशेष प्रकाश दिनुभएको थुप्रै उदाहरणहरु र विभिन्न रुपमा हेर्नसक्छौँ । यद्दपी यी सबैभन्दा महत्वपूर्ण उहाँले जब आफ्ना मानिसहरु सित बोल्नुभयो, ति बोल्ने मुखपात्रको रुपमा जसै मोशा, अगमवक्ताहरु, प्रेरितहरु र अन्यहरुलाई चुन्नुभयो जसमार्फत परमेश्वरको प्रकाशलाई लेखे जुन कुरा परमेश्वरले हामी सित त्यो प्रकाश रहिरहास भन्ने चाहानुहुन्थ्यो । ( प्रस्थान २४ः२, यर्मिया ३६ः४, २ पत्रूस ३ः१५ ) जसै हामी देख्दछौँ कि परमेश्वरको विशेष प्रकाश पहिलो शताब्दीको अन्न्यतिर बन्द भईसक्यो । आज हामी सित उहाँको विशेष प्रकाश पुरानो र नयाँ करार अर्थात ६६ वटा पुस्तक भित्र छ ।


थप अध्यनका लागी:
न्यायकर्ता: ६ः३६–४०, योयल २ः२८–२९, लुका १ः१–४, २ तिमोथी ३ः१४–१५


लागु गर्नुपर्ने कुरा

आज हाम्रो सयमा धेरै मानिसहरुले परमेश्वरबाट नयाँ प्रकाश खोजिरहेका छन । हामीलाई कुनै नयाँ प्रकाशको खोज्न खाँचो छैन । तर हामी सित त परमेश्वरको सम्पुर्ण प्रकाश कसरी उहाँको सेवा गर्ने भन्ने बारेमा पवित्रशास्त्रमा उपलब्ध छ । यदि हामी हाम्रो मुक्ति र जियाईको लागी उहाँको इच्छा जान्न चाहान्छौँ भने हामीले पुरानो र नयाँ करारका ६६ वटा पुस्तकहरुलाई अध्ययन गर्नुपर्दछ ।

सुधारवादको मुटु नामक पाँच केवलमा आधारीत ९० दिने भक्ति पुस्तकबाट अनुवाद गरिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *