चाल्सेडनको ख्रीष्टशास्त्रको विस्तृत व्याख्या ।

साँचो परमेश्वर र साँचो मानिस हुनुहुन्छ, तरै पनि एकमात्र ख्रीष्ट, जो परमेश्वर र मानिसबिचको एकमात्र मध्यस्थकर्ता ।

चाल्सेडनको सभा अगाडी प्राचिन मण्डली इतिहासमा ३ वटा सभाहरु बसिसकेका थिए, पहिलो हो नाइसियाको परिषद सन ३२५ । एरिएस भन्ने व्यक्तिले येशू ख्रीष्टको ईश्वरत्वमा प्रहार गरे । उनले भने कि येशू ख्रीष्ट पूर्ण रुपमा परमेश्वर हुनुहुन्न । उहाँ परमेश्वर जस्तै त हुनुहुन्छ तर परमेश्वर चाहीँ होइन । अर्थात उहाँ पिता जस्तै त हुनुहुन्छ तर पिता सित सारत्वमा एक हुनुहुन्न भन्ने तर्क गरे । त्यहि कुराको प्रतिरक्षा गर्नको लागी नाइसियाको परिषद सन ३२५ मा बस्यो । अनी उनिहरुले येशू ख्रीष्ट साँचो अर्थात पूर्ण रुपमा परमेश्वर हुनुहुन्छ भनी स्पष्ट पार्दै एरियसलाई झुटो सावित गरे ।

त्यसैगरी दोस्रो चाहीँ चाहीँ कन्स्टानिपोलको परिषद सन ३८१ । अपोलोनरी भन्ने व्यक्तिले येशू ख्रीष्टको मानवत्वमा प्रहार गरे उनले भने कि येशू ख्रीष्ट पूर्ण रुपमा मानव हुनुहुन्न । उनले यो तर्क गरे कि येशू ख्रीष्ट सित मानिस प्राण र शरीर त छ तर आत्मा चाहीँ परमेश्वरबाटको हो । अब यसलाई प्रतिरक्षा गर्नलाई फेरी अर्को परिषद् बस्नुप¥यो जुन चाहीँ कन्स्टानिपोलको परिषद सन ३८१ मा जसले यो कुरालाई स्पष्ट पा¥यो कि येशू ख्रीष्ट शतप्रतिशत मानिस हुनुहुन्छ । अनी उहाँमा मानिस शरीर, प्राण र आत्मा छ । जुन परिषदले अपोलोनरी भन्ने व्यक्तिलाई झुटो सावित गरी येशू ख्रीष्टको मानवत्वको बाइबलिय रुपमा रक्षा गरे ।

तेस्रो एफिससको परिषद् सन ४३१ । नेस्टोरियसले येशू ख्रीष्ट एक व्यक्तीत्वमा दुई स्वभाव हुन सक्दैन त्यसकारण येशूमा दुई स्वभाव थिएन भनेर प्रहार गरे । फेरी यो कुरालाई प्रतिरक्षा गर्नलाई परिषद बस्नुप¥यो । सन ४३१ मा एफिससको परिषद् बस्यो जसले येशू ख्रीष्ट एक व्यक्तित्वमा मानविय र ईश्वरिय स्वभाव छ भन्ने कुरालाई बाइबलिय रुपमा स्पष्ट पारी उक्त व्यक्तिको तर्कलाई झुटो सावित गरे ।

चाल्सेडनको सभा जुन ई.पू. ४५१ मा बस्नुको पछाडी युटिकस भन्ने व्यक्तिले यसरी तर्क गरे कि येशू ख्रीष्टमा एउटा स्वभाव मात्र हुन्छ कसरी भन्दा उहाँको ईश्वरिय स्वभाव र मानविय स्वभाव मिलेर एउटा नयाँ स्वभाव हुन्छ भन्ने तर्क गरे । यो तर्कलाई प्रतिरक्षा गर्नलाई चाल्सेडनको सभा जुन ई.पू. ४५१ मा बस्यो । जुन परिषद्ले येशू ख्रीष्टको मानविय र ईश्वरीय स्वभाव सधै रहिरहन्छ त्यहाँ अर्को कुनै तेस्रो स्वभाव बन्दैन भनेर प्रतिरक्षा गरी युटिकसलाई झुटो सावित गरे ।

चाल्सेडनको परिषदले ति तिन परिषदका निर्णयहरुलाई पनि समेटेको थियो । नेस्टोरियस जो कस्टान्टिपोलको ४२८ मा विशप बनेका थिए, उनको सिद्धान्त अनुसार येशू ख्रीष्ट एक व्यक्तीमा दुइ स्वभाव होइन तर दुई व्यक्तिहरु थिए भन्ने प्रतिपादन गरी यसको वकालत गरे । उनका अनुसार येशू ख्रीष्ट आफै दुई व्यक्तिहरु हुनुहुन्छ भने त्यो सँगै उनले मरियमले केवल येशू ख्रीष्टको मानविय व्यक्तीत्वलाई मात्र जन्म दिएकी थिइन भनेर तर्क गरे ।

जसकारण यहि तर्कलाई चिर्नको लागी अलेक्जेन्ड्रियाका धर्मगुरु साइरिलले सन ४१४–४४४ मा थेओटोकोस भन्ने सिद्धान्त प्रतिपादन गरे, जसले यो तर्क गरे कि मरियमले केवल मानविय स्वभावलाई मात्र होइन तर ईश्वरिय स्वभावलाई पनी जन्म दिईकी हुन । जब यो थियोटोकोस भन्ने सिद्धान्त आयो तब देखी मरियलाई निकै महत्व दिन थालियो अनी उनको बारेमा सिद्धान्त बनाउन थालियो ।

जसको परिणाम आज हामी रोमन क्याथोलिक चर्च र इस्र्टन चर्चहरुमा मरियमको फोटो राख्ने, मरियमलाई उच्च दर्जा दिई पूजाआजा दिदै मध्यस्तकर्ताको रुपमा मान्दै आएको देख्न सक्छाँै । तर यहाँ मरियमलाई थियोटोस भन्दैगर्दा बुझ्नुपर्ने कुरा येशू ख्रीष्ट एक व्यक्ती दुई स्वभाव भएकोले उनले एक व्यक्तिलाई पनी जन्म दिईन त्यसमा ईश्वरत्वको स्वभाव पनी थियो । यसको मतलब यो हो कि मरियम ईश्वरत्वको जननी होइनन । अर्थात उनले ईश्वरलाई बनाईएकी होइन तर केवल उनले गर्भधारण गरेकी मात्र हुन ।

जब सर्वशक्तिमान परमेश्वरको छाया मरियमको कोखमा प¥यो अर्थात ख्रीष्टको ईश्वरत्व र मानवत्वको मिलन भयो तब उहाँ एक व्यक्ति भएर शरिरमा गर्भधारण हुनुभयो । त्यसकारण मरियमलाई यस हेतुले थियोटोकस भन्न मिल्छ तर यो कुरामा चाहीँ स्पष्ट हुनुपर्छ कि मरियमचाहीँ येशू ख्रीष्टको ईश्वरत्वको जननी (सृष्टिकर्ता ) होइन केवल मानवत्वको मात्र जननी हुन । मरियमको कोखमा मानविय स्वभावलाई बनाएको हो तर ईश्वरिय स्वभावलाई बनाएको होइन । पवित्रशास्त्र वचनले वचनको जन्मको बारेमा कहिकतै उल्लेख गरेको छैन ।

वेस्टमिनिस्टर विश्वासको स्विकारको ८ः२ अनुसार परमेश्वरको पुत्र, त्रिएकको दोस्रो व्यक्ति, जो वास्तवमा नै र अनन्तको परमेश्वर भएर, पितासँग एकै सत्व र एक–समानको हुनुहुन्छ, उहाँले समयको पूर्णतामा मानव प्रवृत्ति त्यसको सारतत्व र आम दुर्बलता साथ तर पापविहीन धारण गर्नु भयो । पवित्र आत्माको शक्तिद्वारा कन्ये मरियमको कोखबाट उनकै तत्वमा जन्मनुभयो । फलस्वरूप, दुईटा समस्त, पूर्ण र भिन्न प्रवृत्तिहरू भएका परमेश्वरत्व र मानवता नछुटिने गरि एकै व्यक्तिमा परिवर्तन, ढाँचा परिमार्जन या विक्षेप नभई मिलन भयो । त्यो व्यक्ति साँचो परमेश्वर र साँचो मानिस हुनुहुन्छ, तरै पनि एकमात्र ख्रीष्ट, जो परमेश्वर र मानिसबिचको एकमात्र मध्यस्थकर्ता ।


एक व्यक्तिमा दुई स्वभावहरु अनन्त सम्मको लागी अभिन्न रुपमा जोडिनुभएको छ । जब उहाँ देहधारण हुनुभयो तबदेखी अब उहाँले देहत्याग कहिल्यै गर्नुहुन्न । परमेश्वरको अन्त्य कहिल्यै हुदैन त्यसकारण अब उहाँको मानवत्व र ईश्वरत्व कहिल्यैपनी अन्त्य हुँदैन ।


युकिटसले भने की येशू पहिले ईश्वर हुनुहुन्थ्यो । तर जब उहाँ मरियमको कोखबाट जन्मदा न त ईश्वर न त मानव अर्कै भएर जन्मिनुभयो भन्ने तर्क गरे । उनका अनुसार उहाँको ईश्वरत्वचाहीँ महासागर जस्तो हो अनी उहाँको मानवत्व एकथोपा दागमद्य जस्तै हो जुन मिसिदा महासागरमा विलिन भयो । उनले येशू ख्रीष्टको ईश्वरत्वलाई जोड दिदा मानवत्वलाई छायामा पारिदिए । उनको सिद्धान्त पोप लियोलाई अपिल गरेका थिए तर पोप लियोले पनी उनलाई सन ४४९ झुटा साबित गरे ।


चाल्सेडनको ख्रीष्टसम्बन्धी मूख्य शिक्षा र विषवस्तुलाई केलाउदा ख्रीष्ट एक व्यक्ति हुनुहुन्छ तर उहाँमा दुई स्वभावहरु ( इश्वरिय अनी मानविय ) छन । अर्थात ईश्वरत्व मानवत्व भएको छैन अनी मानवत्व ईश्वरत्व भएको छैन जसकारण ईश्वरत्व स्वभाव आफैँमा सुरक्षित छ अनी मानविय स्वभाव पनी आफैँमा सुरक्षित छ । स्वभावले काम गर्ने होइन तर व्यक्तिले काम गर्ने हो । त्यसकारण हामी यो भन्न सक्छौँ क्रूसमा स्वभाव नभएर व्यक्ति मरेकोले ईश्वर मर्नुभयो भनेर भन्न मिल्छ ।


उदाहरणको लागी येशू ख्रीष्टको ईश्वरत्व र मानवत्वको मिलन चाहीँ विवाहद्धारा पति पत्नी जसरी एक शरीर हुन्छन त्यस्तै हो । तर पती र पत्नीलाई मृत्युले अलग गर्छ तर ख्रीष्टको ईश्वरत्व र मानवत्वको मिलनलाई केही कुराले अलग गर्न सक्दैन । जोन ओवेनको भनेका थिए, मण्डलीको महिमाचाहीँ येशू ख्रीष्टसित अनन्तताको लागी एक हुनुु (जोडिनु) हो । येशू ख्रीष्टले मानविय रुप धारण गर्नुनै हामीलाई धारण गर्नु हो अर्थात हामीलाई आफूमा एक बनाउनु हो ।


येशू ख्रीष्ट एक व्यक्तिमा ईश्वरिय स्वभाव र मानविय स्वभाव कसरी मिलेर बसेका छन भने ईश्वरिय स्वभावको अधिनतामा मानविय स्वभाव बसेको कारणले गर्दा एकतामा बसेका छन ।


चाल्सेडनको सभाको निर्णय, इ.स.४५१, हामी यस सभाको निर्णय अनुसार, र पवित्र मण्डली पिताहरूलाई अनुसरण गर्दै, सबैको एक मत विचारको आधारमा, मानिसहरूलाई यो स्विकार गर्न सिकाउछौ कि येशू ख्रीष्ट एक र उही पुत्र हुनुहुन्छ, जो हाम्रो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ, जो ईश्वरत्वमा पूर्ण र सिद्ध हुनुहुन्छ, र मानवत्वमा पनि पूर्ण र सिद्ध हुनुहुन्छ, उहाँ शतप्रतिशत ईश्वर र शतप्रतिशत मानव हुनुहुन्छ, र उहाँको विवेकशिल (तर्कपूर्ण) प्राण र शरीर छ, उहाँ पिताको ईश्वरत्व अनुरूप एक समान र बराबरी हुनुहुन्छ, र हाम्रो मानवीय स्वभाव अनुरूप पनि एक समान हुनुहुन्छ, सबै थोकमा हामी जस्तै भएतापनि उहाँ पापरहित हुनुहुन्छ, उहाँ अनन्त देखि नेै ईश्वरीय स्वभाव अनरूप परमेश्वर पिताबाट व्यत्ुपन्न हुनुभयो, र अन्तको समयमा हाम्रो निम्ती र हाम्रो मुक्तिको खातिर उहाँ कन्य मरियमबाट जन्मनु भयो, जो मानवीय स्वभाव अनुरूप परमेश्वरको आमा हुुन्छिन् । उहाँ उही ख्रीष्ट, पुत्र, प्रभ,ु र एकमात्र व्युत्पन्न पुत्रको रूपमा दुई स्वभावहरूमा विनाभ्रम (अन्योल) अपरिवर्तनशील, अविभाज्य, र अलग गर्न नसकिने गरि स्विकार्नु पर्दछ । यो ईश्वरीय र मानविय स्वभावहरूको एकताको भिन्नता कुनै पनि हालतमा उहाँको मिलनको खातिर अलग्याउनु मिल्दैन । तर बरू दुई स्वभावहरूको विशेषताहरू (गुणहरू) आफैमा संरक्षित र निहित छन्, र एक व्यक्तिमा ती दुई स्वभावहरूले संगसगै व्यवहार र निर्वाह गर्दछन् । र यी स्वभावहरू दुई अलग अलग व्यक्तिहरूमा विभाजित वा छुट्याएको छैन, तर दुई स्वभावहरू उही र एक व्युत्पन्न पुत्र परमेश्वरको वचन प्रभु येशू ख्रीष्ट हुनुहुन्छ । जसलाई प्रारम्भ देखि नै अगमवक्ताहरूले उहाँको बारेमा घोषणा गरेका थिए, र स्वयंम प्रभु येशूले पनि आफ्नो बारेमा सिकाउनुभएको छ, र पवित्र मण्डलीका पिताहरूको स्वीकारोत्तीहरू (विश्वासका सारहरू) हामीमा सुम्पिएका छन् ।

पा. निशान घर्ति मगर
गड्स प्लान चर्च, सुर्खेत
मोबाइल न : ९८१९५१२७२०
ईमेल : nissan.magar2014@gmail.com
वेवसाइट : https://christianitynepal.com/

सन्दर्भसामाग्रीहरु

  1. Schaff, Philip, ed. The Creeds of Christendom, with a History and Critical Notes. Volume I: The History of Creeds. Grand Rapids: Baker Book House, 1990.
  2. Westminster Assembly. The Confession of Faith: The Larger and Shorter Catechisms, with the Scripture Proofs at Large. Philadelphia: Presbyterian Board of Publication, 1851.
  3. Council of Constantinople (381). In Decrees of the Ecumenical Councils, edited by Norman P. Tanner. Volume 1. Washington, DC: Georgetown University Press, 1990.
  4. Council of Ephesus (431). In Decrees of the Ecumenical Councils, edited by Norman P. Tanner, Vol. 1, 31–63. Washington, DC: Georgetown University Press, 1990.
  5. The Definition of Chalcedon (451). In The Creeds of Christendom, Volume II: The Greek and Latin Creeds, edited by Philip Schaff, 62–66. Grand Rapids: Baker Book House, 1990.

Leave a Reply

Your email address will not be published. Required fields are marked *