Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal
यसैले यिनिहरुलाई कुनै किसिमको बाहाना छैन ।
उत्पत्ति बाइबलको पहिलो पुस्तक हो जसको पहिलो शब्द हो— आदिमा । यसको अर्थ “सुरुमा” भन्ने बुझिन्छ । यो शब्दले सुरुको अवस्था वा संसारको सृष्टिभन्दा पहिलेको अवस्थालाई बुझाउँछ । यो पुस्तक अरू पुस्तकहरू (मोशाका अन्य पुस्तकहरू, पुरानो करार र नयाँ करार) का लागि आधारभूत जग हो । यस किताबको शीर्षक ग्रिक भाषाको “गेनेसिस”(γένεσις) बाट आएको हो जसको अर्थ “जन्म,” “मूल,” र “अस्तित्व” हुन्छ ।
परमेश्वरले आफूलाई स्पष्ट रुपमा प्राकृतिक रुपमा प्रकट गर्नुभएको छ जसका कोही पनि व्यक्ति परमेश्वरको सामु उभिएर उहाँको अस्तित्वलाई प्रमाणीत गर्ने र उहाँको आराधना गरिनुपर्छ भन्ने कुरा प्रयाप्त छैन भन्ने कुरा दावी गर्न सक्दैन । हामीले यो कुरा भजनसंग्रह १९ मा देख्दछौँ । आजको अनुच्छेदबाट झन जोडसित यो कुरालाई देखाएको हेर्नेछौँ । जसै पावलले भन्छन रोमी १ः२० मा उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति, र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखी नै बनाएका थोकहरमा छर्लङ्गै देखिएको छ । यसैले यिनिहरुलाई कुनै किसिमको बाहाना छैन ।
रोमी १ः१८–३२ मा परमेश्वरले आफूलाई साधारण रुपमा प्रकृतिमा प्रकट गर्नुभएको छ भन्ने कुरा मात्र घोषणा गर्दैन तर यो पनी भन्छ कि त्यहाँ केही सिमित कुराहरु प्राकृतिक प्रकाशमा छन जसलाई सामान्य रुपमा राख्दा हामी प्रशस्त परमेश्वरको बारेमा सत्यताहरु प्राप्त गर्छौ कि परमेश्वर त्यहाँ हुनुहुन्छ । तरपनी हामी कसरी बचाईन सक्छौँ भन्ने प्रशस्त जानकारीहरु प्राप्त गर्न सक्दैनौँ । वास्तवमा पावलले हामीलाई यो कुरा भन्छन कि जब पापीहरु परमेश्वरको प्राकृतिक प्रकाशमा आउँछन उनिहरु सत्यलाई दबाइदिन्छन ।
ख्रीष्ट विनाको विश्वासमा जब पतित मानिसहरुले परमेश्वरको सृष्टिलाई अध्ययन गर्छन, तिनिहरु आफ्ना विचारमा वेकम्मा र हृदयमा अध्यारो छाईहाल्छ उनिहरु परमेश्वर दिनुपर्ने महिमा, आदर र धन्यवाद दिदैनन । रोमी १ः२१ बरु तिनिहरुले सृष्टि गरिएका थोकहरुमा देखेको सत्यतालाई झुट सित साटफेर गर्छन अनी तिनिहरु झुटा धर्महरु र मुर्तिपूजामा सहभागी हुन्छन । तिनिहरु सृष्टिकर्तालाई आराधना गर्न छोडी सृष्टि गरिएका कुरालाई आराधना गर्न थाल्दछन । ( रोमी १ः२२–२५ ) संक्षेपमा जो कोही पापिहरु अनुग्रह र परमेश्वरले प्रकट गर्नुभएको उद्धारको योजना सित नभएर प्राकृति प्रकाशसित मात्र जम्काभेट गरेका हुन्छन उनिहरुले परमेश्वरलाई आराधना गर्न अस्विकार गर्छन ।
प्राकृतिक प्रकाशको गल्तीको परिणाम मुर्तिपूजा होइन तर मुर्तिपूजा त पापको कारणले गर्दा हो जो पापमा पतित भएका मानिसहरुको फल हो । प्राकृतिक प्रकाश मुक्तिको लागी अप्रयाप्त छ, तर बुझ्नुपर्ने कुरा परमेश्वरले यस प्राकृतिक प्रकाशलाई मुक्तिको माध्यम बनाउनुभएन । बरु त्यसको सट्टामा पावलले रोमी १–३ अध्यायसम्म प्राकृतिक प्रकाश मार्फत परमेश्वरको बारेमा यो सत्यता प्रस्तुत गर्दै छन कि तिनिहरुले आफैँले यो कुरा देखुन कि तिनिहरु पापी छन । अनि उनिहरुलाई मुक्तिको खाँचो छ ।
मानिसहरु छुटकारा पाउनको लागी प्राकृतिक प्रकाश मात्र काफी छैन त्यसको लागी विशेष प्रकाशको खाँचो छ । जसले परमेश्वरले इतिहासमा कसरी काम गर्नुभयो अझ विशेष गरी येशू ख्रीष्टको व्यक्तित्व र कार्यको बारेमा जहाँ परमेश्वरले अगमवक्ता र प्रेरितद्धारा प्रत्यक्ष आफ्ना मानिसहरुसँग बोल्नुभयो ।
अनी उनिहरुलाई त्यो सत्यता प्रकट गर्नुभयो जुन प्राकृतिक प्रकाशले गरेको थिएन । आज उहाँको विशेष प्रकाश केवल पवित्रशास्त्र बाइबलमा मात्र उपलब्ध छ । थप अध्ययनको लागी : यशैया ५२ः७, नहुम १ः१५, मर्कुस १६ः१५–१६, रोमी १०ः१४–१५ लागु गर्नुपर्ने कुरा हामी थाहा गर्न सक्छौ कि प्राकृतिक प्रकाशले परमेश्वरको चरित्रहरुको बारेमा मानिसजातिलाई केही निश्चित सत्यताहरु प्रकट गरेको छ । साथै यो पनी प्रमाण दिन्छ कि मानिसजातिले नैतिक कानुन तोडेका छन जुन उहाँले सबै मानिसको विवेकमा राखिदिनुभएको छ । यद्दपी कोही पनी व्यक्ति प्राकृतिक प्रकाशलाई प्राप्त गरेर मुक्ति पाउदैन । त्यसकारण हामीले विशेष प्रकाशद्धारा परमेश्वरले प्रकट गर्नुभएको मुक्तिको लागी हामीले ख्रीष्ट येशूको सुसमाचार प्रचार गर्न एकदम आवश्यक छ ।
सुधारवादको मुटु नामक पाँच केवलमा आधारीत ९० दिने भक्ति पुस्तकबाट अनुवाद गरिएको ।