हल्लेलुयाह शब्दको अर्थ र प्रयोग ।

तर हामीले बुझ्नुपर्ने कुरा कुनै पनी कुरालाई समय सान्र्दभिक वा त्यसलाई उच्चारण गर्ने ठाउँमा प्रयोग गर्दा त्यो अर्थपूर्ण र त्यसको महत्व हुन जाँदछ ।

ख्रीष्टियानहरु माझ धेरै प्रयोग हुने शब्दहरुमध्ये एक हो ( हल्लेलुयाह ) । आज यस शब्दको अर्थ र प्रयोगको बारेमा हेर्नेछौँ ।

हल्लेलुयाह (“hallelujah”  הַלְלוּ יָהּ) हिब्रू शब्द हो । जसको अर्थ परमेश्वरको पशंसा होस भन्ने हुँदछ । हिब्रु शब्द (Hallel) र यहोवे (YHWH) को छोटो रुप (Yah) जोडेर बनेको शब्द (ℎ𝑎𝑙𝑙ū𝑦āℎ ) हो । त्यसैगरी ग्रिकमा यसलाई allēlouia भनिन्छ जसको अर्थ परमेश्वरको प्रशंसा होस भन्ने हुन्छ ।

  • जुन हालेल शब्द यहोवे अर्थात ( म हुँ जो म हुँ ) (YHWH) सँग जोडिएको छ । त्यो नाउँ परमेश्वरले प्रस्थान ३ः१४ मा मोशालाई प्रकट गर्नुभएको उहाँको नाउँ हो । जसको अर्थ स्वनिर्भर, अनन्त अस्तित्व, सार्वभौम र जिवित परमेश्वर भन्ने हुन्छ । अर्को शब्दमा भन्नुपर्दा उहाँ बाहेक अरु कुनै ईश्वर छैन जसले उहाँको सिंहासनको ठाउँ लिन सक्छ केवल उहाँमात्र साँचो परमेश्वर, एकमात्र परमेश्वर हुनुहुन्छ ।
  • त्यसैले हल्लेलुयाहको अर्थ आऔँ यहोवेको प्रशंसा गरौँ, आआँै सँगसँगै यहोवे परमेश्वरको आराधना र प्रशंसा गरौँ भन्ने हुन्छ ।

पुरानो करारमा हल्लेलुयाह शब्दको प्रयोग

  • पुरानो करारमा यस शब्दको प्रयोग २४ पटक प्रयोग गरिएको छ । जुन २४ पटक भजनसंग्रहको पूस्तकमा नै गरिएको पाउँछौँ।
  • भजनसंगह १५० को भजनमा हामी शूरुमा हल्लेलुयाह शब्दबाट शूरु गरी अन्तिममा हल्लेलुयाह शब्दद्धारा नै टुङ्ग्याएको देख्छौँ।
  • भजन १५०ः६ सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्! हल्लेलूयाह !

नयाँ करारमा हल्लेलुयाह शब्दको प्रयोग

  • नयाँ करारमा ४ पटक हल्लेलुयाह शब्दको प्रयोग भएको छ । जुन प्रकाशको पूस्तकको १९ अध्यायमा देख्दछौँ ।
  • प्रकाश १९ः१ मा यसो लेखिएको छ, त्यसपछि मैले स्वर्गबाट एउटा ठूलो भीड़ले चर्को सोरमा यसो भनिरहेको जस्तो सुनें, “हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन् ।
  • केवल पृथ्वीमा मात्र होइन तर स्वर्गमा पनी उहाँको प्रशंसा गर्नको निम्ति हल्लेलुयाह शब्दको प्रयोग गरिएको छ ।

वर्तमान समयमा यस शब्दको प्रयोग

  • कति जना प्रचारक तथा विश्वासीहरुले हल्लेलुयाह शब्दको थेगो नै बनाएको पाईन्छ । प्रचारकले प्रचार गर्दा एउटा वाक्य बोल्दै हल्लेलुहाय शब्द प्रयोग गरेका पाईन्छ । त्यसैगरी विश्वासीहरुले पनी त्यसरी नै हल्लेलुयाह भनी दोह्रोर्याई रहेको पाईन्छ । तर हामीले बुझ्नुपर्ने कुरा कुनै पनी कुरालाई समय सान्र्दभिक वा त्यसलाई उच्चारण गर्ने ठाउँमा प्रयोग गर्दा त्यो अर्थपूर्ण र त्यसको महत्व हुन जाँदछ ।
  • हामीले प्रार्थना गर्दा, वचन प्रचार गर्दा, भजनहरु गाउँदा यस शब्दलाई प्रयोग गर्न सक्छौँ । जसद्धारा यहोवे परमेश्वरलाई प्रशंसा हुँदछ ।

पा. निशान घर्ति मगर
गड्स प्लान चर्च, सुर्खेत
मोबाइल न : ९८१९५१२७२०
ईमेल : nissan.magar2014@gmail.com
वेवसाइट : https://christianitynepal.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *