Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal
सैतानले तपाईले गर्नुभएका पापहरुलाई तपाईको मुहारमा फ्याँक्दै त मृत्यु र नरककको योग्य छस भनी घोषणा गर्छ ।
हिब्रूमा ( śāṭān ) को अर्थ दोष, आरोप लगाउनेवाला, वा विरोधी भन्ने हुन्छ ।
बाइबलमा शैतानलाई विभिन्न नाउँले चिनाएको छ । युहन्ना ८ः४४ मा सैतानलाई हत्यारा, अनी झूटको पिता, यूहन्ना १०ः१० मा चोर । युहन्ना १२ः३१ यस संसारको शासक, २ कोरन्थी ४ः४ यस संसारको देव, एफिसी २ः२ आकाशका शक्तीको मालिक, मत्ती १०ः२५, मर्कुस ३ः२२ अशुद्ध आत्माहरुको शासक
यदि तपाई एक विश्वासी हुनुहुन्छ भने कसरी सैतानले तपाईसित झुट बोल्छ त ?
१. परिक्षा गर्छ । उत्पती ३ः१–५ को घटनालाई नियालौँ ।
क. यो कुरा त्यो हो जसले तिमिलाई खुशी बनाउँछ ।
ख. तिमि यो कुरा प्राप्त गर्न योग्यका छौ ।
ग. यो सानो पाप हो, परमेश्वरले क्षमा गरिहाल्नुहुन्छ नि ।
घ. अन्तिम पटक गर त्यसपछि नगरौला ।
जब यस्ता प्रकारका कुराहरुले तपाईलाई शैतानले परिक्षा गर्छ । तब तपाई पाप गर्नुहुन्छ । अनी आफूलाई दोषी महसुस गर्न थाल्नुहुन्छ । तब फेरी सैतान तपाईकहाँ आउँछ अनि उसले तपाईलाई
२. दोष लगाउन थाल्छ । ( जकरिया ३ः१ )
क. तिमि अब फेरी कहिल्लै खुशी हुन सक्दैनौ ।
ख. मुर्ख । तिमी त्यसको योग्यको थिएनौ । के गरि पठायौ ।
ग. यो त डरलाग्दो पाप हो, तिमि क्षमा पाउने योग्यका छैनौ । अब परमेश्वरले तिमिलाई क्षमा गर्नुहुन्न
घ. तिमि अब कहिल्यै यो कुरा बाट उम्कन सक्दैनौ ।
जब उसले यी कुराहरु गरेर तपाईलाई दोष लगाउछ । तपाई आफूलाई निराश, असहाय, एक्लो, अशान्ती र दुखी पाउनुहुन्छ ।त्यसकारण प्रिय हो परमेश्वरको वचनले हामीलाई शैतानका यी दुवै झूटहरुबाट आफूलाई सुरक्षीत राख्नको निम्ति सल्लाह दिन्छ ।
१. शैतानले ल्याउने परिक्षाको विरोध गर्नुपर्छ ।
१ पत्रूस ५ः८–९ ले हामीलाई सचेत रहन र जागा रहनको निम्ति आह्वान गर्दछ । कारण हाम्रो शत्रु दियावलस कसलाई भेट्टाउँ र खाईहालु भनि गर्जने सिंह झै खोजिहिड्छ ।
२. ख्रीष्ट तिर हेर्नुपर्छ ।
तपाई शैतानको परिक्षामा फसिहाल्नुभयो भने पनी वचनले हामीलाई सल्लाह दिन्छ कि ख्रिष्ट तिर हेर्नुहोस ।
कारण १ युहन्ना २ः१ ले भन्छ मेरा साना बालकहरु, तिमिहरु पाप नगर भनी म यी कुरा तिमिहरुलाई लेखिरहेछु । तर कुनै मानिसले पाप ग¥यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एकजना हुनुहुन्छ अर्थात धार्मिक येशू ख्रीष्ट ।
जब शैतान हाम्रो पक्षमा दोष लगाउन उभिन्छ अर्को तर्फ हाम्रो पक्षमा वकालत गर्न येशू ख्रीष्ट पनी उभिनुहुन्छ ।
त्यसैले मार्टिन लुथरले यसरी भन्छन, जब सैतानले तपाईले गर्नुभएका पापहरुलाई तपाईको मुहारमा फ्याँक्दै त मृत्यु र नरककको योग्य छस भनी घोषणा गर्छ । त्यतिबेला तपाईले त्यसलाई भन्नुहोस । म स्वीकार गर्छु, कि म मृत्यु र नरकको योग्य छु अब के त ? तर म उहाँलाई चिन्छु जसले मेरो तर्फबाट दुःख भोग्नुभयो र पिताको क्रोधलाइृ सन्तुष्ट पार्नुभयो । उहाँको नाउँ येशू ख्रीष्ट हो, परमेश्वरको पुत्र र उहाँ जहाँ हुनुहुन्छ म पनी त्यहाँ हुनेछु ।
पा. निशान घर्ति मगर
गड्स प्लान चर्च, सुर्खेत
मोबाइल न : ९८१९५१२७२०
ईमेल : nissan.magar2014@gmail.com
वेवसाइट : https://christianitynepal.com/