Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal
उद्धार परमेश्वरको एकल कार्य हो जुन उहाँले मानिसहरुले सुनाएको सुसमाचारद्धारा काम गर्नुहुन्छ ।
वेस्टमिन्स्टर संक्षिप्त धार्मिक–शिक्षाको प्रश्न ३१ को उत्तर अनुसार प्रभावकारी आह्वान भनेको पवित्र आत्माको त्यो काम हो जसबाट उहाँले हामी पापी, दयनीय र विपदग्रस्त छौं भनी हामीलाई स्वीकार गर्न लगाउनु हुन्छ, र ख्रीष्टको ज्ञान–प्रकाशलाई हाम्रो मनमा उजागर गर्नु भएर हाम्रा इच्छाहरुलाई पुनर्जीवित पार्नुहुन्छ, र उहाँले हामीलाई सित्तँैमा दिनुभएको सुसमाचारको माध्यमद्धारा येशू ख्रीष्टलाई ग्रहण गर्न र अङ्गाल्न लगाउनु हुन्छ ।
(२ तिमोथी १ः९, एफिसी १ः१७–२०, इजकिएल ११ः१९, ३६ः२६–२७, यूहन्ना ३ः५, ६ः४४–४५, फिलिप्पी २ः१३, प्रेरित २ः३७, २६ः१८, २ थेसलोनिकी २ः१३–१४, १ कोरिन्थी २ः१०, १२, २ कोरिन्थी ४ः६, व्यवस्था ३०ः५, तीतस ३ः५, प्रकाश २२ः१७, यशैया ४५ः२२, मत्ती ११ः२८–३०)
परमेश्वरले आफ्ना मानिसहरुलाई सुसमाचारद्धारा बचाउन चाहानुहुन्छ । १ कोरन्थी १ः२१,रोमी १ः१६,१०ः१७ तर पनि सुसमाचार सुन्ने हरेक मानिसले स्वीकार गर्दैन । किन कोही मानिसले सुसमाचार सुनेपछी स्वीकार गर्छन अनी कोहीले इन्कार गर्छन ?
यो सुसमाचारको कारणले होइन ।
सुनाईको कारणले गर्दा पनी होइन ।
कारण कोहीले प्रभावकारी बोलावट पाएका छन भने कोहीले पाएका छैन ।
प्रभावकारी बोलावटको एक उदाहरणलाई हेरौँ : जब पावल सुसमाचारको यात्राको क्रममा फिलिप्पीमा पुगे तब शबाथको दिनमा नदिको किनारमा सुसमाचार प्रचार गर्दैगर्दा लिडिया नामक एक स्त्रीले सुसमाचारमा विश्वास गरिन । प्रेरित १६ः१४ मा भन्छ ’अनि थिआटीरा सहरकी निवासी, बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउँकी एउटी ईश्वरभक्त स्त्रीले हाम्रा वचन सुनिन्। पावलले बोलेका कुरा ध्यानसँग सुनून् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो । ’ उद्धार परमेश्वरको एकल कार्य हो जुन उहाँले मानिसहरुले सुनाएको सुसमाचारद्धारा काम गर्नुहुन्छ । उहाँले सामान्य बोलावट बाट प्रभावकारी बोलावट दिनुहुन्छ अनी एउटा पापीले प्रतिकृया दिन्छ । त्यसैगरी अर्को उदाहरण लाजरसको बाट पनि हेर्न सक्छौँ युहन्ना ११ः४३ मा येशूले जब मरेको ४ दिन भइ चिहानमा गाडेको लाजरसलाई बोलाउनुभयो तब युहन्ना ११ः४४ मा लाजरस चिहानबाट बाहिर निस्केर आयो । यसरी प्रभावकारी आह्वानद्धारा एउटा मानिस जो पापमा मरेको छ, जब उसले बाहिरी बोलावट लाई पवित्र आत्माले प्रभावकारी बनाईदिनुहुन्छ अनी उसले प्रतिकृया दिन्छ ।
प्रभावकारी आह्वान
प्रभावकारी आह्वानमा त्रिएक परमेश्वरको कार्य
प्रभावकारी आह्वान पाएको मानिस ।
पा. निशान घर्ति मगर
गड्स प्लान चर्च, सुर्खेत
मोबाइल न : ९८१९५१२७२०
ईमेल : nissan.magar2014@gmail.com
वेवसाइट : https://christianitynepal.com/