Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal
परमेश्वरले उहाँलाई गरिने आराधना उहाँले नै तय गरेको तरिकाबाट स्वीकार गर्नुहुन्छ, हामीले तय गर्ने तौरतरिकाबाट होइन ।
इरभिङ बर्लिनले भनेका थिए, “लोकप्रिय संगीत यसकारण लोकप्रिय छ किनभने धेरै मानिसहरूले यसलाई मन पराउँछन् । तर के यो बाइबलीय र धर्मशास्त्रीय रूपमा विश्वासयोग्य छ ? के यो संगीतको गुणस्तरमा राम्रो छ ?
आराधनामा राम्रो गित सङ्गीतले दिमागलाई उज्यालो पार्ने र हृदयलाई चलाउने ठूलो क्षमता बोक्छ । जब हामीले जानी बुभेर बाइबलीय विश्वासलाई सुदृढ गर्ने र फैलाउने गित सङ्गीत छनोट गर्छौं, र हृदयलाई ख्रीष्टतर्फ लैजान्छौं, तब हामी प्रमाणिकता, सत्यनिष्ठा, र सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरलाई खुसी पार्ने कुरालाई अझ बढी जोड दिदै जान्छौँ ।
परमेश्वरको वचन पछी संगीत सबैभन्दा प्रशंसाको योग्य छ । गितको दानको साथमा भाषाको दान पनी मानिसलाई दिईएको थियो ताकि संगितको माध्यम मार्फत परमेश्वरको वचन घोषणा गरुन । –मार्टिन लुथर परमेश्वरले उहाँलाई गरिने आराधना उहाँले नै तय गरेको तरिकाबाट स्वीकार गर्नुहुन्छ, हामीले तय गर्ने तौरतरिकाबाट होइन । – निशान घर्ति जब हामी आराधनाको बारेमा कुरा गर्दछौँ, हामी परमेश्वरलाई केही कुरा दिने बारेमा कुरा गर्दछौँ । तर दुःखको कुरा आधुनिक ईसाईमत परमेश्वरले हामीलाई दिनुपर्छ भन्ने कुरा प्रति प्रतिवद्ध देखिन्छ । – जोन म्याकआर्थर
सामूहिक आराधना गित छान्दा यी ३ मापदण्डहरु हुनुपर्दछ ।
१. गितमा भएका शब्दहरु बाइबलिय / ईश्वरशास्त्रीय आधारमा समावेश भएका छन त ?
२. सामुहीक आराधनामा गाईने भजन गितहरु लिटर्जीमा फिट छन ?
३. के यी भजन गितहरु राम्रो संगितमा निमार्ण गरिएको छ त ?