Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal
समृद्धिको सुसमाचार सिकाउने प्रचारकहले बाइबल धर्मशास्त्रले विश्वासीहरूका लागि शारीरिक स्वास्थ्यको ग्यारेन्टी ( ठेक्का ) गरेको दाबी गर्दछन ।
उत्पत्ति बाइबलको पहिलो पुस्तक हो जसको पहिलो शब्द हो— आदिमा । यसको अर्थ “सुरुमा” भन्ने बुझिन्छ । यो शब्दले सुरुको अवस्था वा संसारको सृष्टिभन्दा पहिलेको अवस्थालाई बुझाउँछ । यो पुस्तक अरू पुस्तकहरू (मोशाका अन्य पुस्तकहरू, पुरानो करार र नयाँ करार) का लागि आधारभूत जग हो । यस किताबको शीर्षक ग्रिक भाषाको “गेनेसिस”(γένεσις) बाट आएको हो जसको अर्थ “जन्म,” “मूल,” र “अस्तित्व” हुन्छ ।
१. विश्वासको चिन्हको रूपमा धनः समृद्धिको सुसमाचार सिकाउने प्रचारकहले सिकाउछन कि भौतिक सम्पत्ति परमेश्वरको अनुग्रह र आशिषको दृश्यमय (देखिने ) चिन्ह हो । समृद्धिको सुसमाचारका प्रचारकहरु र यसमा विश्वास गर्ने यिनिहरुका अनुयायी (विश्वासी ) हरु विश्वास गर्छन् कि आर्थिक समृद्धि बलियो विश्वास र परमेश्वरसंगको सही सम्बन्धको प्रमाण हो ।
२. स्वास्थ्य र निको पार्ने प्रतिज्ञाहरूः समृद्धिको सुसमाचार सिकाउने प्रचारकहले बाइबल धर्मशास्त्रले विश्वासीहरूका लागि शारीरिक स्वास्थ्यको ग्यारेन्टी ( ठेक्का ) गरेको दाबी गर्दछन । रोग र पीडालाई परमेश्वरको इच्छा विपरीतको रूपमा अर्थात श्रापको रुपमा हेर्दछन । अनी विश्वासले भरिएको विश्वासीहरूले प्रार्थना र सकारात्मक स्वीकारोक्ति मार्फत रोग निको हुने दाबी गर्दछन ।
३. सकारात्मक स्वीकार : यी प्रचारकहरुले विश्वासीहरूलाई सकारात्मक रूपमा बोल्न र आफ्नो चाहानाहरु (स्वास्थ्य, धन, सफलता) घोषणा गर्न कारण यी गरेबापत स्वास्थ्य, धन, सफलता परिणामको रुपमा जिवनमा आउँछन भन्ने प्रोत्साहित गर्दछन । यो “यसलाई नाम दिनुहोस् र यसलाई दावी गर्नुहोस“ किनकी बोल्ने शब्दहरूमा शक्ति हुन्छ भन्ने शिक्षा दिदै विश्वाससाथ बोलेमा परिणाम आउँछ भन्ने कुरा सिकाउँछन ।
४. बीउ-विश्वासको दियाई : यी प्रचारकहरुले आफ्ना अनुयायी ( विश्वासी ) हरूलाई तिनीहरूको चर्च वा सेवकाईमा पैसा (प्रायः “बीउ पैसा“ भनेर चिनिन्छ) दिन सिकाइन्छ कि यसो गरेमा परमेश्वरले यसलाई कयौँ गुणा गर्नुहुनेछ र यसलाई ठूलो मात्रामा तपाईलाई फिर्ता गर्नुहुनेछ । उदारता साथ विशेष गरी समृद्धि सुसमाचार प्रचारहरुमा यी बिउ छर्नुपर्दछ जहाँ बाट परमेश्वरको आशिषहरू तपाईमा बग्दछ भन्ने सिकाइन्छ ।
५. सूत्रको रूपमा विश्वासः समृद्धिका प्रचारकहरूले अक्सर विश्वासलाई सूत्रीय प्रक्रियाको रूपमा प्रस्तुत गर्छन्, जहाँ निश्चित चरणहरू वा कार्यहरूले सधैं ईश्वरीय आशिषहरू प्राप्त गर्नेछन् । विश्वासलाई सुत्रको रुपमा प्रयोगद्धारा तपाईले आफूमा समृद्धी बर्साउन सक्नुहुन्छ भन्ने कुरा सिकाउँछन ।
ईतिहासलाई केलायौ भने परमेश्वरले आफ्नो विशेष प्रकाश आफ्ना मानिसहरु माझ विविधि माध्यमहरुद्धारा दिनुभयो ।
६. व्यक्तिगत सशक्तिकरण : समृद्धिका सुसमाचार प्रचारकहरुले व्यक्तिगत सशक्तिकरणमा जोड दिन्छ, विश्वासीहरूलाई विश्वासद्वारा आफ्नो जीवन र नियतीलाई नियन्त्रण लिन सकिन्छ भनी प्रोत्साहित गर्दछन । यो प्रायः आत्म-सहायता सिद्धान्तहरू र प्रेरक प्रचार (Motivational Preaching ) सँग पङ्क्तिबद्ध हुन्छ ।
७. सफलता उन्मुख शिक्षा : समृद्धीका प्रचारहरुको सन्देशहरू प्रायः आर्थिक, करियर र सम्बन्धहरू सहित जीवनका विभिन्न पक्षहरूमा व्यक्तिगत सफलता हासिल गर्नमा केन्द्रित हुन्छन् । सफलतालाई परमेश्वरको आशिषको ठूलो प्रमाणको रूपमा चित्रण गर्दछन ।
८. कष्ट र परीक्षाहरु : समृद्धिको सुसमाचार प्रचारकहरुले दुःख, परीक्षा, र विश्वासको परिक्षा बेवास्ता गर्ने प्रवृत्ति राख्छन । अर्थात यी कुराहरु बाइबलीय हुन भन्ने कुरालाई इन्कार गर्छन । कठिनाइहरू प्रायः विश्वासको कमी वा गलत जिवनशैलीको कारणले गर्दा हो भन्ने कुरा गर्दछन । उनिहरु यी कुरालाई आत्मिक वृद्धी हुने अवसरहरूको रुपमा हेर्दैनन ।
९. सेलिब्रेटी प्रचारक र भव्य जीवन शैलीः प्रख्यात समृद्धिका सुसमाचार प्रचारकहरू प्रायः भव्य जीवनशैली बिताउँछन् र आफूलाई विश्वासद्वारा हासिल गर्न सकिने सफलताको उदाहरणको रूपमा प्रस्तुत गर्छन् । तिनीहरूको धन र सफलता सबै विश्वासीहरूको लागि प्राप्त गर्ने रूपमा चित्रण गर्दछन ।
१०. बाइबलको गलत व्याख्याः समृद्धिका सुसमाचार प्रचारकहरूले प्रायः आफ्नो शिक्षाहरूलाई समर्थन गर्न सन्दर्भबाट बाहिर रहेर प्रचार गर्दछन । अर्थात आफ्नो कुरालाई पुष्टी गर्न बाइबलका वचनहरुलाई सन्दर्भबाट बाहिर तानेर प्रचार गर्दछन । तिनिहरु परमेश्वरका आशिषसम्बन्धीका पदहरूलाई जोड दिन्छन । जबकि बलिदान, पीडा, र गरिबी बारे वचन खण्डहरूलाई प्रायः बेवास्ता गर्छन ।
निष्कर्ष : समृद्धिको सुसमाचार अबाइबलिय झुटो सुसमाचार हो । जसले महिमा र सङ्कष्टलाई विच्छेद गर्ने काम गर्दछ ।